ओरेन्ज समाचार

करेन्ट लागेर झापाको कचनकवलमा शाहको मृत्यु

करेन्ट लागेर झापाको कचनकवलमा शाहको मृत्यु

करेन्ट लागेर झापाको कचनकवलमा शाहको मृत्यु

१० श्रावण,झापाकरेन्ट लागेर हिजो राती एकजनाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका-४ का बिशाल कुमार शाहको करेन्ट लागेर मृत्यू भएको हो। बूपबार राती पौने ९ बजे उनको करेन्ट लागेर मृत्यू भएको हो । खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शाहको शवलाई पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाइएको हो ।
Read More
सौर्य एयर दुर्घटनाःअठारको शव,एक जिबित (सूची सहित)

सौर्य एयर दुर्घटनाःअठारको शव,एक जिबित (सूची सहित)

९ श्रावण,काठमाण्डौं  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको शव फेला परेको  छ भने । क्याप्टेन शाहको भने जिबितै उद्धार गरिएको क्यानका प्रवक्ता  हंशराज पाण्डेले बताएका छन्।  जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको हो। उनले  जहाज दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको भने जिबितै उद्दार गरी उपचारका लागि अस्पताल लगिएको बताए। दुर्घटनामा परेकाहरू सबै एयरलाईन्सका कर्मचारी र आफन्त  हुन् । क्याप्टेनलाई भने उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको उनले भने । सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले  जहाजमा १९ जना यात्रु सवार रहेको बताए।  बिमानमा सवारको नामावली अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा,…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

९ श्रावण,काठमाण्डौंकाठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रनवेमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटनामा परेको हो।सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणकले जानकारी गराएको छ भने बिमानका चालक क्याप्टेन मनिष शाह रहेको ह हुन्। जहाज दुर्घटनामा परेपछि दुर्घटनामा परेको जहाजमा आगो लागेको हो भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका हुन् । जहाजमा १९ जना यात्रु सवार रहेका जनाईएको छ भने बिमान दुर्घटनाको कारण हाल खुल्न नसकेको  प्रहरीले जनाएको छ। क्याप्टेन मनिष शाहलाई उद्धार गरेर अस्पताल लगेको जनाईए पनि जहाजमा सवार यात्रुहरुको अवस्था…
Read More
बुबाको हत्या आरोपमा हल्दीबारीमा छोरो पक्राउ

बुबाको हत्या आरोपमा हल्दीबारीमा छोरो पक्राउ

 ८ श्रावण,झापाबाबुको हत्या आरोपमा प्रहरीले आफ्नै छोरालाई नियन्त्रणमा लिएको छ ।हल्दिवारी गाउँपालिका वडा नम्बर-२ पाराखोपी बजार पूर्वका सुनिल राजबंशीलाई नियन्त्रणमा लिईएको हो। गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिईएको हो । झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको,अनुहारसहित शरीरका विभिन्न…
Read More
बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एकको मृत्यू

बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एकको मृत्यू

८ श्रावण,झापाबिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एक व्यक्तिको कार्यलय परिसरमै मृत्यू भएको छ।  बिर्तामोड -१० सापडिग्री टोल विकास संस्था बस्ने  मनमाया गुरुङ्गको पति धन बहादुर गुरुङ्ग (पाँचथरे बुवा) को गत आइतबार मध्याह्न करिब १२:०५ बजे ९५ वर्षको उमेरमा बिर्तामोड नगरपालिका वडा न.-१० वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता बुक नबिकरण गर्न आएको समयमा कार्यलय परिसरमै हृदयघातको कारण मृत्यू भएको १० न. वडा सदस्य पृथ्वी बस्नेतले जानकारी गराए। त्यस पछि उनलाई  तत्काल अटोमा राखेर घर लगिएको जनाईएको हो । वडा कार्यलयमा राम्रै अवस्थामा गफ गर्दै रहेका गुरुङ्ग कार्यलय परिसरकै अगाडीको घुमाउरो आराम घरमा आराम गर्दै रहेका बेला बेहोस भै मृत्यू भएको बिर्तामोड-१०…
Read More
नेवाःदेय दबू बिर्तामोडको क्षमता अभिवृद्धि तालिम उद्घाटन

नेवाःदेय दबू बिर्तामोडको क्षमता अभिवृद्धि तालिम उद्घाटन

७ श्रावण,झापानेवाः देय दबू बिर्तामोड नगर समितिको आयोजनमा  बिर्तामोड क्षेत्रमा रहेका अफ्ना सदस्यहरूको क्षमता अभिबृद्धि तथा अभिमुखकरणको निम्ती  साउन  ७ गते देखि १७ गते सम्म हुने एघार दिने उदघोषण तथा क्षमता अभिवृद्धि र लाखे,ठयाकठुके सहित धिमे बाजा प्रशिक्षण कार्यक्रमको आज बिधिवत रूपमा उदघाटन भएको छ।    बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष    को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा…
Read More
डि कौडिन्य पुरस्कारबाट पत्रकारद्धय लामा र रेग्मी पुरस्कृत

डि कौडिन्य पुरस्कारबाट पत्रकारद्धय लामा र रेग्मी पुरस्कृत

७ श्रावण,झापा डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको छ । देवकुमार आचार्य (डि कौडिन्य) जनपक्षीय पत्रकारको  स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो । गत ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले दुइजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेसँगै पत्रकारद्धय रेग्मी र लामा पुरस्कृत हुनु भएको हो। बिर्तामोडको सिटि सेन्टरमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्वले नगद बयालिस…
Read More
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

७ साउन,झापा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ ।
Read More
झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ

झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ

६ श्रावण,झापाझापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार जना पक्राउ परेका छन् ।कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटर चोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईप्रका सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको प्रहरीले जनाएको हो ।रातीको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय नितेश बुडाथोकी,बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्ग मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका-४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए । चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका…
Read More
पारीको होइन बारीको खाँउ” कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

पारीको होइन बारीको खाँउ” कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

 - यज्ञराज श्रेष्ठ ६ श्रावण,बिर्तामोड बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो।  उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा…
Read More