बिर्तामोड, २४ असोज स्व. बुबा बिर्ख बहादुर घरे तथा स्व. आमा बिष्णु माया घलेको सम्झनामा अमेरिका बस्ने छोराहरु चन्द्र बहादुर घले र सन्तोष घले, बुहारीहरु ललिता घले र अनुशा घले, छोरीहरु भागीमाया घले, हेम कुमारी घले, अम्बिका घले, पम्फा घले, देबि घलेले सयुक्त रुपमा बिर्तामोड-७ अवस्थित सहिद नेत्र पार्क नजिकै आफैले निर्माण गरेको चौताराबाट सयुक्तरुपमा ६० विपन्न परिवारलाई खाद्यान्नका सामाग्रीहरु र १ हजार रुपैयाको दरले बितरण गरिएको थियो । बिर्तामोड नगरपालिका वडा न. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद खरेलको प्रमुख आथित्यता र कार्यक्रम संयोजक भगिमाया लिम्बुको सभापतित्व र सुन्दार निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद लिम्बुको उपस्थितिमा…
धनकुटा, १९ असोज फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष बिजयधोज लावतिको सभापतित्वमा २७ औं स्थापना दिवस कार्यक्रम धनकुटाको भेडेटार अवस्थित सागुरगढीमा सम्पन्न भएको हो । अथितिहरुमा सागुरगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पुण्यप्रसाद पौडेल, फोनिज संघिय समिति उपाध्यक्ष यमन दनवार, रासस निवर्तमान महाप्रवन्धक सिद्धराज राई, सागुरगढी-६ का कार्यवाहक अध्यक्ष , फोनिज प्रदेस समिति इन्चार्ज लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने पहिचानको बिषयलाई कलम र बिचारको माध्यमले ससक्तरुपमा आवाज उठाउने दुइ पत्रकारहरु गणेश साम्पाङ र बिष्णुमाया सिंघकलाई…
झापा, १४ असोज हल्दिबारी-१ मा श्रमदानद्वारा एकल महिला फुलमाया तामाङ्गको घर निर्माण गरिन्दै। श्रम संस्कृति पार्टी हल्दिबारीका अध्यक्ष सुमन नेम्बाङको सभापतित्व तथा केन्द्रिय सदस्य हिमालय प्रकाश कन्दङबाको प्रमुख आतिथ्यतामा हल्दीबारी १ निवासी आर्थिक अवस्था कमजोर एकल महिला फुलमाया तामाङको घर निर्माण कार्य श्रमदान द्वारा गर्न सुरु गरिएको छ । अथितिहरुमा श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारी, सदस्यहरु करण खपाङ्गी मगर, प्रताप राई, सल्लाहकार पुर्ण बहादुर लिङदेन लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने घर निर्माण समितिका संयोजक रोनिश बस्नेतले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो र औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अथिति हिमालय प्रकाश कन्दङवाले श्रम संस्कृति पार्टीको नेतृत्वमा झापाका विभिन्न…
झापा, ११ असोज झापाली युवाहरूले निर्माण गरेको चलचित्र " बाबाको बाँसुरी" एउटा टुहुरोको कथा बिर्तामोडको पाथिभरा सिने प्लाजामा असोज ११ गते आइतबारको दिन प्रीमियर शो भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संयोजक पूर्ण सुनारको सभापतित्व र नेपाल चलचित्र निर्माता सङ्घका सचिव युवराज गिरीको प्रमुख आतित्यतामा एक औपचारिक कार्यक्रम सहित चलचित्र प्रदर्शन भएको हो । चलचित्र प्रदर्शनमा नेपालको पुर्व क्षेत्रका चलचित्रकर्मीहरु सुवास मेचे, रोहन सेन्चुरी, प्रताप मेचे, याम खरेल, कैलाश बराइली,अमृत अधिकारी, खेम पण्डे यमुना तिवारी लगायत व्यक्तिहरु सगै साहित्यकार, व्यवसायी, उद्यमी सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पुर्ण सुनारको ब्यानर, कमल लिम्बू(लाहुरे)को कथा/निर्देशन, तिलक रिजालको छायांकन/सम्पादन र शितल खनाल र…
झापा, ७ असोज हिमालयन फुटबल क्लबको आयोजनामा असोज ८ र ९ गते (२४–२५ सेप्टेम्बर २०२६) हुने रोयल नेपाल फुटसल प्रतियोगिता पेप्सीकोलामा सञ्चालन हुने प्रतियोगितामा हल्दिबारी–४ बडाबारी अवस्थित पाथिभरा स्पोर्टिङ क्लब तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने भएको छ। प्रतियोगिताका लागि पाथिभरा स्पोर्टिङ क्लबको टिम व्यवस्थापक योगेश आले मगर र प्रशिक्षक मिसन राई रहेका छन् भने क्लबको कप्तानमा अनिश थाम्सुहाङ रहेका छन्। टोलीमा राजन मेचे, विल्सन शेर्पा, सुरेन्द्र राई, फुर्तेन तामाङ, कृष्ण गुरुङ, सरोज राई, इन्द्रबहादुर मगर, सञ्जय श्रेष्ठ र प्रदीप राईलगायतका खेलाडी रहेका छन्। यसैबीच, पाथिभरा स्पोर्टिङ क्लब (हल्दिबारी) को खेल भोलि असोज ८ गते बिहिबार बेलुका ७:३०…
बिर्तामोड, ७ असोज उज्यालो नेपाल पार्टी झापाका अध्यक्ष चुणा कर्ण बेघाको सभापतित्व तथा हरित क्रान्ति ३ महिने अभियान प्रदेश-१ का इन्चार्ज खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा बिर्तामोडको आदर्श ब्याङ्केटमा असोज ७ गते बुधबारको दिन बैठक र शिक्षण कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्यहरु सरु सिङघक, अग्नीमाया मेचे, सन्तोष आचार्य, सचिवालय सदस्य किश्वरी कार्की, प्रदेश न. १ का अध्यक्ष एविराज आङदेम्बे, सल्लाहकार कालि बहादुर खेवाङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उज्यालो नेपाल पार्टीको उद्देश्य र सिद्धान्तको बारेमा जानकारी प्रदान गरिएको थियो भने समितिका सह सचिव अन्जना राईले औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो र उपाध्यक्ष…
बिर्तामोड, ५ असोज बिर्तामोड-९ मा नेपाली कांग्रेश वडा समितिको १५ औं अधिवेशन सम्पन्न । बिर्तामोड-९ नेपाली काग्रेस वडा समितिको १५ औं वडा अधिवेशनका निर्वाचन अधिकृत भोलानाथ पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आथित्यता र नगर सभापति भोजराज सिटौला उपस्थितिमा क्षेत्रीय प्रतिनिधी २३ जना, नगर सदस्य ४ जना, सभापति सहित वडा सदस्यहरु १४ जना गरि जम्मा ४१ जना सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरियो गरिएको छ । वडा समितिको २५ औं अधिवेशनबाट बासु अधिकारी पुन: अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु भएको छ ।
असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बाँसुरी एउटा दुहुरोको कथा को ट्रेलर’ आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको छ। चलचित्रको सम्पूर्ण छायांकन तथा प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। चलचित्रको च्यारिटी शो आगामी असोज १० गते धुलाबारीस्थित कृष्ण पार्टी प्यालेस हलमा तथा असोज ११ गते बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा आयोजना गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। समाजमा विद्यमान धनी र गरिबबीचको सामाजिक भेदभावलाई कथावस्तुको मुख्य आधार बनाएर चलचित्र तयार गरिएको निर्माता तथा नायक तथा गायक पूर्ण सुनारले जानकारी दिनुभयो। सामाजिक विषयवस्तुलाई पर्दामा…
बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक खन्नीमाया श्रेष्ठको सभापतित्व र शिव सताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राको प्रमुख आथित्यतामा झिलझिलेको वाटर किंगडम पार्कको सभा हलमा भदौ २१ गते आइतबारको दिन एक औपचारिक कार्यक्रम पश्चात प्रीमियर शो सम्पन्न भएको र उक्त कार्यक्रममा अथितिहरु उधोग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष अग्नी दुलाल, साहित्यकार तथा जेष्ठ नागरिक उमानाथ दाहाल, मेची इङलिस स्कुलका प्रीन्सिपल पदम जङ्ग कुवर, क्याम्बृज स्कुलका प्रीन्सिपल राम प्रसाद सुहाङ, सामाजिक व्यक्तित्व पदम जिमी, कुमार सिंह सावा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । चलचित्रका नायक राज श्रेष्ठको उपस्थितिमा…
झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारीको सभापतित्त्व र केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवाको उपस्थितिमा भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित मानिसहरुको सहयोगको निम्ति संकलन गरिएको रकम एक औपचारिक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । श्रम संस्कृति पार्टी झापा जिल्लाका जम्मा १५ वटा पालिका समितीहरुबाट संकलन कार्य जारी रहेको र अहिले सम्म करिब २ लाख रकम बराबरको जिन्सी सामानहरु र रु ४६५१७०/- संकलन भएको जानकारी समितिका कोषाध्यक्ष दिपेन राईले बताउनु भयो ।