Skip to main content

ओरेन्ज समाचार

आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा कार्यक्रम सम्पन्न

Advertisement

२ असोज,झापा

आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा तथा चौधौं महान स्थापना दिवशको अवसरमा लाईफ लाईन अस्पताल प्रा.लि.दमक-५ झापासंग बिभिन्न संझौतामा हस्ताक्षर भएको छ। लाईफ लाईन अस्पताल प्रा.लि.का तर्फबाट प्रशासकिय अधिकृत प्रेम कुमार गिरीद्वारा हस्ताक्षरित सम्झौता पत्र कार्यक्रममा बाचन गरेर सार्बजानिक गरिएको हो।
संझौता अनुसार आदिबासी नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका छन्।

आदिबासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका उप प्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्र कार्यक्रममा नेत्रहिन संघले स्थापना गरेको सहारा छात्रबृत्ति शैक्षिक कोष यस वर्ष इलाम क्यम्पसमा मानबिकि संकाय स्नातक तह तेश्रो बर्षमा अध्ययनरत माई नगरपालिका-९ लोदियाका दृष्टिबिहिन छात्र सुरेश लिम्बुलाई प्रदान गरियो। लिम्बूलाई रु. नौ हजार बराबरको रकम कार्यक्रमको बिशिष्ट अतिथी एवं पाथिभरा सामूदायिक बन उपभोक्ता समिति शिवसताक्षी-९ का अध्यक्ष हरेन्द्र तुम्बाहाम्फेले हस्तान्तरण गरे भने संघलाई पूर्ण रूपमा सहयोग गर्ने एक जना संघका पूर्व उपाध्यक्ष नरेन्द्र कुमार म्याङ्गबो लिम्बुलाई सम्मान पत्रले सम्मान गरियो। सो सम्मान पत्र समाजसेवी एवं कार्यक्रमका विशिष्ट अतिथि ज्ञान बहादुर इङ्गबोङ्गले लिम्बुलाई हस्तान्तरण गरेका हुन् भने सम्मान पत्रको बाचन प्राज्ञ सुमित्रा बाङ्गदेल चेलीले गर्नु भएको हो।

स्थापना दिवसकै अवसर पारेर संघका सहसचिव कौशल्या देबी गुरुङ्ग र सदस्य कबिराज कुमालको तर्फबाट सहयोग स्वरूप प्रायोजन गरिएको सेतो छडि दृष्टिबिहिन सदस्यहरु युवराज घिमिरे,दुर्गा चम्लागाई, हिमाल राई, रोबिजा खातुन,मञ्जु तामाङ्ग र केशव न्यौपानेलाई निःशुल्क प्रदान गरियो उक्त सेतो छडी संघका सल्लाहाकार शिवकुमार राजभन्डारीको हातबाट प्रदान गरिएको हो भने समाजसेवी बिरु दर्नालको संहजीकरणमा समाजसेवी सुरेश अग्रवालले सहयोग स्वरूप प्रदान गर्नु भएको पेन्ट र सर्टको कपडा क्रमशः संघका सदस्यहरु बैजनाथ गणेश, रेडिलाल ताजपुरिया, नयाँ लाल ताजपुरिया, बिनोद कुमार महरा दर्जी,दिपक राजबंशी, मोहनलाल गिरी र रोबिजा खातुनलाई नि:शुल्क प्रदान गरियो उक्तकपडा प्राज्ञ सुमित्रा बाङ्देल चेलीको हातबाट हस्तान्तरण गरिएको हो।

प्रमूख अतिथि नरमाया कार्की ,झापा नेत्रहिन संघका अध्यक्ष होम नारायण राजबंशी,प्राज्ञ सुमित्रा बाङ्गदेल चेली, ज्ञान बहादुर इङ्गनाम,शिवकुमार राजभण्डारी,बिरबहादुर रसाईली हरि लामा,निरबहादुर विश्वकर्मा,जगत बतुम्बाबो लगायतले शुभकामना राखेको कार्यक्रममा सुमित्रा बाङ्गदेल चेलीले बार्षिक एकहजार र ज्ञान बहादुर इङ्गबोङ्गले एकहजार संघको साहरा अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरे। त्यस्तै संघका पूर्व कोषाध्यक्ष अबिरल लिम्बुले संघको कार्यलयलाई तीनवटा कुर्सी हस्तान्तरण गरे सो कुर्सी प्रमुख अतिथि शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको हातबाट संघका अध्यक्ष भोजकुमार तामाङ्गलाई हस्तान्तरण गरिएको हो । कन्काईका समाजसेवी शेरबहादुर थापाले प्रदान गर्नु भएको सहारा अक्षयकोषमा रू.पचास हजार समेतको घोषणा आजै गरियो । उद्घाटन सत्रको कार्यक्रमको स्वागत संघका उपाध्यक्ष युवराज शेर्मा र संचालन सचिव अनिल मुखियाले गरेका हुन्। त्यसै गरि बन्द सत्रमा अध्यक्ष तामाङ्गद्वारा बार्षिक प्रतिबेदन प्रश्तुत र कोषको हिसाब प्रश्तुत गरि सर्बसम्मत पारित भएको घोषणा भएको हो।

कार्यक्रम आदिबासी जनजाति सामुदायिक सभा भवन दुधे बजारमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...