Skip to main content

ओरेन्ज समाचार

गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, २५ माघ

श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औं विर्षिकोत्सव कार्यक्रम माघ २५ गते आइतबारको दिन विद्यालयको प्राङ्गाणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
शिक्षक अभिभाबक संघका अध्यक्ष मुना भट्टराईको सभापतित्व र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनको प्रमुख आथित्यतामा पालिका मै उत्कृष्ट दुइ विद्यार्थीहरु सहित जम्मा छ जनालाई पुरस्कृत गर्दै विभिन्न सांस्कृतिक नृत्य, गायन र झाकीले कार्यक्रमलाई रोचक बनाएको थियो । अथितीहरुमा हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, झापा जिल्ला प्याब्सन सदस्य नितेश खरेल, हल्दिबारी वडा न. १ का वडा अध्यक्ष देवि बहादुर थापा, शिक्षा सहजकर्ता दुर्गा अधिकारी लगायत व्यक्तिहरुको उपस्थिति रहेको औपचारिक कार्यक्रम संचालन विद्यालयका सहायक प्र.अ. इन्द्र दाहाल र विद्यार्थीहरु दिया पौडेल र सौगात रेग्मीले गर्नु भएको थियो भने शिक्षिका मन्दिरा श्रेष्ठले स्वागत मन्तव्री राख्नु भएको थियो ।
विद्यालयका प्र.अ. तुलसा देवि संग्रौलाले विद्यालयले बिगत देखि वर्तमान सम्म तिता मिठा अनुभव गरेर अहिलेको अवस्था सम्म पुग्न सफल भएको मा खुसी व्यक्त गर्नुका साथै विद्यालयलाई विस्वास गरे सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव तथा अभिभावकहरुमा आभार व्यक्त गर्नु भयो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनले सरकारी र निजी विद्यालय दुबैलाई विभिन्न बिषयमा सहकार्य र सहभागिता गराउदै विकासको बाटो तिर सगै लम्कने र विद्यार्थीहरुको हितको लागि पालिका सधै तत्पर रहने कुरा बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...