Skip to main content

ओरेन्ज समाचार

कृषि ज्ञान केन्द्र झापाले दियो बिर्तामोडमा तालिम,ट्यांकी र हजारी

Advertisement

१५ असोज,झापा
कृषि ज्ञान केन्द्र झापाको आयोजना र हरियाली अर्गयानिक तरकारी उत्पादक समूह बिर्तामोड-८ को संयोजनमा बिर्तामोड-७ मा रहेको  सामुदायिक भवनमा कृषि ज्ञान केन्द्र झापाको ०८१/०८२ को पहिलो कार्यक्रम अन्तर्गत जैबिक तथा बनस्पतिक बिषादी प्रयोग विषयक एक दिवशिय कार्यक्रम आयोजना गरिएको छ।

हरियाली तरकारी उत्पादक समूहका अध्यक्ष लोकनाथ मिश्रको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टको प्रमुख आतिथ्यता तथा अतिथिहरु कृषि केन्द्र झापाका कर्मचारी अन्जु आर्चाय,गणेश बुढाथोकी र जीना पौड्यालको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि बिष्टले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

राष्ट्र प्रति सर्मपण जनाउँदै राष्ट्रियगानबाट शुरू भएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश कृषि ज्ञान केन्द्रकी अन्जु आचार्यले गरेकी हुन् भने कार्यक्रममा ओडब्लुडिसिको (owdc) प्रयोग र प्रभावकारिता माथि प्रकाश पार्दै यो बनाउने बिधिबारे तालिम दिइएको हो। 

कृषि ज्ञान केन्द्र झापाका प्रमूख बिष्टते ज्ञान केन्द्रको ०८१/०८२ का कार्यक्रमहरुको बारेमा जानकारी दिएको कार्यक्रममा कृषकहरुको तर्फबाट प्रकाश रेग्मी,प्रदिप खनाल, यज्ञराज श्रेष्ठ,गोबिन्द गौतम,गोबिन्द सुबेदी,श्याम पकुवाल,रामलाल उप्रेतीले आफनो भनाई राखेका हुन्।

बिर्तामोडका पच्चिस जना अगुवा कृषकलाई सोही कार्यक्रममा दुई सय लिटरको प्लाष्टिकको एक थान ट्यांकी र एक थान हजारी बितरण गरिएको कार्यक्रमको स्वागत बिर्तामोड नगर स्तरिय तरकारी ब्यबस्थापन समितिका अध्यक्ष अभि चन्द्र भण्डारीले र संचालन हरियाली कृषक समूहका सचिव चिरञ्जीबी पौड्यालले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...