Skip to main content

ओरेन्ज समाचार

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई  नगदसहित सम्मान गरेको छ।

Advertisement

बिर्तामोड । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई  नगदसहित सम्मान गरेको छ।
सहकारीको विषयगत उपसमिति सामुदायिक सरोकार उपसमितिको आयोजनामा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले झापा,मोरङ र इलाम जिल्लास्थित  आफ्ना ५८ सेवाकेन्द्रमध्ये ४० सेवाकेन्द्रका १हजार ८६ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद पाँचहजारसहित सम्मान गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए।
   यसैविच बिर्तामोड- १० स्थित एनएमसी सैनिकबजार सेवाकेन्द्रले  आफ्ना २१ जना जेष्ठ शेयर सदस्यलाई नगदसहित फूलमाला लगाएर सम्मान  गरेको छ।
    संस्थामा आबद्ध जेष्ठ नागरिक महेश्वर पौडेल, विष्णुबहादर राई,धनबहादुर दर्जी, जानुका मैनाली, देवीप्रसाद दंगाल,लक्ष्मी माया राई,पृथी माया राई ,लोक बहादुर राई,किन्द्र प्रसाद श्रेष्ठ,बालुराम शिवाकोटी,गंगा प्रसाद दंगाल,होम नाथ नेपाल,राम प्रसाद नेपाल,धर्मकला पौडेल,नर बहादुर लिम्बु,देवि भक्त कोइराला,टंक बहादुर थापा,गंगा प्रसाद तिवारी तुलसा तिवारी,जस बहादुर तामाङ,विष्णु माया राई लगायतलाई  बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु सुनुवार मुखिया,सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक टीकाराम दंगाल, ज्ञानकुञ्ज पुस्तकालयका अध्यक्ष भोला पाण्डेलगायतले फूलमाला र अबिर लगाएर सम्मान गरेका थिए।
   संस्थाको नियम अनुसार ५ हजारभन्दा बढी शेयर रकम मौज्दात भएका, सदस्यता प्राप्त गरेका ५ वर्ष अवधि पूरा गरेका ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यलाई संस्थाले नगद ५हजारसहित सम्मान गर्ने गरिएको सैनिक सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले जानकारी दिए। सहकारी अभियानमा देशकै दोस्रो ठूलो सहकारी संस्था एनएमसीमा हाल १लाख ६९ हजार बढी सदस्य आबद्ध रहेका छन।
   सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक दंगालको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए। ज्ञानकुञ्ज पुस्तकालयका अध्यक्ष भोला पाण्डे, जेष्ठनागरिक संघ बिर्तामोड -१० का अध्यक्ष तथा सम्मानित व्यक्तित्व देवीप्रसाद दंगाल,  बिर्ता अर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मुखिया, सामुदायिक तथा कर्जा फाँट प्रमुख सम्झना गौतम,    भौगोलिक एकाइ उपसमिति संयोजक चामबहादुर सुब्बा, ओमबहादुर गुरुङ,  सदस्य राजन ढकाल, कृति लिम्बू, सदस्य सहजकर्ता चन्द्रबहादुर राई, निशा लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...