बिर्तामोड, ३० चैत नव वर्षको उपलक्ष्यमा नेत्रहीन संघको कम्प्युटर तालिम उद्घाटन र जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती कार्यक्रम सप्पन्न झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा नव वर्ष २०८२ को अवसरमा आधारभुत कम्प्युटर तालिम उद्घाटन, जङ्गबहादुर बोगटीको १८६ औं जन्मजयन्ती, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड ३ का वडा सचिव भिम अधिकारी, समाजसेवी खिल प्र. सिवाकोटी, सल्लाहकार प्रेम प्रकाश सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेत्रहिन सदस्यहरुबाट सुमधुर सांगीतिक प्रस्तुतीहरुले कार्यक्रम रोचक बनाएको थियो । नेत्रहिन सदस्यहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको उक्त कार्यक्रममा समितिका…
बिर्तामोड, २८ चैत बिर्तामोड १० खेलकुद समितिले आयोजना गरेको पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको पाचौं दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आथित्यतामा पाचौं दिनको खेल सदभावपुर्ण वातावरणमा सम्पन्न भएको छ । बिहानीपख पानी परेको खेलकुदमा असहज हुने सम्भावना भएता पनि दिउसो पानी रोकिएकोले खेलमा कुनै बधा हुन पुगेको थिएन । नमुना टोलले शुन्यको विरुद्ध ५ गोलले चमरधाप, दक्षिण चमरधाप र इलामेली सयुक्त टोललाई पराजित गरि फाइनल मा प्रबेश गरेको छ। अथितिहरुमा वडा सदस्यहरु पृथ्वी बस्नेत र धनमाया श्रेष्ठ साथै टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको…
बिर्तामोड, २६ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको तेश्रो दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा दुबै टिमको कडा प्रतिस्पर्धा हुदा जर्मनडाँडा, सापडिग्री, उदयरत्न टोल संयुक्तलाई १ को विरुद्ध २ गोल लगाइ चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी भई सेमिफाइनल मा प्रबेश गरेको छ । अथितिहरुमा वडा सदस्य धनमाया श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो । कार्यक्रमको शुभकामना सगै नगद रु.६०००/- दिएर कार्यक्रम आयोजक टिमलाई समाजसेवी किरण सुब्बाले सहयोग गर्नु भएको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा…
बिर्तामोड, २५ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको औपचारिक कार्यक्रमको संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भट्टराई को प्रमुख आथित्यतामा सदभावपुर्ण वारावरण सहित कडा प्रतिस्पर्धाका साथ तेलकानी, हाम्रो तेलकानी, सिद्विबिनायक र कुवापानी टोल को संयुक्त टिमलाई पेनाल्टीमा हराउदै सैनिक बजार र भुपु सैनिक टोल को संयुक्त टिम सेमिफाइनल मा प्रबेश गरेको छ। कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, टोल विकास संस्थाका अध्यक्षहरु साथै नगद रु.५०००/- दिएर कार्यक्रम आयोजक टिमलाई सहयोग गर्नु हुने गंगा राई गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने…
बिर्तामोड, २४ चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते आइतबारको दिन श्री महेन्द्र ज्योति मा.बि. को खेल मैदानमा औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङले राख्नु भएको थियो भने कार्यक्रम पृथ्वी बस्नेत र नरेन तामाङले संचालन गर्नु भएको थियो । विशेष गरि वडा अध्यक्ष दुर्योधन गुरुङको पहलमा…
बिर्तामोड, २४ चैत बिराटपोखरबाट चैत्र २८ गते शुरू गरिने आयोजक मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीले बताउनु भएको छ। सोही ठाउँमा २०७५ सालमा निर्मित मनकामना काली मन्दिरमा बिभिन्न सम्प्रादयका धर्मगुरु लगायतको उपस्थिमा उक्त दिन जडिबुटी ध्यू लगायतका सामाग्रीद्वारा होम होमादी गरेर यज्ञको धुँवाको माध्यमबाट अन्तरिक्षको सफाई अभियान शुरु गरेर देशैभर र संभव भए अन्तराष्ट्रिय स्तरमा समेत तत्पश्चात सो कार्यक्रमको आयोजना गरिने आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि शिवाकोटीद्वारा जानकारी गराइएको हो। आयोजकका तर्फबाट सचिव मिलन आलेले बिराटपोखरमा गरिने यज्ञलाई तीन चरणमा बिभाजन गरिएको बताए। पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान होम होमादी,…
बिर्तामोड, २३ चैत नारी संकल्प झापाका अध्यक्ष तुलसा मैनालीको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम बिर्तामोडको मनोकामना क्याम्पसको प्राङ्गणमा सप्पन्न भएको छ । शिक्षक तथा प्रशिक्षक लता खरेलले समाजमा हुने पुरुष हिंसा, तेस्रोलिङ्गी हिंसा, महिला हिंसा लगायतका लैङ्गिक हिंसाहरुको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिनु भयो । अथितिहरु मनोकामना सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, बिर्तामोड नगर अधिकृत एघराज बास्तोला, टोल अध्यक्ष भक्त बहदुर कार्की लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष तिलरुपा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव आशा बानिया उप्रेतिले गर्नु…
हल्दिबारी, २२ चैत प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता २०८१ को आज उद्घाटनको पहिलो दिन कोचाटोली टोल गोलधाप-९ र राम जानकी टोल गोलधाप-५ बिचको कडा प्रतिस्पर्धामा एकको विरुद्ध दुई गोल लगाएर राम जानकी टोल बिजयी भएको छ । फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष संजोक राईको सभापतित्व र संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको औपचरिक उद्घाटन कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष त्रिलोचन मैनाली, भुपाल सिवाकोटी, भिम चाम्लागाई, गिता राई, सरिता न्यौपाने लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोड, २२ चैत बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभापतित्वमा श्री महेन्द्र ज्योती मा. बि.को प्रङ्गणमा चैत २२ गते शुक्रबारको दिन अभिभावक भेला सम्पन्न भएको छ । प्र. अ. जयकुमार झा र सह प्र. अ. भवानी सिवाकोटीले प्र. अ. जयकुमार झाले कार्यक्रमको औचित्य माथी प्रकास पर्दै विद्यालयको विकासको लागि शिक्षक, व्यवस्थापन समिती सगै अभिभावकहरुले पनि सहयोग आर्थिक र भौतिक रुपमा सहयोग गर्नु पर्ने कुरो बताउनु भयो । लेखा परिक्षक चुडामणि चिमरियाले आर्थिक रुपमा विद्यालय असहज परिस्थितिमा रहेको जानकारी दिनु भयो । सह प्र. अ. स्वरसती खतिवडाले स्वागत मन्तव्य राख्नु भएको…
बिर्तामोड, २१ चैत बिर्तामोड नगरपालिका वडा न. १० शिवालय साइराम चोक अवस्थित जीवन थपलियाको घरमा मा चैत २१ गते बेलुका ७:३० बजे तिर घरमा लगाएको ताल्चा फोरी सुन अडायी तोला, चादी दस तोला, नगद तीस हजार, झर्के थाल २० वटा गरि जम्मा करिब ४ लाख जति चोरी भएको घर धनी जीवन थपलियाका दाई प्रकाश थपलियाले जानकारी दिनु भयो ।