ओरेन्ज समाचार

७ औं झापा गोल्डकप माघ २४ गते देखि सुरु

Advertisement
झापा, २३ माघ

झापामा सञ्चालन हुँदै आएको प्रतिष्ठित तथा ऐतिहासिक फुटबल प्रतियोगिता झपा गोल्डकपको सातौं संस्करण स्वर्गीय बिनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्डकपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगिता झापा बिर्तामोड–३ स्थित

डोमालाल राजबंशी रंगशालामा सञ्चालन हुनेछ।

फुटबलप्रेमी दर्शक तथा खेलाडीको उत्साहलाई मध्यनजर गर्दै

यस वर्षको झापा गोल्डकपलाई अझ व्यवस्थित,मर्यादित र भव्य रूपमा

सम्पन्न गर्ने तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ।

यस संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजकका रूपमा

एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’

रहेको जानकारी पनि आयोजकले दिएको छ।

🔹 त्यसैगरी,झापा गोल्डकपको मुख्य सह–प्रायोजकमा

अन्तर्राष्ट्रिय झापाली समाज,

क्रिङ्गसबेरी इन्टरटेनमेन्ट,

र मेची आँखा अस्पताल रहेका छन्।

यस वर्ष झापा गोल्डकपको पुरस्कार राशि समेत वृद्धि गरिएको छ।

जसअनुसार—

विजेता टिमले नगद १५ लाख रुपैयाँ,

र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी—

मस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्।

साथै—

सर्वाधिक गोलकर्ता,

उत्कृष्ट गोलकिपर,

र उत्कृष्ट प्रशिक्षकले

क्रमशः नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसका साथै,

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पनि

नगद २५ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा आयोजकका तर्फबाट

झापा ११ फुटबल क्लब सहित—

चर्च ब्वाइज युनाइटेड,

त्रिभुवन आर्मी फुटबल क्लब,

एपीएफ फुटबल क्लब,

नेपाल पुलिस क्लब,

मछिन्द्र फुटबल क्लब,

लाली गुराँस एसोसिएसन नेपाल, पोखरा,

रोयल थिम्पू फुटबल क्लब, भूटान,

सिंग्लिङ स्पोर्टिङ क्लब, भारत,

र एन पेनाङ फुटबल क्लब, मलेसिया

सहभागी रहने जनाइएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू

गोलनेपाल डट कममार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

दर्शकका लागि टिकट दरको सुरुवात १०० रुपैयाँबाट गरिनेछ भने

सेमिफाइनल र फाइनल खेलको टिकट दर पछि निर्धारण गरिने जानकारी पनि दिइएको छ।

प्रतियोगिताको उद्घाटन अवसरमा

डोमालाल राजबंशी रंगशालाका जग्गादाता

स्वर्गीय डोमालाल राजबंशीको अर्धकदको प्रतिमा

अस्थायी रूपमा अनावरण गरिने

र उहाँको परिवारलाई

नगद १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

🔹 यसैगरी,लक्की ड्र मार्फत दर्शकलाई प्रदान गरिने पुरस्कारहरू यस प्रकार छन्—

हिम इलेक्ट्रोनिक्स  महेन्द्र रत्न स्टोर्स, बिर्तामोडले

भाग्यशाली टिकटधारीलाई १ थान ३२ इन्ची एलईडी टिभी प्रदान गर्नेछन्।

मोबाइल ग्यालरीले भाग्यशाली टिकटधारीलाई २ थान एयर–वार्ड प्रदान गर्नेछन्।

आयोजकको तर्फबाट १ थान यामाहा स्कूटर लक्की ड्र मार्फत प्रदान गरिनेछ।

🔹 केल्मी बिर्तामोडको तर्फबाट रेफ्रीलाई जर्सी र केही फुटबल प्रदान गरिने जानकारी पनि दिइएको छ।

🔹 आजै पत्रकार सम्मेलनमा झापा गोल्डकपको ट्रफी पनि सार्बजनिक गरिएको थियो। र बिर्द्याथीले डेमो झण्डा पर्दशन गरेका थिए।

यस वर्ष झापा गोल्डकपको

कुल खर्च करिब १ करोड ५० लाख रुपैयाँ रहने आयोजकको अनुमान छ

र प्रतियोगितालाई

प्रत्यक्ष तथा प्रसारणमार्फत लाखौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

आयोजकका तर्फबाट

झापा गोल्डकपका अध्यक्ष केदार गिरी,

वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल,

र महासचिव बुद्धभूषण योञ्जनले

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

यसैबीच आयोजित पत्रकार सम्मेलनमा उपस्थित

अग्रज व्यक्तित्व तथा खेलप्रेमीहरूले

झापा गोल्डकप सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए।

अन्त्यमा,झापा गोल्डकपलाई सफल बनाउन

प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने

सम्पूर्ण व्यक्ति, संघ–संस्था, प्रायोजक, पत्रकार

र खेलप्रेमीप्रति

आयोजक समिति हार्दिक धन्यवाद व्यक्त आयोजकको तर्फबाट अग्रिम रूपमा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...
लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

झापा, चैत २१ लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ । सिवसताक्षी नगरप...