बिर्तामोड, ५ भदौ बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित सिद्धार्थ शिक्षा सदन बोर्डिङ स्कुलमा रक्त समूह र युरिन परीक्षणका साथै जङ्ग फुटबारे सचेतना कार्यक्रम सम्न्न भएको छ । विद्यालयका प्रीन्सिपल मौसम मैनालीको सभापतित्वमा संचालन भएको रगत परिक्षणको एक औपचारिक कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक मन्दिर शाहि, मन्जु मेमोरियल हेल्थ अवेरनेस सेन्टरका प्राविधिक सुरज शर्मा, विद्यालय संचालक कल्पना शाहि लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । विद्यालयका विद्यार्थी र शिक्षक शिक्षिकाहरुको रगत परिक्षण गर्दा मानिसमा बिरलै पाइने ए नेगेटिभ रगत शिक्षिका गंगा सिटौलाको रगतमा पाइएको छ । स्वास्थ प्राविधिक सुरज शर्माले जङ्ग फुड खादा शरिरमा पर्ने असर र त्यसबाट बच्ने उपाय बारेमा विद्यार्थीहरुलाई…
झापा, २५ साउन इलाम-झापा मैत्री समाजको रक्तदान शिविर तथा श्रावणी पर्व सेवा समापन कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक वर्ष साउन महिनाको सोमबार पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वर धाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरूको सुविधालाई मध्यनजर गरेर करिब आठ वर्षदेखि साउन महिनाको प्रत्येक सोमबारको दिन इलाम झापा मैत्री समाजले सातु, पानी र सर्बत वितरण गर्दै आएको छ । रक्तदान जीवनदान भने झैँ यसपालि चाहिँ इलाम झापा मैत्री समाजले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । अर्जुनधारा जलेश्वरधाम दर्शन गर्न आउने ३२ जना श्रद्धालु भक्तजनहरुले रक्तदान गरका छ्न । नेपाल रेड क्रस सोसाइटी झापा जिल्ला शाखा भद्रपुरबाट ५ जना…
बिर्तामोड, २४ साउन बिर्तामोड-१० मा सिलाइ कटिङ तालिमको प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न। बिर्तामोड नगरपालिका वडा नं १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र जानुका सिलाइ कटिङ टेलर्स ट्रेनिङ सेन्टरका संचालक भिमा श्रेष्ठको सभापतित्वमा सिलाई कटिङका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको हो। अथितिहरुमा देवराज बराल, धनमाया श्रेष्ठ, अनुत सुब्बा, भोला पाण्डे, कविता घले लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य मनु मुखियाले राख्नु भएको थियो भने औपचारिक कार्यक्रम संचालन जानुका श्रेष्ठले गर्नु भएको थियो । सिलाइ कटिङ तालिम लिएर दक्ष बन्न चाहने दिदि बहिनीहरुले साउन ३० गते अगाडि आउने हरुको लागि बिशेष छुट रहेको सिलाई…
बिर्तमोड, २४ साउन ३२ औँ विश्व आदिवासी दिवस बिर्तामोडमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष अगस्ट ९ तारिखको दिन मनाइने विश्व आदिवासी दिवस झापा जिल्लाको बिर्तामोडमा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति बिर्तामोडको आयोजनामा साउन २४ गते जातिय संस्कार, संस्कृति, भेष भुषा सहितको उल्लेखनिय उपस्थितिमा बिर्तामोड नगर परिक्रमा गरि सिटि सेन्टरमा एक औपचारिक कार्यक्रमको साथमा सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् विर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्वमा सञ्चालन भएको औपचारिक कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय…
बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्ययनरत विषम लिम्बु रहेका छन्। आज दिउँसो करिब १:३० बजे दाजुभाइ मिलेर निगुरो खोज्ने क्रममा घटना घटेको र मृतकको दाजुलाई घटना भएको थाहा नभएको र पैनीमा नुहाउन गएका अन्य बालबालिकाले बालक डुबिरहेको अवस्थामा देखे पछि जानकारी गराएको स्थानीयले बताएका छन्। घटनापछि टिमाई शिविर (बेस क्याम्प)बाट खटिएका नायब निरीक्षक सुरेन्द्र ठाकुर टोलि सहित, मंगलबारे अस्थायी प्रहरी चौकीका इन्चार्ज गजेन्द्र कट्टुवालको टोली तथा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायब निरीक्षक नकुलराज गौतमको उपस्थितिमा मृत्यु बालकको मृत शरिर पोष्ट मार्टमको लागि…
बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव अधिकार वकिल समुह (लाहुरपिन) का केन्द्रिय सचिव भिम राईको प्रमुख आथित्यतामा आदिवासी जनजातिहरुका अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम साउन १४ गते बिहिबार बिर्तामोड-५ को किराँत भवनमा सम्पन्न भएको हो । अथितिहरुमा प्रेम घिसिङ, कृष्ण उदास, बिरेन मेचे, रत्नकुमार श्रेष्ठ साथै जातिय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको औपचारिक कार्यक्रम संचालन समितिका सचिव लिला बहादुर गुरुङ र सन्तोष बेघाले गर्नु भएको थियो । जातिय संस्थाहरुबाट उल्लेखनिय उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाति सग जोडिएका अधिकार राज्य र सरकार समक्ष कसरी प्रस्तुत गर्ने र…
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा यहि मिति २०८३ साल साउन २४ गते विश्व आदिवासी दिवस जातिय भेषभुषा सहित उपस्थित भइ बिर्तामोडमा हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा साउन ९ गते बसेको औपचारिक बैठकमा बिर्तामोड ५ का पूर्व वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाल आदिवासी जनजाति महासङ्घ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ, जातीय संस्थाका अध्यक्षहरू लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उपस्थितिमा धार्मिक तथा पर्यटकीय स्थल विरटपोखरीमा श्रमदान पश्चात् विभिन्न दाताहरूले प्रदान गरिएको श्रम संस्कृति पार्टीको टिसर्ट वितरण गरिएको थियो। श्रम संस्कृति पार्टी बिर्तामोडका अध्यक्ष सुवास मोक्तानको संयोजकत्वमा सञ्चालन कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवा, जिल्ला अध्यक्ष केशव भण्डारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। बर्खा यामको समयमा बढेको झारपातले विरटपोखरीको सौन्दर्यतालाई असर गर्ने र पर्यटकहरूको आकर्षणमा कमी ल्याउने भएकाले स्थानीय धार्मिक पर्यटकीय स्थललाई सफा स्वच्छ र हराभरा बनाउन स्थानीयहरूको पहिलो भूमिका हुने भएकाले सरसफाई र फूलबारी गोडमेल गरेको आयोजक समितिका…
बिर्तामोड, २८ असार गितकार शिव शकर थापाको प्रमुख आथित्यता र आदिवासी जनजाती नेत्रहिन संघ झापाका अध्यक्ष भोजराज तामाङको सभपतित्वमा संस्थाको चौथो अधिवेशन पश्चात कार्य समितिको पत्रकारहरु सग साक्षातकार कार्यक्रम बिर्तामोडको अतिथी सदनको सभा हलमा साम्पन्न भएको हो । अथितिहरुमा सुमित्रा वाङ्देल, एकराज गिरी, कृष्ण थेबे लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने झापाली पत्रकारहरु सगको भेटघाट कार्यक्रममा चौथो अदिवेशन पश्चपश्चत नवनिर्वाचित सदस्यहरुलाई प्रमाण बितरण गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती शिव शंकर थापाले संस्थाको स्थापना देखि सम्म भोग्नु परेका तिता मिठा अनुभवहरु व्यक्त गर्नु भएको थियो भने समितिका अध्यक्ष भोजराज तामाङले आदिवासी जनजाती नेत्रहिनहरुले भोग्नु परेको दु:ख र राज्यले उचित…