चलचित्र "सारंग" झापाका विभिन्न सिनेमा हलहरुमा भव्यताका साथ प्रदर्शन भइरहेको छ । माघ २६ गते शनिबारको दिन बिर्तामोडको क्यु एफ एक्स सिनेमा हलमा दर्शकहरुको उपस्थिति हाउसफुल रहेको थियो । बाल-मनोबिज्ञानमा आधारित चलचित्र "सारंग" को अर्थ हुन्छ मीठो राग वा धुन हुन्छ र चलचित्रमा कथावस्तु द्वारा सुन्दर तरिकाले यस्को चित्रण गरिएको छ । सम्पूर्ण बालबालिका तथा अभिभावकप्रति समर्पित वर्तमान परिस्थितिमा बिवाह पश्चात श्रीमान -श्रीमतीमा आउने अप्ठ्याराहरुलाई छोराछोरीका माध्यमद्वारा पुलको काम गरेको सुन्दर पक्ष पस्किएको छ । चलचित्रका कथा तथा निर्देशक प्रशान्त तामाङले बाल मनोबैज्ञानिक मस्तिष्कलाई सूक्ष्म अध्यन गरि सुन्दर तरिकाले चित्रण गरिएको छ । निर्मातामा प्रेम तामाङ तथा फूलमाया तामाङ,सम्पादक मित्रदेब…
बिर्तामोड नगर पालिका वडा नम्बर १०मा रहेको मिर्मीरे कृषक समूह को दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भयको छ।समूह को अध्यक्ष डेकमान लोक्ताम लिम्बु को अध्यक्षता र समाजसेवी तथा राजनीतिक ब्यक्ती रिमानध्वज लोक्ताम को प्रमुख अतिथि मा भएको कार्यक्रम मा समूह को अध्यक्ष डेकमान लोक्ताम लिम्बुवान समूह को प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो भने समूह को कोषाध्यक्ष सविना राई ले समूह को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो हाल सम्म १०७ सदस्य रहेको समूह ले रू ४७१७९७ नाफा कमाउन सफल भएको छ। साधारण सभामा उत्कृष्ट ऋणी तर्फ सन्चमती राई प्रवीण राई नियमित बचत तर्फ भिम ढकाल, सोम बहादुर राई, सृजना…
बिर्तामोड, २२ माघ मनकामना काली कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिराटपोखर महिला समूह अध्यक्ष,बिराटपोखर टोलबिकाश संस्था अध्यक्ष तथा नवदुर्गा कृतन मण्डली अध्यक्ष कृष्णा कुमारी प्रसाईले गरिन्। उक्त अवसरमा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अध्यक्ष घुर्ब प्रसाद शिवाकोटी,बिष्णु भगवती अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सपल पूण्य प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको हो। अधिबेशनले डिल्लीराम पाठकको संयोजकत्वमा तेरह सदस्यीय कृतन मण्डलीको कार्यसमिति चयन गरेको निर्बाचन मण्डलीका संयोजक पुण्य प्रसाद उप्रेतीले जानकारी गराए। जसको सह संयोजकमा गोमा ढुंगाना संग्रौला,सचिवमा मिलन आले, सहसचिवमा दिपक संग्रौला, कोषाध्यक्षमा भूपेन्द्र बाँस्कोटा, सहकोषाध्यक्षमा टिका भट्टराई…
बिर्तामोड, १७ माघ नेपाल तामाङ घेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व र कोशी प्रदेश खानेपानी तथा जलश्रोत मन्त्री एघराज कार्कीको प्रमुख आथित्यतामा सोनाम लोछ्छार (लोसार) कार्यक्रम २८६१ भव्यताका साथ सम्पन्न भएको छ । अथितिहरु पदम बहादुर तामाङ, सुवास भटराई, मेघराज वास्तोला, प्रेम घिसिङ लगायत व्यक्तिहरु उपस्थिति रहेको उक्त कार्यक्रम, समितिका सचिव गणेश तामाङले संचालन गर्नु भएको थियो । बिहानको समयमा धार्मिक पुजा र दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम सगै विभिन्न सांस्कृतिक कार्यक्रम रमझमले लोछ्छार रोचक बनाएको थियो।
बिर्तामोड, १५ माघ विद्यालयका अध्यक्ष तोप प्रसाद ओलिको सभापतित्व र कोशी प्रदेश का संसद छवि चुडालको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा, शिक्षा शाखा उपसचिव तिलचन भण्डारी लगायत व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा विद्यालयको नयाँ भवनको सिल्यान्यास संसद छवि चुडाल र नगरप्रमुख पबित्रा महतराले सयुक्त रुपमा गर्नु भएको थियो भने विद्यालयलाई योगदान दिनु हुने अबिचन्द्र आचार्य, तिलादेवी आचर्य, गुरुभक्त न्यौपाने, भद्रमाया सिवाकोटी, मायादेवी उप्रेती, मिना कुमारी ढुङ्गाना, महेश्वर ओलि, चन्द्रमान राई लगायत सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुको आकर्षक सांस्कृतिक नृत्यहरु सगै शिक्षकहरुको रोचक प्रस्तुती रहेको वार्षिकोत्सबमा स्वागत मन्तव्य तिलचन भण्डारीले राख्नु भएको थियो…
बिर्तामोड नगरपालिका वडा न. १० पत्थरभिट्टामा केशव सुबेदीको परालको कुनिउमा आगलागी भएको छ । एक बिघा खेतबाट उदपादन भएको पराल जलेर नष्ट भएको छ । पुस २८ गते आइतबार राती करिब ८ बजे तिर लागेको आगलागिबाट कुनै पनि मानविय र पशु चौपायको क्षती नभएको केशव सुबेदीले जानकारी दिनु भयो। स्थानीयको सहयोग र समय मै दमकल आएकोले आगो निभाउन सम्भव भएको हो ।
दृष्टिबिहिनका ब्रेल लिपिका अबिष्कारक लुइस ब्रेलको दुइसय सोरहौं जन्म जयन्ती तथा सातौं ब्रेल लिपि दिवसको अवसर पारेर झापा नेत्रहिन संघको आयोजनामा झापाको बिर्तामोड-३ स्थित कार्यलय परिसरमा बिभिन्न प्रतियोगितात्मक खेलको आयोजना गरि बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै आज उक्त जन्म जयन्ती तथा ब्रेल दिवस मनाईएको छ। सो कार्यक्रममा संघका सदस्य लगायत बिभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको हो। संघका अध्यक्ष होमनाथ राजबशीको अध्यक्षता तथा बिर्तामोड-३ का जनप्रतिनिधि हरि बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हण्डी फुटाई,म्यूजिकल चियर,ब्रेल लेखन प्रतियोगिता र छेलो हान्ने प्रतियोगितात्मक खेलको आयोजना गरिएको हो। जसमा म्यूजिकल चियर तर्फ सहभागी सदस्यहरु कल्पना बाँस्तोला,भिमकुमारी राई,दिखुनी शहनी,शुशिला दाहाल,पवित्रा तामाङ्ग,शुष्मा ढुङ्गेल,शुष्मा राजबंशी, भिमा केरुङ्ग,कौशिल्या देबी गुरुङ्ग…
Orange News Excavator देउराली साकोसले आगामी दिनमा बिग्रिएको छबिलाई सुर्धाने - December 30, 2024 १५ पौष,झापा देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला…
बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यता र तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद अध्यक्ष कुमार गुरुङको सभापतित्वमा बिर्तामोड वडा १० मा अवस्थित बौद्ध चक्र गुम्बाको प्रङ्गणमा तमु लोसार बिहान पुजा र दिउसो विभिन्न सांस्कृतिक प्रस्तुती र खेलकुद प्रतियोगिताको साथमा सव्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड वडा ३ का अध्यक्ष वडा मदन बुढाथोकी, बिर्तामोड वडा ५ का वडा अध्यक्ष रोहित प्रसाईं, बिर्तामोड वडा ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वा, समाजसेवी जलकुमार गुरुङ, समाजसेवी आनन्द गुरुङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रम संचालन सचिव लिला बहादुर गुरुङले…
देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-१ को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिर्तामोड स्थित अतिथि सदन शनि मन्दिर छेउ मारवाडी सेवा सदनको सभा हलमा आज उक्त साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश चन्द्र बरालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्ण मिश्रको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट बार्षिक प्रगति बिबरण सहितको लेखा प्रतिबेदन अध्यक्ष प्रकाश चन्द्र बरालले प्रश्तुत गर्दै संस्था यो बर्ष प्रतिकुल कारणले घाटामा गएको प्रतिबेदन प्रश्तुत गरे भने कर्जा लगानी समयमा नउठ्नु, कर्जा तिर्नु पर्दैन भन्ने हल्ला फिजाईनु,संस्थालाई एक अर्को संस्थाले मर्जको प्रश्ताव ल्याउनु र सो संस्थासंग मर्जको सहकार्य…