बिर्तामोड ९, उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठान महिला समूह द्वारा तिज विशेष कार्यक्रम भदौ १५ गते शनिबारको दिन मनाउने तयारी हुँदैछ । नृत्य, हन्डी फोर्ने, सियोमा धागो छिराउने, मिउजिकल चियर प्रतियोगिता लगायत प्रस्तुती रहने उक्त कार्यक्रममा बिभिन्न जाति का पहिचान झल्कने पोसाकसहित सम्पूर्ण महानुभावहरु बिहान १०:३० बजे उपस्थित भइदिनु हुन अनुुरोध गर्दै कार्यक्रम संयोजक कौशिला सिटौला( लुइटेल) ले जानकारी दिनु भयो ।
९ भदौ, झापाचर्चित गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीत सँगै फेरि एक पटक तीज मनाउने चेलीबेटीमा खुशीयाली छाएको हो। हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी हुन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् । गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ । गत बर्ष भन्दा अघिल्लो बर्ष उनले गाएको तीजको चर्चित गीत चरि जेलैमाले माझीलाई चर्चित…
८ भदौ,झापाझपाको अर्जुनधारामा एक १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा-७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो । पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए । उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी…
८ भदौ,झापाआगामी भदौ २१ गते पर्ने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोड-१० शिवालय मन्दिर शिवालय चौकमा तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । बिबिध कार्यक्रमहरुको आयोजना गरि हरितालिका तीज पर्व मनाउन लागिएको आयोजक शिवालय मन्दिर संरक्षण समिति बितीमोड-१० शिवालय चोकले जानकारी गराएको हो। उक्त स्थानमा रहेको शिवालय मन्दिरमा त्यस दिन कार्यक्रम आयोजना गरिने समितिले जानकारी गराएको छ। उक्त कार्यक्रम सफल बनाउन स्थानिय गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति यही भदौ पाँच गते बसेको शिवालय मन्दिर संरक्षण समितिको बैठकले गठन गरिएको शिवालय मन्दिर संरक्षण समितिका सचिव खुवराज भट्टराईले जानकारी दिए। जसमा कोषाधक्षमा…
७ भदौ,बिर्तामोडझापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका नाताले दाजु पर्ने महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । झापा बिर्तामोड-१ स्थित सिने प्लाजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा उनी मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको हो । अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ । प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा…
६ भदौ,काठमाण्डौंसूचना तथा सञ्चार मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे संगै आजबाट सो प्रतिबन्ध हटेको हो। मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको थियो। आज क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र समेत लेखेको छ। लगत्तै, आजैबाट टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो। गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।…
६ भदौ,झापायोगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो । उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल निबासी जन्मजात असक्त सत्र…
- यज्ञराज श्रेष्ठ लाखे,के हो त यस्ले के गर्छ,के खान्छ, कहिले नाचिन्छ र कसरी नाचिन्छ भन्ने कथा र किम्बदन्ती फरक फरक भए पनि नेवारहरूको आस्था र विश्वासको नाँचले नेपाल र नेपालीलाई चिनाउने प्रमुख सांस्कृतिक नाँच हो। एक किम्बदन्तीअनुसार लाखे एक प्रेममा पागल भएको प्रेमी हो । उ एक राक्षस कुलमा जन्मिएको युवा थियो। एक दिन लाखेले मानव रूप धारण गरेर कठमान्डौ घुम्न आएछ। घुम्दै जादा एक ज्यापू किसानको घरमा पुगेछ। ज्यापूको एक छोरी थिइन बालामैचा,नाम जस्तै राम्री वालामैचालाई देखेर लाखेले प्रेम गर्न थालेछ। यसरी दिनदिनै मानव रूपमा आउने लाखे र बालामैचाको प्रेम भयो र बालामैचाले पनि लाखेलाई प्रेम गर्न थालिन्। …
४ भदौ,काठमाण्डौंगुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ साथै धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल आफ्नो अभियान भएको समेत बताउनु भएको हो। मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो । नेताहरुले नेपालाई…
२६ साउन,झापाझापाको बिर्तामोड-९ गरामनीका प्रसाईं परिवारले दिवंगत माता पिताको नाममा चार वर्ष अगाडी स्थापना गरेको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले अक्षयकोष निर्माण गरि आज चाैथाे स्मृति सभा स्वरूप बिशेष कार्यक्रमकाे आयाेजना गरेको छ। कार्यक्रममा बिबिध कार्यक्रमहरु सहित प्रसाईं ट्रष्ट,कल्याणकारी काेष झापालाई एक लाख एक सय आर्थिक सहयोग साथै एघार हजार सदस्यता शुल्क समेत हस्तान्तरण गरेकाे हो । मेरिकामा बसोबास गर्दै रहेका प्रतिष्ठान स्थापना कर्ता छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरि रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको आज चाैथाे बार्षिक कार्यक्रम सम्पन्न गरेको हो। यसै वर्षबाट अक्षय कोषमा रू.पाँच लाख रकम थप गरी जम्मा अक्षयकोष रकम…