Skip to main content

ओरेन्ज समाचार

अनिष न्यौपानेको परिवारमा समबेदना व्यक्त

Advertisement

२२ असोज,झापा
नेपाली कांग्रेस बिर्तामोड-१० सभापति मदन कुमार गुरुङ्ग,झापा जिल्ला सचिव नबिन बिमली,बिर्तामोड नेपाली कांग्रेस वडा न.१० सचिवद्धय भवानी पाण्डे र खेमराज राई (अर्जुन) एबं नेपाली कांग्रेस बिर्तामोड वडा न १० परिवारले शोकमा रहनुभएका बिर्तामोड-१० शिवालय टोल बिकाश संस्थाका न्यौपाने परिवारमा समबेदना पत्र बाचन गरेर परिवारजनमा बूँझाउदा माहोल स्तब्ध बन्यो। आज गत असोज चौध गते बिर्तामोड-१० ठूट्टेबरमा मोटरसाईकल दुर्घटनामा परि असमायिक निधन हुनुभएका अनिष न्यौपानेको नवौं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस बिर्तामोड वडा न.-१० परिवारले शोकाकुल परिवारजनमा समबेदना पत्र हस्तान्तरण गरेको हो।
यस अघिनै लक्ष्मीनारायण आधारभूत विद्यालय परिवार बिर्तामोड-१० का तर्फबाट प्रधानाध्यापक जनक बहादुर थापा,अध्यक्ष तोम प्रसाद ओली, शिवालय महिला समूह परिवार बिर्तामोड-१० का तर्फबाट अध्यक्ष कमला कार्की,सचिव कबिता भट्टराई,शिवालय हाटबजार ब्यबस्थापन समिति परिवार बिर्तामोड-१० का तर्फबाट अध्यक्ष केदार बहादुर श्रेष्ठ,सचिव चन्दा पौडेल लगायतले र व्यक्तिगतरूपमा अन्य इष्टमित्र, आफन्तजन,छरछिमेकीले समबेदना व्यक्त गरिसकेका हुन्। अझैपनि शोकाकुल परिवारप्रति समबेदना व्यक्त गर्न आउने क्रम जारी रहयो।

आज भएको कार्यक्रममा कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूमि प्रसाद राजबंशी,नेका झापा जिल्ला सचिव नबिन बिमली,कोषाध्यक्ष जल कुमार गुरुङ्ग,क्षेत्रिय सभापति भद्रपुर नपा. मेयर गणेश पोखरेल,बिर्तामोड वडा न.-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,६ न. वडा अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवा,५ न. वडा अध्यक्ष रोहीत प्रसाई,नेका महासमिति सदस्य टिकाराज ढकाल,बिजय रिजाल, क्षेत्रिय सचिव भूपाल बस्नेत,जिल्ला सदस्य इन्द्र बहादुर कार्की,तरुण दल केन्द्रिय सदस्य सजेश शिवाकोटी, महासमिति सदस्य उर्मिला गौतम, शर्मिला अधिकारी,१० न. का वडा सभापति मदन कुमार गुरुङ्ग,शिवालय मन्दिर ब्यबस्थापन समिति बिर्तामोड-१० का सचिव खुवराज भट्टराई लगायतको उपस्थिति रहेको हो।

कार्यक्रममा स्व.अनिष न्यौपानेको कर्तब्यनिष्ठता,सामाजिक उत्तरदायित्व.सामाजिक सहयोग, सरल ब्यबहारको चर्चा गरिएको हो भने मृतक न्यौपानेको आत्माको बैकुण्ठ बासको कामना गर्दै एक मिनट मौनधारण र स्व.न्यौपानेको तस्बिरमा माल्र्यार्पण समेत गरिएको कार्यक्रमको संचालन १० न. वडा सचिव भवानी पाण्डेले गरेका हुन्।

बिगत ६ बर्ष देखि पाथिभरा क्याटरिङ्ग संचालन गर्दै आएका सत्ताईस बर्षिय स्व.न्यौपानेको बुवा टंक न्यौपाने,आमा गायत्रा न्यौपाने र एक बहिनी आँखाको डक्टर अनिषा न्यौपाने रहेका छन्।

Comments

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...