Skip to main content

ओरेन्ज समाचार

देउराली बचत तथा ऋण सहकारी संस्था को अठारौं बार्षिक साधारण सभा सम्पन्न

Advertisement

देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला फिजाईनु,संस्थालाई एक अर्को संस्थाले मर्जको प्रश्ताव ल्याउनु र सो संस्थासंग मर्जको सहकार्य हुन असंभव रहुनु,कर्जा उठाउने सदस्यहरुको सकृयतामा कमी देखिनु संस्था बन्द हुदैछ भन्ने भ्रामक हल्ला फैलाइनु आदि अनेक कारणले संस्थाले यो बर्ष भने जस्तो प्रगति गर्न नसकेको धारणा प्रश्तुत गरे तथापि कोही पनि  सदस्यहरुलाई यस प्रतिकुल घडीमा बिचलित नहुन आग्रह गरे र भने संस्थालाई आगामी दिनमा पहिलेकै जस्तो विश्वास गर्न योग्य बनाई छाड्ने प्रतिबद्धता बरालले व्यक्त गरे ।
प्रमूख अतिथि मिश्रले बचत पैसा उठाउने उद्देश्यले मात्र सहकारीको पछि लाग्नु भन्दा पनि कसरी आफू आवद्ध सहकारीलाई भाबी दिनमा मजबुत बनाउन सकिन्छ भन्ने तर्फ सहकारीका सदस्यले सोच्नु पर्ने समय आएको बताए। संस्था मजबुत भए बचत पैसा उठ्न गाऱ्हो नहुने धारणा  राख्दै भर अभरमा सहकारीको अर्को बिकल्प  नरहेको समेत दाबी गर्दै भने साना तिना आपत बिपतमा नगद सर सापट चलाउने सहकारी मात्र एक माध्यम हो अन्य कसैले पनि यो कार्य गर्न नसक्ने बिचार उनले व्यक्त गरे।
प्रमुख अतिथि मिश्रले मैनबत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा बिशिष्ट अतिथि सुपारी तथा जडीबूटी सहकारी संस्थाका यादव गुरागाँई,समाजसेवी कमल खतिवडा साथै दिपक पौड्याल संस्थाका पदाधिकारी सहित सदस्य लगायतको उपस्थिति रहेको साधारण सभा कार्यक्रमको  स्वागत संस्थाको तफबाट कार्यलय सहयोगी कमला खतिवडा र कार्यक्रमको संचालन संचालक सदस्य नारदमुनी नेपालले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...