Skip to main content

ओरेन्ज समाचार

कि या चु बिर्तामोड १० को चासोक तङनाम कार्यक्रम सम्पन्न ।

Advertisement

सन्तोष बेघा लिम्बु

बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र कि या चु बिर्तामोड १० शाखा अध्यक्ष चाम बहादुर जबेगुको सभापतित्वमा चासोक तङनाम २०८१ अथवा एले तङ्वे ५०८४ को कार्यक्रममा सभ्य र भव्य रुपमा सम्पन्न भयो । बिहानको समयमा प्रकृति पुजा कार्यक्रम सगै विभिन्न सांस्कृतिक झाकि र नृत्यहरुको प्रस्तुती अनि छेलो हानी खेल, मिउजिकल चियर, हान्डी फुटाइ, धनुस वार्ण प्रतियोगिता र खानपिनको रमाइलो ले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो ।

कार्यक्रममा राष्ट्रिय पालम गायक बिवस नेम्बाङ र गायिका रिपना लिम्बुको बेजोड प्रस्तुतिहरुले दर्शकहरुको माहोललाई तताएको थियो । कार्यक्रममा विभिन्न जातिय संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको उलेखनिय उपस्थिती रहेको कार्यक्रममा बिर्तामोड १० का वडा सदस्य धनमाया श्रेष्ठ,राष्ट्रिय चुम्लुङ परिष्द जेबि जबेगु,  कि या चु झापा सचिव भिममाया कन्दङ्वा, कि या चु बिर्तामोड अध्यक्ष हिमलय प्रकाश कन्दङ्वा, सल्लाहकार संयोजक रिमानधोज लोक्ताम, याक्का छुम्मा झापा अध्यक्ष टेक बहादुर देवन लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो। सचिव सन्तोष बेघाले संचालन गर्नु भएको उक्त कार्यक्रममा खेलकुद संयोजक रबिन जबेगुले खेलकुद कार्यक्रम व्यवस्थापन गर्नु भएको थियो र अन्तमा बिजयी प्रतियोगीहरुलाई पुरस्कार बितरण गरि अध्यक्ष चाम बहादुर जबेगुले कार्यक्रम समापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...