२१ असोज,झापा असुरक्षाको महशुस हुन थाले पछि बिराटपोखरी भित्र दिउँसो सवारी साधन प्रबेश गराउन प्रतिबन्ध गरिएको छ। रात्रीकालिन समयमा भने गेटहरु बन्द गरिने गरिएको हो। अब उप्रान्त सवारी साधनहरु गेट बाहिरै पार्किङ्ग स्थलमा रहनेछन्। यस भन्दा अघि पोखरी भित्र निर्बाध रूपमा सवारी साधन प्रवेश गर्न पाउथे। गत असोज दुई गते बिराटपोखरी भित्र सवारी साधन लगेर मादक पर्दाथ सेवन गरेका केही अटो चालकहरुसंग भनाभन भएपछि असुरक्षाको महसुस गरिएको बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समिति सदस्य परशुराम कडरियाले जानकारी गराए। त्यस प्रकरणको प्रत्यक्ष भिडियो समेत सामाजिक संजालमा बाहिरिएको हो। त्यहाँ घुम्न आउने एक व्यक्तिले बिराटपोखरी भित्र मदिरा सेवन गरिरहेका केही अटो चालकहरुलाई सार्बजानिक…
बिर्तामोड । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ। सहकारीको विषयगत उपसमिति सामुदायिक सरोकार उपसमितिको आयोजनामा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले झापा,मोरङ र इलाम जिल्लास्थित आफ्ना ५८ सेवाकेन्द्रमध्ये ४० सेवाकेन्द्रका १हजार ८६ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद पाँचहजारसहित सम्मान गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए। यसैविच बिर्तामोड- १० स्थित एनएमसी सैनिकबजार सेवाकेन्द्रले आफ्ना २१ जना जेष्ठ शेयर सदस्यलाई नगदसहित फूलमाला लगाएर सम्मान गरेको छ। संस्थामा आबद्ध जेष्ठ नागरिक महेश्वर पौडेल, विष्णुबहादर राई,धनबहादुर दर्जी, जानुका मैनाली, देवीप्रसाद दंगाल,लक्ष्मी माया राई,पृथी माया राई ,लोक बहादुर राई,किन्द्र…
१७ असोज,झापाबिर्तामोड-१० बिराटपोखर मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिको मनकामना काली मन्दिरमा स्थानियले मकै,गहुँ,जौं,धान लगायत अनाजको जमरा राखेर घटस्थापना अर्थात दशैंको पहिलो दिन पालन गरेका छन्। गुरु पुरोहितद्वारा मन्त्रोचारण गरि करिव तीस घर परिवारले सामुहिक जमरा राखेको मनकामना काली मन्दिरका सदस्य डिल्लीराम पाठकले जानकारी दिए। आज राखिएको जमरा उम्रिए पछि बिजया दशमी टिकाको दिन निकालेर टिकासँगै आफन्तजनको शिरमा टिकाको दिन आर्शिबाद दिदैं सिउरी दिने परम्परा हिन्दु धर्ममा रही आएको पाईन्छ। आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले…
१५ असोज,झापाकृषि ज्ञान केन्द्र झापाको आयोजना र हरियाली अर्गयानिक तरकारी उत्पादक समूह बिर्तामोड-८ को संयोजनमा बिर्तामोड-७ मा रहेको सामुदायिक भवनमा कृषि ज्ञान केन्द्र झापाको ०८१/०८२ को पहिलो कार्यक्रम अन्तर्गत जैबिक तथा बनस्पतिक बिषादी प्रयोग विषयक एक दिवशिय कार्यक्रम आयोजना गरिएको छ। हरियाली तरकारी उत्पादक समूहका अध्यक्ष लोकनाथ मिश्रको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टको प्रमुख आतिथ्यता तथा अतिथिहरु कृषि केन्द्र झापाका कर्मचारी अन्जु आर्चाय,गणेश बुढाथोकी र जीना पौड्यालको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि बिष्टले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो। राष्ट्र प्रति सर्मपण जनाउँदै राष्ट्रियगानबाट शुरू भएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश कृषि ज्ञान केन्द्रकी अन्जु आचार्यले गरेकी हुन्…
अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोडझापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० पत्थरभिट्टा बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका अन्दाजी…
११ असोज,बिर्तामोडबिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ।बाईक आज दिउसो बगाएको हो।गत बुधबार बेलुकादेखि झापा लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ।यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजेपछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक…
९ ९ असोज,झापा चौवन्न बर्षकी अमरासूर्या प्रोफेसर हुन् । उनले सामाजिक मानब शास्त्रमा डक्टरेट गरेकि छिन् भने श्रीलंकाका राष्ट्रपति दिशानायकेले उनलाई प्रधानमन्त्रीमा नियुत्त गरेका हुन् ।
२ असोज,झापा आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा तथा चौधौं महान स्थापना दिवशको अवसरमा लाईफ लाईन अस्पताल प्रा.लि.दमक-५ झापासंग बिभिन्न संझौतामा हस्ताक्षर भएको छ। लाईफ लाईन अस्पताल प्रा.लि.का तर्फबाट प्रशासकिय अधिकृत प्रेम कुमार गिरीद्वारा हस्ताक्षरित सम्झौता पत्र कार्यक्रममा बाचन गरेर सार्बजानिक गरिएको हो। संझौता अनुसार आदिबासी नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका…
बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र डिल्ली दंगालको सभापतित्वमा पुस्तकालय कै भवनमा छैटौ अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरि बिशिष्ठ अथितिहरुमा वडा सदस्यहरू धनमाया श्रेष्ठ र पृथ्वी बस्नेत हुनु हुन्थियो भने अथितिहरुमा बिर्तामोड १० का सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरु, मनु मुखिया, श्रीमान सेलिङ लगायत व्यक्तिहरू उपस्थित उक्त कार्यक्रममा यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने गायत्रा श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । अधिवेशन पश्चात नया समितिको पदाधिकारीहरुमा अध्यक्ष भोला पाण्डे, उपाध्यक्ष कविता घले, सचिव बिजय राई, कोषाध्यक्ष गायत्रा श्रेष्ठ , सह सचिव सरिता बजगाई, सदस्य सुरेन तुम्रोक, सदस्य…
बिर्तामोड,२९ भदौ नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको अध्यक्ष आन्नद गुरुङको सभापतित्व र संविधान सभा सदस्य सुदिर सिवाकोटीको प्रमुख आतिथ्यतामा बिर्तामोडको इन्द्रेनी ब्याङकेटमा प्रथम नगर भेला कार्यक्रम सम्पन्न भएको छ । बिशिष्ठ अथितिहरुमा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र महसमिति सदस्य नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ हुनु हुन्थ्यो भने अथितिहरुमा सिता पौडेल, अनुज खड्का, देवी घिमिरे, उमा सिवाकोटी, राधा सुब्बा, यज्ञ प्रताप अधिकारी, छत्र गिरी, घनश्याम चौधरी, मिरा खड्का, दिलकुमार नेम्बाङ, हस्त आङ्देम्बे, बिरेन मेचे लगायत व्यक्तिहरुको उपस्थिती भएको उक्त कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति वडा समितिहरु पनि उपस्थित थिए। कार्यक्रममा स्वागत…