Skip to main content

ओरेन्ज समाचार

कोलाटोली खानेपानी बारे पत्रकार सम्मेलन ।

Advertisement

बिर्तामोड, ३ जेठ

 बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्।

शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले व्यक्तिको नाममा रहेको जग्गामा राज्यको लगानी दुरुपयोग भएको बताए। पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई थियो। अव उप्रान्त सुशासन नभए उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने चेतावनी समेत उनले दिए।

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले स–साना योजनामा कडाई भए पनि लाखौं रुपैयाँ व्यक्तिको जग्गामा खर्च भैसक्दा पनि कसरी छूट दिइएको हो भन्ने प्रश्न उठाए। उनले कोलाटोली खानेपानी संस्थाको कार्य विधिसम्मत बनाउन पनि माग गरे।

राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतमले यसअघि नै पालिकामा ज्ञापनपत्र बुझाउँदा कोलाटोली खानेपानीको बिषय उठाएको स्मरण गर्दै, अन्य दलहरूले समेत यसमा आज समर्थन जनाएकोमा धन्यवाद व्यक्त गरे। पालिकाले दलनिकट व्यक्तिहरूलाई समितिमा राखेर पारदर्शिताविना बजेट निकासा गरेको गुनासो गर्दै उनले सबै वडामा बेतिथि बिरुद्ध खबरदारी गर्न दलहरूलाई आग्रह गरे।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले तत्काल संस्थाको नाममा जग्गा नामसारी गर्न र हालसम्मको हिसाब सार्वजनिक गर्न माग गरे। अन्यथा अख्तियारमा जाने चेतावनी समेत दिइयो।

करीब १६ वर्षअघि ३ कठ्ठा जग्गामा सुरु भएको आयोजनामा पानीको ट्याङ्की, दुई प्रशासनिक भवन र कम्पाउन्ड वाल निर्माण भइसकेको भए पनि जीर्ण बन्दै गएको छ। कतिपय भौतिक संरचना काम नलाग्ने भएको जिकिर गरे। केवल १ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ भने अन्य पाइपहरू अव्यवस्थित अवस्थामा छन्।

पत्रकार सम्मेलनमा कांग्रेस तरुण दलका केन्द्रिय सदस्य सजेश शिवाकोटी, माओवादी केन्द्र वडा अध्यक्ष केशव उप्रेती, बिर्तामोड सचिव जगनाथ भट्टराई, राप्रपाका बिर्तामोड -९ वडा समिति अध्यक्ष वसन्त खड्का, समाजसेवी धर्म लक्सम्बा लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...