ओरेन्ज समाचार

नेपाल तामाङ घेदुङ भद्रपुरको सोनाम ल्होछार कार्यक्रम सम्पन्न ।

Advertisement

भद्रपुर, २४ माघ

२८६२ औँ सोनाम ल्होसार (ताल्बो वर्ष) “नेपाल राष्ट्रको सान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ भद्रपुरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिको आयोजनामा तथा श्री पदम दोयलिङ गुम्बा, श्री टासी छोयलिङ गुम्बा र श्री दे छोयलिङ गुम्बा १, २ र ३ इकाइको सह–आयोजनामा भद्रपुर–१० स्थित १७ बिघेमा रहेको श्री दे छोयलिङ गुम्बा प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिका अध्यक्ष बसन्त कुमार मोक्तानको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि पोखरेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।उद्घाटन समारोहमा जेष्ठ नागरिक सम्मान गरिएको थियो भने कार्यक्रममा सहभागिता जनाउने कलाकारहरूलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। बिहानको सत्रमा उपस्थित श्रद्धालुहरूले गुम्बा परिसरमा पूजा–अर्चना गरेका थिए। सो अवसरमा धूप, फूल र प्रसाद अर्पण गरिएको थियो।
कार्यक्रममा कल्पना तामाङ, कोपिला तामाङ, शान्ती तामाङ र दिन्छेन तामाङको टोलीले संयुक्त रूपमा ‘सार सेरगेप’ प्रस्तुति दिएका थिए। त्यसैगरी स्थानीय कलाकारहरू सुहाना तामाङ, किरण तामाङ, विशाखा तामाङ, ममता तामाङ, उषा वाईवा, निमा घिसिङ, कुसुम घिसिङ, सञ्जिता गुरुङ, नेन्सी बल तामाङ, चाहत तामाङ, प्रमिला तामाङ, सरु तामाङ, सुशिल मगर र सुमित तामाङ लगायतले आकर्षक नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए।
कार्यक्रममा मेघासफ्ट कम्प्युटर भद्रपुरका प्रोप्राइटर विकास तामाङले तामाङ समुदायका प्रशिक्षार्थीहरूलाई कम्प्युटर कोर्स तथा विदेशी भाषा प्रशिक्षणमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने भद्रपुर–९ का सौगात पाख्रिन, भद्रपुर–४ की आयुष्का स्याङ्बो, भद्रपुर–६ का सौर्य घिसिङ र भद्रपुर–२ की सिम्रन डुम्जनलाई मायाको चिनो प्रदान गरिएको थियो। उनीहरूलाई आयोजकको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रम स्थलमा तामाङ जातिको भेषभूषा तथा दैनिक प्रयोगमा आउने सामग्रीहरूको स्टलसमेत राखिएको थियो। साथै जेष्ठ सदस्यहरू भद्रपुर–२ का पासाङ लामा, भद्रपुर–३ का पूर्णबहादुर मोक्तान र भद्रपुर–८ का निङसाङ लम्हु तितुङलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। उपस्थित अतिथिहरूलाई भोजन प्रसाद वितरण गरिएको थियो।
कार्यक्रममा नेपाल तामाङ धेदुङ संघीय कार्य समिति तथा झापा जिल्ला इन्चार्ज देवराज ग्यावक, नेपाल तामाङ धेदुङ १ नं प्रदेश कार्य समिति मुख्य सचिव तिलक पाख्रिन, नेपाल तामाङ धेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष जगत बहादुर तामाङ, आदिवासी जनजाति महासंघ भद्रपुरका अध्यक्ष सम्शेर मोक्तान, नेपाल तामाङ धेदुङ जिल्ला कार्य समिति पूर्व अध्यक्ष काजीमान घिसिङ, टासी छोयलिङ गुम्बा पूर्व अध्यक्ष निमक गोले, विशालपुर सामुदायिक वन अध्यक्ष नकल सिंह तामाङ, आदिवासी समाजका अध्यक्ष समनसिंह राजबंशी तथा झापा उद्योग वाणिज्य संघ भद्रपुरका कार्यबाहक अध्यक्ष राजकुमार राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले सबै जाति समुदायलाई अवसर, सहयोग र उचित परामर्श आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि मेयर पोखरेलले नगरपालिकाको तर्फबाट समितिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले पनि सोही अवधारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष बसन्त कुमार मोक्तानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा सामूहिक नृत्य समेत समावेश गरिएको थियो। कार्यक्रमको स्वागत कोषाध्यक्ष पार्वती लामाले गर्नुभएको थियो भने सञ्चालन सचिव तथा श्री छोयलिङ गुम्बाका अध्यक्ष राकेश लो तामाङ र प्रमिला तामाङले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...
लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

झापा, चैत २१ लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ । सिवसताक्षी नगरप...