ओरेन्ज समाचार

Advertisement

Orange News Excavator

देउराली साकोसले आगामी दिनमा बिग्रिएको छबिलाई सुर्धाने

– 



१५ पौष,झापा

देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला फिजाईनु,संस्थालाई एक अर्को संस्थाले मर्जको प्रश्ताव ल्याउनु र सो संस्थासंग मर्जको सहकार्य हुन असंभव रहुनु,कर्जा उठाउने सदस्यहरुको सकृयतामा कमी देखिनु संस्था बन्द हुदैछ भन्ने भ्रामक हल्ला फैलाइनु आदि अनेक कारणले संस्थाले यो बर्ष भने जस्तो प्रगति गर्न नसकेको धारणा प्रश्तुत गरे तथापि कोही पनि  सदस्यहरुलाई यस प्रतिकुल घडीमा बिचलित नहुन आग्रह गरे र भने संस्थालाई आगामी दिनमा पहिलेकै जस्तो विश्वास गर्न योग्य बनाई छाड्ने प्रतिबद्धता बरालले व्यक्त गरे ।

प्रमूख अतिथि मिश्रले बचत पैसा उठाउने उद्देश्यले मात्र सहकारीको पछि लाग्नु भन्दा पनि कसरी आफू आवद्ध सहकारीलाई भाबी दिनमा मजबुत बनाउन सकिन्छ भन्ने तर्फ सहकारीका सदस्यले सोच्नु पर्ने समय आएको बताए। संस्था मजबुत भए बचत पैसा उठ्न गाऱ्हो नहुने धारणा  राख्दै भर अभरमा सहकारीको अर्को बिकल्प  नरहेको समेत दाबी गर्दै भने साना तिना आपत बिपतमा नगद सर सापट चलाउने सहकारी मात्र एक माध्यम हो अन्य कसैले पनि यो कार्य गर्न नसक्ने बिचार उनले व्यक्त गरे। 

प्रमुख अतिथि मिश्रले मैनबत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा बिशिष्ट अतिथि सुपारी तथा जडीबूटी सहकारी संस्थाका यादव गुरागाँई,समाजसेवी कमल खतिवडा साथै दिपक पौड्याल संस्थाका पदाधिकारी सहित सदस्य लगायतको उपस्थिति रहेको साधारण सभा कार्यक्रमको  स्वागत संस्थाको तफबाट कार्यलय सहयोगी कमला खतिवडा र कार्यक्रमको संचालन संचालक सदस्य नारदमुनी नेपालले गरेका हुन्।

Comments

https://www.blogger.com/comment/frame/4799292148439816385?po=185439598279475026&hl=en&skin=contempo&blogspotRpcToken=8319222

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

– 

Image

  अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोड झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० शिवालय चोक बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका  अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका  अन्दाजी बर्ष ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।

READ MORE

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

– 

Image

१४ मंसिर,बिर्तामोड  बिर्तामोड-९ बिराटपोखरबाट कोलाटोली जाने भत्किएको कल्र्भर्टमा आज बिहान सात तीस बजे मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाईते हुनेमा बिर्तामोड-१० पत्थरभिट्टा बस्ने महेन्द्र रत्न मा बि का शिक्षक इच्छाराम निरौला रहेको स्थानिय सुनिता निरौला बास्कोटाले जानकारी गराईन् । निरौला बिर्तामोड-९ कोलाटोलीमा रहेका साथी पुष्प पौडयाललाई भेटेर सो सडक खण्ड भै विद्यालयतर्फ जाने क्रममा दुर्घटनामा परेको जनाईएको हो। सो सडक खण्डमा बर्षाले भत्किएको कल्भर्ट छ । दक्षिणबाट आउने क्रममा केही उकालो भाग र त्यसपछि भत्किएको कल्भर्ट आउछ भत्किएको कल्भर्टको भेउ नपाउदा निरौला सरासर आउदा कल्भर्टबाट मोटरसाईकल अनियन्त्रित भै सोझै तल खसेको स्थानिय तेज प्रसाद सिटौलाले बताए। दुर्घटनाबाट निरौलाको दाहिने हात र औंला भाचिएको जनाईएको छ भने अन्यत्र सामान्य चोट लागेको जनाईएको हो। दुर्घटनामा निरौलाको मे ११ प १७४७ न. को होण्डा साईन मोटरसाईकलमा समेत क्षति पुगेको जनाइएको हो। घाईते निरौलालाई उपचारको लागि कन्काई  अस्पताल बिर्तामोड लगिएको जनाईएको हो भने स्थानियले उक्त दुर्घटना स्थलमा …

READ MORE

बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी

– 

Image

१८ भदौ,झापा बिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ । गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र  दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद चोरी भएको प्रसाईले बताए। चोरले करिब आठ तोला सुन,छ तोला चाँदी र चालिस हजार नगद लगेको प्रसाई दम्पतिले जानकारी गराए भने त्यसपछि अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकारी गराई त्यहाबाँट प्रसनि नरोत्तम थापाको कमाण्डमा प्रहरी र इप्रका बिर्तामोडबाट समेत प्रहरी आई चोरीको जाँचबुझ र मुचुल्का लैजाने कार्य भएको हो । इप्रका अनारमनीमा प्रसाईले चोर पत्ता लगाई धनमाल फिर्ता गराई पाँउ भनि निबेदन दिएको छिमेकी भोला पाण्डेले बत…

READ MORE

 Powered by Blogger

Theme images by Michael Elkan

© Orange News Excavator

My photo

SARJU SANSAR

NEWS IS WHAT SOMEBODY , SOMEWHERE ,WANTS TO SUPPRESS .

VISIT PROFILE

Archive

Report Abuse

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्...
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...