Skip to main content

ओरेन्ज समाचार

मनोकामना कृतन मण्डलीको प्रथम अधिवेशन सम्पन्न ।

Advertisement

बिर्तामोड, २२ माघ

मनकामना काली कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिराटपोखर महिला समूह अध्यक्ष,बिराटपोखर टोलबिकाश संस्था अध्यक्ष तथा नवदुर्गा कृतन मण्डली अध्यक्ष कृष्णा कुमारी प्रसाईले गरिन्। उक्त अवसरमा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अध्यक्ष घुर्ब प्रसाद शिवाकोटी,बिष्णु भगवती अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सपल पूण्य प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको हो।

अधिबेशनले डिल्लीराम पाठकको संयोजकत्वमा तेरह सदस्यीय कृतन मण्डलीको कार्यसमिति चयन गरेको निर्बाचन मण्डलीका संयोजक पुण्य प्रसाद उप्रेतीले जानकारी गराए। जसको सह संयोजकमा गोमा ढुंगाना संग्रौला,सचिवमा मिलन आले, सहसचिवमा दिपक संग्रौला, कोषाध्यक्षमा भूपेन्द्र बाँस्कोटा, सहकोषाध्यक्षमा टिका भट्टराई सुबेदी र सदस्यहरुमा राम खनाल, टिकामाया शिवाकोटी,तोम प्रसाद तिवारी,अर्जुन तामाङ्ग,दुर्गा सेढाई र बिन्दा खरेल आगामी दुई बर्षे कार्यकालको लागि सर्बसम्मत भएको जानकारी गराईएको हो भने उक्त कार्यक्रममा निर्वतमान संयोजक नैनकला थापालाई प्रमूख अतिथि प्रसाईले सम्मान पत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान जनाए । मनकामना मन्दिरमा सरस्वतीको मूर्ती स्थापना गरिदिनु हुने कमल प्रसाद अधिकारीलाई समेत दोसल्ला  ओढाएर सम्मान जनाईएको हो।

कोषको हिसाबबारे कोषाध्यक्ष कमल प्रसाद अधिकारीले रु चालिस हजारको मौज्दात रकम पेश गरेको , कार्यक्रमको औचित्य माथि प्रकाश सचिव मिलन आलेले गरेको र स्वागत सदस्य नबिन सेढाईले गरेको कार्यक्रममा प्रमुख अथिति प्रसाई, मन्दिर समिति अध्यक्ष शिवाकोटी र बिष्णु भगवतीका संस्थापक प्रिन्सिपल उप्रेतीले कार्यकम सफलताको शुभकामना साथै नवनिर्बाचित पदाधिकारी हरुलाई खादा,टिका लगाईदिएर शुभकामना दिए भने कार्यक्रमको संचालन सचिव मिलन आलेले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...