Skip to main content

ओरेन्ज समाचार

युमा मुक्कुमलुङ – देशु वनेम

Advertisement

युमा मुक्कुमलु

मेरो बोजू
मेरो युमा
आज रोइरहेकी छिन्
फिरङ्गीहरु आएर
सेतै फुलेको केश जगल्टाइरहेका छन्
शिरको शिरफूल
कानको चेप्टेसुन,नाकको ढुङ्ग्री,बुलाकी
गलाको कन्ठहार र रेजीको हार
लुट्न राल काढिरहेका छन्
अहिलेसम्म त बुढेसकालको लौराले
सकिनसकी आत्मरक्षा गरिरहेकी छिन्
तर फिरङ्गीहरु लपलपइरहेको जिब्रो
र हिंस्रक दाह्रा र नङ्ग्राले कोपर्न लुछ्न
साम,दाम,दण्ड र भेद उपयोग गरेर
आइरहेका छन् ।

“ए मेरा सन्तानहरू हो
मलाई बचाओ बचाओ!!!”
भन्दै गुहार मागिरहेकी छिन्
केही सन्तानहरु फिरङ्गीको जालमा फँसेर
विवेकसुन्य बनेका छन्
केही सन्तानहरु आफ्नी बोजूलाई बचाउन आउँदै छन्
तर आफ्नै विवेकसुन्य सन्तानहरु छेकिरहेका छन्
यो दृश्य देखेर मेरी बोजू
बलिन्द्रधारा आँसु खसालेर
रोइरहेकी छिन्
मुक्कुमलुङमा
मेरी सेतै फुलेकी प्यारी बोजू
मेरो चो:त् लुङ युमा माङ।

बोजू!
म अहिले टाढा भए पनि
आउँदै छु
यो नसामा रगत बगेसम्म
यो शरीरमा प्राण
तिम्रो रक्षा गर्नेछु
लड्दालड्दै जीवन उत्सर्ग गर्नु किन नपरोस् ।

एकदिन
ती बेइमानी सन्तानहरूको पनि आँखा खुल्ने छ
अनि पश्चातातको रगतको आँसु बगाउनु पर्ने छ
आफ्नो आमाको आबरु बेच्ने कुलाङ्गारहरुको
कहिल्यै भलो हुनेछैन
मेरी प्यारी बेजू हामीलाई आशिर्वाद दिनुहोस्
यो युद्ध हामी अवश्य जित्ने छौं
अवश्य जित्ने छौ
नोगेन !!!!!

***** ********

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...