ओरेन्ज समाचार

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

बिर्तामोड, २५ जेठ सैनिक बजार महिला नौमती बाजा समितिका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्व र बिर्तामोड १०वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा बिर्तामोड १० को जेष्ठ नागरिक भवनमा एक दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बिर्तामोड १० का टोल विकास संस्थाहरुबाट महिलाहरुको उपस्तिथि रहेको थियो । प्रशिक्षक हरि प्रसाद सिटौलाले प्रशिक्षण दिएको एक दिने तालिममा मानसिक रुपमा महिलाहरु कसरी सबल बन्न सक्छ र महिलाले राज्यको विभिन्न क्षेत्रमा आफ्नो पहुच कसरी बनाउन सक्छ्न भन्ने बिषयमा सचेतना मुलक कार्यक्रममा समितिका सचिव संगिता भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो भने…
Read More
लिम्बू चलचित्र ” नाम ओती” बिर्तामोडमा असार १६ गते प्रदर्शन हुने तयारी ।

लिम्बू चलचित्र ” नाम ओती” बिर्तामोडमा असार १६ गते प्रदर्शन हुने तयारी ।

बिर्तामोड, १९ जेठ  लिम्बू चलचित्र "नाम ओती" प्रदर्शनका संयोजक भिम थेबेको सभापतित्व र बिर्तामोड ५ का पुर्व वडा अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच यहि मिति २०८२ असर १६ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराइएको छ । चलचित्रको नायिका रुबिना श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, चन्द्र थेबे, दिनेश श्रेष्ठ, कुमारी मादेन, योगेश श्रेष्ठ, दिल कुमारी पालुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रत्न कुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । दिलिप फुरुम्बोको निर्देशनमा बनेको चलचित्र "नाम ओती" नेपालको विभिन्न सेनिमा हलहरुमा प्रदर्शनको तयारी चलिरहेको कुरा नायिका रुबिना श्रेष्ठले बताउनु भयो । औपचारिक कार्यक्रममा अथितिहरुले चलचित्रको…
Read More
बिर्तामोड १० नमुना टोलमा घरको ताल्चा फोरेर चोरी भएको छ ।

बिर्तामोड १० नमुना टोलमा घरको ताल्चा फोरेर चोरी भएको छ ।

बिर्तामोड, १७ जेठ बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित नमुना टोल बस्ने सन्त श्रेष्ठको घरमा चोरी भएको छ । मिति २०८२ जेठ १७ गते शनिबारको दिन बेलुकाको करिब ९ बजे तिर चार आना सुन र ७ हजार रुपैयाँ गरि जम्मा ५२ हजार बराबरको चोरी भएको जानकारी घर धानी सनत श्रेष्ठले जानकारी दिनु भयो ।
Read More
बिर्तामोड ७, खोबबारी श्रीजङ्गा चोकबाट महिला हराइन

बिर्तामोड ७, खोबबारी श्रीजङ्गा चोकबाट महिला हराइन

बिर्तामोड, ११ जेठ बिर्तामोड-७, खोबबारी श्रीजङ्गा चोक बस्ने सुर्य बहादुर लावतीको श्रीमती धनमती लावती बर्ष ५० को यहि मिति २०८२ जेठ ११ गते आइतबारको दिन बिहान घर बाटै हराएकी छिन । गहुगोरो वर्णको रातो रङ्गको कपडा लगाएको अचानक घरबाटै हराएको हुँदा देख्नु हुने जो कोहिलाई पनि प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन घरका परिवारले अनुरोध गरेका छ्न ।
Read More
कोलाटोली खानेपानी बारे पत्रकार सम्मेलन ।

कोलाटोली खानेपानी बारे पत्रकार सम्मेलन ।

बिर्तामोड, ३ जेठ  बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले…
Read More
आदिबासी जनजाति नेत्रहिन संघ झापाको प्राण दान (छेतार) कार्यक्रम सम्पान्न ।

आदिबासी जनजाति नेत्रहिन संघ झापाको प्राण दान (छेतार) कार्यक्रम सम्पान्न ।

शिवसताक्षी, ३ जेठ शिवसताक्षी १० अवस्थित साङ्गी छ्योलिङ गुरुङको सभाहलमा आदिवासी जनजाती संघ झापाका अध्यक्ष  भोजराज तामाङको सभापतित्व र आचार्या पुर्ण पाख्रीङको प्रमुख आथित्यता एक औपचारिक कार्यक्रम साथ छेतार अथवा मछ्छी दान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा सुमित्रा वाङदेल, लोपेन छिरिङ, बृहस्पती आचार्य, भवानी बिक्रम सेलिङ, टिकाराम आचर्य लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कार्यक्रम संचालन समितिका कोषाध्यक्ष प्रदिप राजबंशीले गरेका थिए भने सहसचिव कौशल्या देवी गुरुङ ले स्वागत मन्तव्य राखेका थिए ।
Read More
उभौली पर्व प्रथम रेटिङ बुद्धि चाल प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न ।

उभौली पर्व प्रथम रेटिङ बुद्धि चाल प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २ जेठ कोशी प्रदेशको सहयोग, बिर्तामोड चेस क्लवको आयोजना र किरात याक्थुङ चुम्लुङको सह आयोजनामा जेठ २,३ र ४ गते संचालन हुने बुद्धि चाल प्रतियोगिता बिर्तामोडको सिटि सेन्टरमा एक  औपचारिक कार्यक्रमको साथमा उद्घाटन समारोह सम्पन्न भएको हो । बिर्तामोड चेस क्लवका अध्यक्ष नारायण राईको सभपतित्व र कोशी प्रदेश सामजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आथित्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अथितिहरु बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बुद्धि चाल महासंघ केन्द्रिय अध्यक्ष हिराकाजी महर्जन लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने समितिका सचिव बिष्णु पाठकले कार्यक्रम संचालन गरेका थिए ।
Read More
नमो बौद्ध गुम्बाको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

नमो बौद्ध गुम्बाको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २९ बैशाख बिर्तामोड-४ स्थित नमोःबौद्ध गुम्बाको आयोजनामा २५६९औं बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा गुम्बा परिसरमा थप जग्गा खरिदका लागि सुरु गरिएको सहयोग अभियानलाई अझ तीव्र पारिने आयोजक समितिले जानकारी दिएको छ। अभियान अन्तर्गत हालसम्म भूमिदान स्वरूप पचास हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक रूपमा वाचन गरिएको थियो। करिब पन्ध्र दिनअघि सुरु भएको यो अभियानलाई चार चरणमा अगाडि बढाइने बताइएको छ। गुम्बाका लागि आवश्यक डेढ कठ्ठा जग्गा खरिद गर्न करिब ८० लाख रुपैयाँ आवश्यक पर्ने र सबैमा सहयोगको आह्वान गरिएको गुम्बा समितिका महासचिव गणेश तामाङले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड…
Read More
बिर्तामोडमा ९५ औ समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

बिर्तामोडमा ९५ औ समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २४ बैशाख  किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोडका अध्यक्ष रिमानधोज लोक्तामको सभापतित्व र किरात याक्थुङ चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा बैशाख २४ गते बुधबारको दिन  साझको ६ बजे एक औपचारिक कार्यक्रमको साथमा विश्व शान्तीको निम्ति दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । अथितिहरु भिममाया नेम्बाङ, सुर्य खजुम, गणेश कन्दङ्वा, ओदराज बेघा, डम्बर नेम्बाङ, बेद बहादुर तेयुङ साथै संचारकर्मी रत्न बहादुर बस्नेत लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दको तस्बिरमा मल्यार्पण गरि दिप प्रजवलन सगै अथितिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो भने संचारकर्मी सन्तोष बेघा लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो ।
Read More
बिर्तामोडमा लिम्बु चलचित्र मिम्जीफुङ बैशाख २९ गते प्रदर्शन हुने तयारी ।

बिर्तामोडमा लिम्बु चलचित्र मिम्जीफुङ बैशाख २९ गते प्रदर्शन हुने तयारी ।

बिर्तामोड, २२ बैशाख किरात याक्थुङ चुम्लुङ बिर्तामोडले आयोजना गरेको एक औपचारिक कार्यक्रममा निर्माता तथा कलाकार साबित्रा लाबुङले चलचित्र "मिम्जीफुङ" यहि मिती २०८२ साल बैशाख २९ गते बिर्तामोडको पाथिभरा सिने प्लाजा प्रीमियर सो प्रदर्शन हुने जानकारी दिदै सम्पुर्ण बिर्तामोड बासीहरुलाई चलचित्र हेरेर प्रतिक्रिया दिइ हौसला बडाइदिनु अनुरोध गर्नु भयो । कि या चु बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङवाको सभापतित्व र  कि या चु झापाका सचिव भिममाया नेम्वाङको प्रमुख आथित्यतामा संचालन भएको उक्त कार्यक्रममा कि या चु बिर्तामोडका आजिवन सदस्यहरुलाई सम्मान कार्यक्रम, कि या चु बिर्तामोडको मनोनित समिती सदस्यहरुलाई सपत ग्रहण, जेठ २ गते हुन गहिरहेको चेस प्रतियोगिता कार्यक्रम, चलचित्र "लिम्जीफुङ" प्रदर्शन…
Read More