देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला फिजाईनु,संस्थालाई एक अर्को संस्थाले मर्जको प्रश्ताव ल्याउनु र सो संस्थासंग मर्जको सहकार्य…
बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र प्रसाद चम्लागाइको प्रमुख अथितित्यता र बाह्रदशी ४ का वडा अध्यक्ष महताब आलमको सभापतित्वमा वडा कार्यालयको नयाँ भवन उद्घाटन सगै स्वस्थ्य सिविर,जेष्ठ नागरिक सम्मान, जग्गा दाताहरुलाई सम्मान, साइकल बितरण लगायत बिबिध कार्यक्रम गरि औपचारिक कार्यक्रम सम्पन्न भएको छ । जग्गा दाताहरु १). चिलानी ताजपुरिया एवं भुन्द्री ताजपुरिया , २). इन्द्र प्रसाद ताजपुरिया एवं सहवती ताजपुरिया, ३). साम प्रसाद ताजपुरिया एवं सुदा ताजपुरिया, स्व. मिना देवि ताजपुरिया , ४) देवराज ताजपुरिया एवं ईश्वरवती ताजपुरिया, ५) इन्द्रसिंह राजबंशी एवं सावित्री राजबंशी लगायत व्यक्तिहरुलाई विशेष सम्मान रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कल्पना श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम…
बाह्रदशी ४ को वडा खेलकुद विकास समितिको आयोजनामा मंसिर ५ गते देखि खुल्ला नक आउट वडा अध्यक्ष टिटेन कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र चाम्लागाइको प्रमुख आथित्यता र खेलकुद विकास समिति वडा ४ का अध्यक्ष जाइद आलमको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाह्रदशी ४ का वडा अध्यक्ष महमत आलम, वडा सचिव संन्जय घिमिरे लगायत व्यक्तिहरुको उपस्थिती थियो । नेपालका मात्र नभएर भारतबाट पनि क्रीकेट टिमहरु आउने र प्रतियोगितामा प्रथम हुनेलाई रु. ४०,०००/- , दृतिय हुनेलाई रु. २५,०००/- पुरस्कार रासी रहेको आयोजक समितिका अध्यक्ष आलमले जानकारी दिनु भयो । समितिका सदस्य क्रुफान आलमले स्वगत मन्तव्य राखुनु भएको…
सन्तोष बेघा लिम्बु बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र कि या चु बिर्तामोड १० शाखा अध्यक्ष चाम बहादुर जबेगुको सभापतित्वमा चासोक तङनाम २०८१ अथवा एले तङ्वे ५०८४ को कार्यक्रममा सभ्य र भव्य रुपमा सम्पन्न भयो । बिहानको समयमा प्रकृति पुजा कार्यक्रम सगै विभिन्न सांस्कृतिक झाकि र नृत्यहरुको प्रस्तुती अनि छेलो हानी खेल, मिउजिकल चियर, हान्डी फुटाइ, धनुस वार्ण प्रतियोगिता र खानपिनको रमाइलो ले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा राष्ट्रिय पालम गायक बिवस नेम्बाङ र गायिका रिपना लिम्बुको बेजोड प्रस्तुतिहरुले दर्शकहरुको माहोललाई तताएको थियो । कार्यक्रममा विभिन्न जातिय संस्थाका अध्यक्ष र…
बिर्तामोड पर्यटन महोत्सवको समापनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा पैतिस पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम नेपाल तामाङ्ग धेदुङ बिर्तामोड नगर समितिले बिर्तामोड -५ स्थित महोत्सव स्थल धर्मकाँटा रोडमा आयोजना गरेको हो। नेपाल रेडक्रस सोसाईटी झापाको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीका तर्फबाट प्राबिधिक सचिन लिम्बु,बिबेक कुमार महतो,रूपा लावती तथा चालक दान बिक्रम थापाको उपस्थिति रहेको हो । उक्त शिबिरमा पैतिस पिन्ट बिभिन्न समूहको रगत संकलन गरिएको प्राबिधिक सचिन लिम्बुले जानकारी गराए। उनका अनुसार बिराटनगर, अर्जुनधारा,बुद्धशान्ती,मेचीनगर, इलाम,बिर्तामोड लगायतका रक्तदाताहरुले रगत दान गरे भने जसमध्ये महिला छ जना र पुरुषको संख्या उन्नतिस जना रहेको जानकारी गराए। जसमध्ये पदम…
चन्द्र बहादुर राई अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोड, झापा नेत्रहिन संघ र मेची बहिरा संघहरुको संयुक्त आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ सम्पन्न भएको छ । बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोडका अध्यक्ष दिपक थापाको अध्यक्षता र बिर्तामोड नगरपालिका का नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ बिर्तामोडमा सम्पन्न भएको हो । भुवन पौडेल, हरि अधिकारी, मेनुका ओलि, राहुल गौतम, रङ्गलाल न्यौपाने,संगिता मैनाली, सिर्जना पौडेल, प्रेम चापागाई, जानकी बल्लब भटराई, अनुस्का केसि, जुनु बिमली उप्रेती, होमनाथ राजबंशी, रत्न बस्नेत, इन्द्र सिह राजबंशी, लगायत अथितिहरु उपस्थित रहेको उक्त कार्यक्रममा देवि…
बिर्तामोड, ११ मंसिर श्री महेन्द्र ज्योती माध्यमिक बिध्यालयका निवर्तमान प्र अ देशु वनेमको आमा सीता देवि लिम्बू (जम्दारनी बोजु) मिती २०८१ मंसिर १० गते राती बिर्तामोड १०, सापडिग्री स्थित निजि निवसमा स्वर्गारोहण हुनु भएको छ। स्व. सीता देवि लिम्बु बिगत केही बर्ष देखि बिमारी हुनु हुन्थियो । उहाको पर्थिव शरिरको दहसंस्कार किरात धर्म संस्कार अनुसार निजि निवास नजिकै राखिने भएको छ।
बिर्तामोड, ८ मंसिर, विशाल सहकारी संस्थाको अध्यक्ष सन्तोष राईको सभापतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा विशाल कृषि सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न भएको हो । उपाध्यक्ष तारा कार्कीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा ज्ञानु मैनाली, कृष्ण पोख्रेल, गीता घिमिरे, मनु मुखिया, कृष्ण बिमली, चेतराज भन्डारी, भोलानाथ पौडेल, गौरी घिमिरे, प्रेम पौडेल लगायत व्यक्तिहरु उपस्थिती रहेको थियो भने समितिका सचिव पृथ्वी बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो ।
झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा आयोजना भएको ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । बाह्रदशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागिता रहेको थियो। संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सव अन्तर्गत बालाचतुर्दशीको अवसर पारेर आज मंसीर ८ गते देखि १६ गते सम्म ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ ’ आज बाट सरु भएको…
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ। सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए। कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बसन्त राईले प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप मौज्दात १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख रहेको छ। हाल १ लाख ८३ हजार…