बिर्तामोड, २२ बैशाख किरात याक्थुङ चुम्लुङ बिर्तामोडले आयोजना गरेको एक औपचारिक कार्यक्रममा निर्माता तथा कलाकार साबित्रा लाबुङले चलचित्र "मिम्जीफुङ" यहि मिती २०८२ साल बैशाख २९ गते बिर्तामोडको पाथिभरा सिने प्लाजा प्रीमियर सो प्रदर्शन हुने जानकारी दिदै सम्पुर्ण बिर्तामोड बासीहरुलाई चलचित्र हेरेर प्रतिक्रिया दिइ हौसला बडाइदिनु अनुरोध गर्नु भयो । कि या चु बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङवाको सभापतित्व र कि या चु झापाका सचिव भिममाया नेम्वाङको प्रमुख आथित्यतामा संचालन भएको उक्त कार्यक्रममा कि या चु बिर्तामोडका आजिवन सदस्यहरुलाई सम्मान कार्यक्रम, कि या चु बिर्तामोडको मनोनित समिती सदस्यहरुलाई सपत ग्रहण, जेठ २ गते हुन गहिरहेको चेस प्रतियोगिता कार्यक्रम, चलचित्र "लिम्जीफुङ" प्रदर्शन…
बिर्तामोड, ९ बैशाख बिर्तामोड १० तेलकानी टोलमा खुकुरी प्रहारबाट पत्थरभिट्टा निवासी रोशन सुवेदी गम्भीर घाइते भएका छन । बैशाख ८ गते सोमबार करिब साँझको ९ बजे सामान्य बिबादमा झगडा हुँदा तेलकनी टोल बस्ने बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अनबेश पौडेललाई सामान्य चोट लागेको छ भने रोशन सुबेदीको दाइने हातमा चोट लागि उपचरको क्रममा बि एण्ड सी हस्पिटलले घोपा रिफर गरेको छ । र अहिले बाबुराम न्यौपाने बिर्तामोड इलाका प्रहरीको नियन्त्रणमा छ्न ।
बिर्तामोड,१ बैशाख चोरहरुको बिगबिगीले आजभोली गाउँ घरमा तनाब सिर्जना भएको छ । बितेको एक हप्तामा बिर्तामोड १० अवस्थित विभिन्न टोलमा घरको ताल्चा फोरी चोरी चकारी बडेको घटना सगै आज बैशाख १ गतेको दिन उज्यालो मिर्मिरे लोक्ताम टोलमा बिहान करिब ७:३० बजे मोटर चिरि गरि बोरामा लैजादै गर्दा स्थानियले सोदपुच गर्न खोज्दा भाग्न खोजे पछी स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन । बिगत केही समय देखि मोटर/बोरिङ, बाइक लगायतका चिजहरु चोरी भएको अवस्थामा दुई दिन अगाडि मात्रै बुद्धिनाथ पौडेलको ४ इन्चको मोटर चोरी भएको उहाको श्रीमती सीता पौडेलले जानकारी दिनु भयो ।
बिर्तामोड, ३१ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको औपचारिक कार्यक्रमा बिर्तामोड १० वडा खेलकुद समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । चैत ३२ गते भएको फाइनल खेलमा शुन्यको विरुद्ध १ गोल लगाएर सैनिक टोल संयुक्तले नमुना टोललाई पराजित गरेको छ । अथितिहरु नगर उपप्रमुख नगेन्द्र संग्रौला, वडा अध्यक्षहरु दुर्योधन गुरुङ, सुर्य प्रकाश कन्दङवा, वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत सथै टोल विकास संस्थाका अध्यक्षहरु लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिपलप गुरुङ बने भने कार्यक्रम संचालन समितिका सचिव नरेन…
बिर्तामोड, ३० चैत नव वर्षको उपलक्ष्यमा नेत्रहीन संघको कम्प्युटर तालिम उद्घाटन र जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती कार्यक्रम सप्पन्न झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा नव वर्ष २०८२ को अवसरमा आधारभुत कम्प्युटर तालिम उद्घाटन, जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड ३ का वडा सचिव भिम अधिकारी, समाजसेवी खिल प्र. सिवाकोटी, सल्लाहकार प्रेम प्रकाश सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेत्रहिन सदस्यहरुबाट सुमधुर सांगीतिक प्रस्तुतीहरुले कार्यक्रम रोचक बनाएको थियो । नेत्रहिन सदस्यहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको उक्त कार्यक्रममा समितिका…
बिर्तामोड, २८ चैत बिर्तामोड १० खेलकुद समितिले आयोजना गरेको पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको पाचौं दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आथित्यतामा पाचौं दिनको खेल सदभावपुर्ण वातावरणमा सम्पन्न भएको छ । बिहानीपख पानी परेको खेलकुदमा असहज हुने सम्भावना भएता पनि दिउसो पानी रोकिएकोले खेलमा कुनै बधा हुन पुगेको थिएन । नमुना टोलले शुन्यको विरुद्ध ५ गोलले चमरधाप, दक्षिण चमरधाप र इलामेली सयुक्त टोललाई पराजित गरि फाइनल मा प्रबेश गरेको छ। अथितिहरुमा वडा सदस्यहरु पृथ्वी बस्नेत र धनमाया श्रेष्ठ साथै टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको…
बिर्तामोड, २६ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको तेश्रो दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा दुबै टिमको कडा प्रतिस्पर्धा हुदा जर्मनडाँडा, सापडिग्री, उदयरत्न टोल संयुक्तलाई १ को विरुद्ध २ गोल लगाइ चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी भई सेमिफाइनल मा प्रबेश गरेको छ । अथितिहरुमा वडा सदस्य धनमाया श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो । कार्यक्रमको शुभकामना सगै नगद रु.६०००/- दिएर कार्यक्रम आयोजक टिमलाई समाजसेवी किरण सुब्बाले सहयोग गर्नु भएको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा…
बिर्तामोड, २५ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको औपचारिक कार्यक्रमको संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भट्टराई को प्रमुख आथित्यतामा सदभावपुर्ण वारावरण सहित कडा प्रतिस्पर्धाका साथ तेलकानी, हाम्रो तेलकानी, सिद्विबिनायक र कुवापानी टोल को संयुक्त टिमलाई पेनाल्टीमा हराउदै सैनिक बजार र भुपु सैनिक टोल को संयुक्त टिम सेमिफाइनल मा प्रबेश गरेको छ। कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, टोल विकास संस्थाका अध्यक्षहरु साथै नगद रु.५०००/- दिएर कार्यक्रम आयोजक टिमलाई सहयोग गर्नु हुने गंगा राई गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने…
बिर्तामोड, २४ चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते आइतबारको दिन श्री महेन्द्र ज्योति मा.बि. को खेल मैदानमा औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङले राख्नु भएको थियो भने कार्यक्रम पृथ्वी बस्नेत र नरेन तामाङले संचालन गर्नु भएको थियो । विशेष गरि वडा अध्यक्ष दुर्योधन गुरुङको पहलमा…
बिर्तामोड, २४ चैत बिराटपोखरबाट चैत्र २८ गते शुरू गरिने आयोजक मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीले बताउनु भएको छ। सोही ठाउँमा २०७५ सालमा निर्मित मनकामना काली मन्दिरमा बिभिन्न सम्प्रादयका धर्मगुरु लगायतको उपस्थिमा उक्त दिन जडिबुटी ध्यू लगायतका सामाग्रीद्वारा होम होमादी गरेर यज्ञको धुँवाको माध्यमबाट अन्तरिक्षको सफाई अभियान शुरु गरेर देशैभर र संभव भए अन्तराष्ट्रिय स्तरमा समेत तत्पश्चात सो कार्यक्रमको आयोजना गरिने आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि शिवाकोटीद्वारा जानकारी गराइएको हो। आयोजकका तर्फबाट सचिव मिलन आलेले बिराटपोखरमा गरिने यज्ञलाई तीन चरणमा बिभाजन गरिएको बताए। पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान होम होमादी,…