बिर्तामोड, २४ असोज
स्व. बुबा बिर्ख बहादुर घरे तथा स्व. आमा बिष्णु माया घलेको सम्झनामा अमेरिका बस्ने छोराहरु चन्द्र बहादुर घले र सन्तोष घले, बुहारीहरु ललिता घले र अनुशा घले, छोरीहरु भागीमाया घले, हेम कुमारी घले, अम्बिका घले, पम्फा घले, देबि घलेले सयुक्त रुपमा बिर्तामोड-७ अवस्थित सहिद नेत्र पार्क नजिकै आफैले निर्माण गरेको चौताराबाट सयुक्तरुपमा ६० विपन्न परिवारलाई खाद्यान्नका सामाग्रीहरु र १ हजार रुपैयाको दरले बितरण गरिएको थियो ।
बिर्तामोड नगरपालिका वडा न. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद खरेलको प्रमुख आथित्यता र कार्यक्रम संयोजक भगिमाया लिम्बुको सभापतित्व र सुन्दार निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद लिम्बुको उपस्थितिमा आउदै गरेको बडा दशै तथा शुभदिपावलीको अवसर पारेर करिब ६० विपन्न वर्गका प्रत्येक परिवारलाई १ बोरा चामल सगै खाद्यान्नका सामाग्रीहरु तेल, दाल र १ हजार रुपैया बितरण गरिएको थियो भने सम्पुर्ण कामको सहजिकरण सरिता लिम्बुले गर्नु भएको र औपचारिक कार्यक्रम संचालन सरोज न्यौपानेले गर्नु भएको थियो ।



