Skip to main content

ओरेन्ज समाचार

बिराटपोखरीमा मापासे

Advertisement

२१ असोज,झापा
असुरक्षाको महशुस हुन थाले पछि बिराटपोखरी भित्र दिउँसो सवारी साधन प्रबेश गराउन प्रतिबन्ध गरिएको छ। रात्रीकालिन समयमा भने गेटहरु बन्द गरिने गरिएको हो। अब उप्रान्त सवारी साधनहरु गेट बाहिरै पार्किङ्ग स्थलमा रहनेछन्। यस भन्दा अघि पोखरी भित्र निर्बाध रूपमा सवारी साधन प्रवेश गर्न पाउथे।
गत असोज दुई गते बिराटपोखरी भित्र सवारी साधन लगेर मादक पर्दाथ सेवन गरेका केही अटो चालकहरुसंग भनाभन भएपछि असुरक्षाको महसुस गरिएको बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समिति सदस्य परशुराम कडरियाले जानकारी गराए। त्यस प्रकरणको प्रत्यक्ष भिडियो समेत सामाजिक संजालमा बाहिरिएको हो। त्यहाँ घुम्न आउने एक व्यक्तिले बिराटपोखरी भित्र मदिरा सेवन गरिरहेका केही अटो चालकहरुलाई सार्बजानिक एतिहासिक स्थलमा मादक पर्दाथ सेवन नर्गन चेतावनी दिदै अटेर गरे प्रत्यक्ष भिडियो प्रसारण गर्ने चेतावनी दिएपछि भनाभन समेत भएको अर्का सदस्य अर्जुन ओलीले बताए। यै विषय लिएर पछि प्रहरी प्रशासनकोमा समेत पुग्नु परेको र ती मापसे गर्ने अटोचालकहरुलाई अब उप्रान्त त्यसो नर्गने शर्तमा माफी मगाई छाडिएको समेत ओली र कडरियाले जानकारी दिए। त्यस उप्रान्त बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकाश समितिका पदाधिकारीहरुले बिराटपोखरीभित्र कुनै पनि सवारी साधन प्रबेश नगराउने निर्णय गरेको हो । समितिका सचिव जगनाथ भट्टराईले जानकारी गराए।

समिति बिराटपोखरी भित्र हुने अनैतिक,अर्मयादित र अशोभनिय हर्कतहरु रोक्ने पक्षमा छ तर पोखरी भित्रै सवारी साधन प्रबेश गराएर मापसे लगायतका बिकृत्ति बढ्न थालेपछि कुनै पनि सवारी साधन साईकल,अटो,सिटि,मोटरसाईकल,ट्याक्सी,कार,बस लगायतका साधन बिराटपोखरी भित्र प्रबेश गराउन सूचना जानकारी टाँस गरि प्रतिबन्ध गरिएको सचिब भट्टराईको भनाई छ। यस अघि पनि सामान्य यस्ता हर्कतहरु भैरहेका थिए तथापि ठूलो असुरक्षा भने महसुस भएको थिएन उनले भने। तर यसपटक भने हामी सवारी साधन प्रवेश रोक्नै पर्ने निर्णयमा पुग्यौं र प्रबेश निषेध गरिएको हो सचिब भट्टराईको भनाई छ ।

गत असोज चार गते देखि बिराटपोखरीको मुख्य गेटहरुमा ताला लगाएर दिउँसो सवारीसाधन प्रवेशमा रोक लगाईएको र अनुमति अनुसारका साधनहरुलाई मात्र पवेश गर्न गेट खोली दिने गरेको बिराटपोखरीका चौकिदार धन बहादुर भुजेलले बताए। धार्मिक तथा ऐतिहासिक बिराटपोखरी बिर्तामोड-३ मा पर्दछ।

Comments

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...