Skip to main content

ओरेन्ज समाचार

नमो बौद्ध गुम्बाको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

Advertisement
बिर्तामोड, २९ बैशाख

बिर्तामोड-४ स्थित नमोःबौद्ध गुम्बाको आयोजनामा २५६९औं बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा गुम्बा परिसरमा थप जग्गा खरिदका लागि सुरु गरिएको सहयोग अभियानलाई अझ तीव्र पारिने आयोजक समितिले जानकारी दिएको छ।

अभियान अन्तर्गत हालसम्म भूमिदान स्वरूप पचास हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक रूपमा वाचन गरिएको थियो। करिब पन्ध्र दिनअघि सुरु भएको यो अभियानलाई चार चरणमा अगाडि बढाइने बताइएको छ। गुम्बाका लागि आवश्यक डेढ कठ्ठा जग्गा खरिद गर्न करिब ८० लाख रुपैयाँ आवश्यक पर्ने र सबैमा सहयोगको आह्वान गरिएको गुम्बा समितिका महासचिव गणेश तामाङले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाईंले धार्मिक सम्पदाहरू पर्यटक आकर्षणको केन्द्र हुने भएकाले पूर्वाधार विकासमा स्थानीय तहबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाइन्।

अध्यक्ष हस्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा गुम्बा परिसरबाट शान्तिपूर्ण ‘शान्ति पथ र्‍याली’ निकालिएको थियो, जसले बिर्तामोड नगरको परिक्रमा गर्‍यो। कार्यक्रममा गुम्बाका पूजारी रिन्छेन तामाङबाट पूजा–आजा, १०८ दिप प्रज्वलन तथा प्रसाद वितरण गरिएको थियो।

उक्त अवसरमा बिर्तामोड -४ का वडाध्यक्ष राहुल शर्मा, नेपाल तामाङ घेदुङ नगर अध्यक्ष विजय गोले, नेकपा एमाले नगर अध्यक्ष सुभाष भट्टराई, गुम्बा प्रतिनिधिहरू, स्थानीय अगुवा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा खुशी तामाङले स्वागत नृत्य प्रस्तुत गरिन् भने काबेली इंगलिस स्कूल बिर्तामोड-५ का प्रिन्सिपल जेम्स खतिवडाले गुम्बा समितिको सिफारिसमा नगरका दुई जेहेन्दार तामाङ छात्र–छात्रालाई छात्रवृत्तिको माध्यमबाट निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरे।

कार्यक्रममा गुम्बा समितिका सल्लाहकार संयोजक प्रेमराज घिसिङ, प्रदेश मुख्य सचिव तिलक पाख्रिन, भूमिदान अभियान संयोजक गोविन्द गोम्बालगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको स्वागत मन्तव्य समितिका तर्फबाट समीक्षा तामाङले र सञ्चालन महासचिव गणेश तामाङले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...