ओरेन्ज समाचार

झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ

झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ

झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ

८ भदौ,झापाझपाको अर्जुनधारामा एक १६ बर्षकी  युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा-७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो ।  पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए । उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी…
Read More
हरितालिका तीज मनाउने तयारी गर्दै शिवालय चोक बिर्तामोड-१०

हरितालिका तीज मनाउने तयारी गर्दै शिवालय चोक बिर्तामोड-१०

८ भदौ,झापाआगामी भदौ २१ गते पर्ने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोड-१० शिवालय मन्दिर शिवालय चौकमा तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । बिबिध कार्यक्रमहरुको आयोजना गरि हरितालिका तीज पर्व मनाउन लागिएको आयोजक शिवालय मन्दिर संरक्षण समिति बितीमोड-१० शिवालय चोकले जानकारी गराएको हो। उक्त स्थानमा रहेको शिवालय मन्दिरमा त्यस दिन कार्यक्रम आयोजना गरिने समितिले जानकारी गराएको छ। उक्त कार्यक्रम सफल बनाउन स्थानिय गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति  यही भदौ पाँच गते बसेको शिवालय मन्दिर संरक्षण समितिको बैठकले गठन गरिएको  शिवालय मन्दिर संरक्षण समितिका सचिव खुवराज भट्टराईले जानकारी दिए। जसमा कोषाधक्षमा…
Read More
बिर्तामोडका ब्यबसायी प्रसाई अर्केको घरमा मृत फेला

बिर्तामोडका ब्यबसायी प्रसाई अर्केको घरमा मृत फेला

७ भदौ,बिर्तामोडझापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका नाताले दाजु पर्ने महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । झापा बिर्तामोड-१ स्थित सिने प्लाजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा उनी मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको हो । अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ । प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा…
Read More
हटाईयो टिकटक माथिको प्रतिबन्ध

हटाईयो टिकटक माथिको प्रतिबन्ध

६ भदौ,काठमाण्डौंसूचना तथा सञ्चार मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाएको  छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे संगै आजबाट सो प्रतिबन्ध हटेको हो।  मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको थियो। आज क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र समेत लेखेको छ। लगत्तै, आजैबाट टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो। गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।…
Read More
बिर्तामोडमा घर घरमै पुगेर अशक्तलाई ह्विवल चियर बितरण

बिर्तामोडमा घर घरमै पुगेर अशक्तलाई ह्विवल चियर बितरण

६ भदौ,झापायोगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका  कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज  यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर  घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो ।  उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल  निबासी जन्मजात असक्त सत्र…
Read More
यस्तो छ लाखे अनि लाखेनाँचको बास्तबिकता

यस्तो छ लाखे अनि लाखेनाँचको बास्तबिकता

- यज्ञराज श्रेष्ठ लाखे,के हो त यस्ले के गर्छ,के खान्छ, कहिले नाचिन्छ र कसरी नाचिन्छ भन्ने कथा र किम्बदन्ती फरक फरक भए पनि नेवारहरूको आस्था र विश्वासको नाँचले नेपाल र नेपालीलाई  चिनाउने प्रमुख सांस्कृतिक नाँच हो। एक किम्बदन्तीअनुसार लाखे एक प्रेममा पागल भएको प्रेमी हो । उ एक राक्षस कुलमा जन्मिएको युवा थियो। एक दिन लाखेले मानव रूप धारण गरेर कठमान्डौ घुम्न आएछ। घुम्दै जादा एक ज्यापू किसानको घरमा पुगेछ। ज्यापूको एक छोरी थिइन बालामैचा,नाम जस्तै राम्री वालामैचालाई देखेर लाखेले प्रेम गर्न थालेछ। यसरी दिनदिनै मानव रूपमा आउने लाखे र बालामैचाको प्रेम भयो र बालामैचाले पनि लाखेलाई प्रेम गर्न थालिन्। …
Read More
धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल मेरो अभियान:काली बाबा

धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल मेरो अभियान:काली बाबा

 ४ भदौ,काठमाण्डौंगुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ साथै धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल आफ्नो अभियान भएको समेत बताउनु भएको हो। मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो । नेताहरुले नेपालाई…
Read More
रूपनारायण-पबित्रा प्रसाई स्मृति प्रतिष्ठानबाट अक्षयकोष राहत बितरण

रूपनारायण-पबित्रा प्रसाई स्मृति प्रतिष्ठानबाट अक्षयकोष राहत बितरण

२६ साउन,झापाझापाको बिर्तामोड-९ गरामनीका  प्रसाईं परिवारले दिवंगत माता पिताको नाममा चार वर्ष अगाडी स्थापना गरेको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले अक्षयकोष निर्माण गरि आज चाैथाे स्मृति सभा स्वरूप बिशेष कार्यक्रमकाे आयाेजना गरेको छ। कार्यक्रममा बिबिध कार्यक्रमहरु सहित प्रसाईं ट्रष्ट,कल्याणकारी काेष झापालाई एक लाख एक सय आर्थिक सहयोग साथै एघार  हजार सदस्यता शुल्क समेत हस्तान्तरण गरेकाे हो । मेरिकामा बसोबास गर्दै रहेका प्रतिष्ठान स्थापना कर्ता छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरि रूपनारायण–पवित्रा प्रसाईं स्मृति  प्रतिष्ठानको आज चाैथाे बार्षिक कार्यक्रम सम्पन्न गरेको हो। यसै वर्षबाट  अक्षय कोषमा रू.पाँच लाख रकम थप गरी जम्मा अक्षयकोष रकम…
Read More
१४ श्रावण,झापाभद्रपुर-१० चन्द्रगढी बजार निवासी  पूर्व राष्ट्रिय  फूटबलर गम्भिर राईको ५६ वर्षको उमेरमा  उपचारको क्रममा निधन भएको छ । पूर्व राष्ट्रिय  फुटबल खेलाडी राईको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।  केही दिनदेखि बिरामी राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए ।  २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए । राईले एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए । झापा…
Read More
जग्गाको विषयमा बाह्रदशीमा बिबाद एघार जना घाईते

जग्गाको विषयमा बाह्रदशीमा बिबाद एघार जना घाईते

१० श्रावण,झापा जग्गाको विषयमा विवाद हुँदा झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे झापा बाह्रदशी गाउँपालिका-३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको हो । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । झडपमा परी बाह्रदशी-३ का अजयकुमार शाह, नितानन्द साह, रेखानन्द साह, चाँदनी साह, पद्मादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह र उनका छोरा सञ्जीव साह, विवेक साह र मुनाखरी साह घाइते भएका छन् ।…
Read More