Skip to main content

ओरेन्ज समाचार

चलचित्र “सारंग” झापामा भव्य प्रदर्शन भइरहेछ ।

Advertisement

चलचित्र “सारंग” झापाका विभिन्न सिनेमा हलहरुमा भव्यताका साथ प्रदर्शन भइरहेको छ । माघ २६ गते शनिबारको दिन बिर्तामोडको क्यु एफ एक्स सिनेमा हलमा दर्शकहरुको उपस्थिति हाउसफुल रहेको थियो । बाल-मनोबिज्ञानमा  आधारित चलचित्र “सारंग” को अर्थ हुन्छ मीठो राग वा धुन हुन्छ र चलचित्रमा कथावस्तु द्वारा सुन्दर तरिकाले यस्को चित्रण गरिएको छ । सम्पूर्ण बालबालिका तथा अभिभावकप्रति समर्पित वर्तमान परिस्थितिमा बिवाह पश्चात श्रीमान -श्रीमतीमा आउने अप्ठ्याराहरुलाई छोराछोरीका माध्यमद्वारा पुलको काम गरेको सुन्दर पक्ष पस्किएको छ ।
चलचित्रका कथा तथा निर्देशक प्रशान्त तामाङले बाल मनोबैज्ञानिक मस्तिष्कलाई सूक्ष्म अध्यन गरि सुन्दर तरिकाले चित्रण गरिएको  छ । निर्मातामा प्रेम तामाङ तथा फूलमाया तामाङ,सम्पादक मित्रदेब गुरुङ,कलर सुदिप पाण्डे,गीतकार डिबि खनाल संगीतकार शंकर थापा स्माइल नृत्य निर्देशक सुश्मा राई रहेको छ ।
चलचित्रका कलाकारहरु ऋचा शर्मा,नव-नायक उत्पल झा,अनिसा न्यौपाने,मनि के राई, समीर मणि दिक्षित,सुमन जंग केसी,बिश्व स्याङबो तथा बाल कलाकारहरु सम्राट थापा र आदित्य कार्की रहेको छ ।
चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंको गोदावरी,बालाजु रानीवन, कान्जिरवा नेशनल सेकेन्डरी स्कूलमा लगायत आसपासको  क्षेत्रमा  भएको चलचित्रका कलाकार अनिसा न्यौपानेले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...