ओरेन्ज समाचार

रक्तदान संगै बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव समापन ।

Advertisement

बिर्तामोड पर्यटन महोत्सवको  समापनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा पैतिस पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम नेपाल तामाङ्ग धेदुङ बिर्तामोड नगर समितिले बिर्तामोड -५ स्थित महोत्सव स्थल धर्मकाँटा रोडमा आयोजना गरेको हो।

नेपाल रेडक्रस सोसाईटी झापाको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीका तर्फबाट प्राबिधिक सचिन लिम्बु,बिबेक कुमार महतो,रूपा लावती तथा चालक दान बिक्रम थापाको उपस्थिति रहेको हो । उक्त शिबिरमा पैतिस पिन्ट बिभिन्न समूहको रगत संकलन गरिएको प्राबिधिक सचिन लिम्बुले जानकारी गराए। उनका अनुसार बिराटनगर, अर्जुनधारा,बुद्धशान्ती,मेचीनगर, इलाम,बिर्तामोड लगायतका रक्तदाताहरुले रगत दान गरे भने जसमध्ये महिला छ जना र पुरुषको संख्या उन्नतिस जना रहेको  जानकारी गराए। जसमध्ये पदम तामाङ्गले त्रिचालिसौं पटकको रक्तदान गरेका छन् भने राजु तामाङ्गले बारहौ पटकको र सरोज लावती लिम्बुले नवौं पटकको रक्त दान गरेका हुन् भने कयौंले दोश्रो,तेश्रो र प्रथम पटकको रक्तदान गरेकाे जनाईएको हो। उक्त रक्तदान कार्यक्रममा सहभागीहरुलाई बिर्तामोड वडा न.-५ का वडा अध्यक्ष रोहित प्रसाई र नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर अध्यक्ष बिजय गोले तामाङ्गले जुस,फलफूल तथा प्रशंसा पत्र प्रदान गरे साथै रेडक्रसका प्राबिधिक टोलीलाई मायाको चिनो समेत प्रदान गरिएको हो भने कार्यक्रमको सहजीकरण नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर सचिव गणेश तामाङ्गले गरेका हुन्।

सोही अवसरको औपचारिक महोत्सव समापन कार्यक्रम नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर अध्यक्ष बिजय गोले तामाङ्गको अध्यक्षता तथा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमूख आतित्यथामा सम्पन्न भएको हो । उक्त समापन कार्यक्रममा अर्जुनधारा-६ निबासी समाजसेवी मेची महाकाली सरसफाई अभियानका अभियन्ता बिष्णु प्रसाद आर्चाय,महोत्सवमा महत्वपूर्ण सहयोगी भूमिका निर्बाह गर्नु हुने बिर्तामोड-५ का फूल माया तामाङ्ग र निशा तामाङ्गलाई सम्मान पत्रले सम्मान गरिएको हो। उक्त सम्मान पत्र नगर उपप्रमुख संग्रौला र अध्यक्ष गोलेले प्रदान गरे साथै अन्य बिशिष्ट अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको हो।

बिर्तामोड वडा न.-५ का वडा सदस्य ओम भक्त सेढाई,नेपाल तामाङ्ग धेदुङ्ग भद्रपुर अध्यक्ष बसन्त तामाङ्ग,संघिय सदस्य पदम तामाङ्ग,नेपाल आदिबासी जनजाति बिर्तामोड नगर अध्यक्ष राजकुमार राजबंशी,प्रमुख अतिथि नगेन्द्र संग्रौला लगायतले महोत्सव समापनको शुभकामना राखेको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले दिप प्रज्वलन गरि उद्घाटन गरिएको हो ।

बाल कलाकारहरु मनिषा तामाङ्ग र अनिषा तामाङ्गले नृत्य प्रश्तुत गरि रोमान्चक बनाईएको समापन कार्यक्रममा बिर्तामोड वडा न-५ का वडा अधयक्ष रोहित प्रसाई,नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कोषाध्यक्ष समिक्षा तामाङ्ग,बिर्तामोड नगरपालिका लेखा अधिकृत,प्रादेशिक अस्पताल मद्रपूर लेखा अधिकृत सुभाष तामाङ्ग,नेपाल तामाङ्ग धेदुङ्ग नगर सदस्य बिनोद तामाङ्ग,निशा तामाङ्ग बिर्तामोड-१० नेपाल तामाङ्ग धेदुङ्ग अध्यक्ष राम तामाङ्ग लगायतको उपस्थिति रहेको हो भने स्वागत उपाध्यक्ष नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड उपाध्यक्ष तारा चाम्लिङ्ग तामाङ्ग र संचालन सचिव गणेश तामाङ्ग र सहसचिव चरिमाया तामाङ्गले गरेका हुन् । महोत्सव गत  मंसिर एक गते देखि संचालन भएर आज मंसिर बाईस गते औपचारिक रूपमा समापन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्...
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...