Skip to main content

ओरेन्ज समाचार

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद बिर्तामोडको तमु लोसार कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यता र तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद अध्यक्ष कुमार गुरुङको सभापतित्वमा बिर्तामोड वडा १० मा अवस्थित बौद्ध चक्र गुम्बाको प्रङ्गणमा तमु लोसार बिहान पुजा र दिउसो विभिन्न सांस्कृतिक प्रस्तुती र खेलकुद प्रतियोगिताको साथमा सव्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड वडा ३ का अध्यक्ष वडा मदन बुढाथोकी, बिर्तामोड वडा ५ का वडा अध्यक्ष रोहित प्रसाईं, बिर्तामोड वडा ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, समाजसेवी जलकुमार गुरुङ, समाजसेवी आनन्द गुरुङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रम संचालन सचिव लिला बहादुर गुरुङले गर्नु भएको थियो । संस्कार र संस्कृतिको संरक्षण हेतु मनाइने तमु लोसार चाड आज भोलि गुरुङ मात्र नभएर अन्य जातिहरु पनि उपस्थित भइ हर्सौलासका साथ मनाइने गरेको पाइन्छ । बिहानको समयमा धार्मिक पुजा गरिने र दिउँसो विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर मनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...