७ श्रावण,झापानेवाः देय दबू बिर्तामोड नगर समितिको आयोजनमा बिर्तामोड क्षेत्रमा रहेका अफ्ना सदस्यहरूको क्षमता अभिबृद्धि तथा अभिमुखकरणको निम्ती साउन ७ गते देखि १७ गते सम्म हुने एघार दिने उदघोषण तथा क्षमता अभिवृद्धि र लाखे,ठयाकठुके सहित धिमे बाजा प्रशिक्षण कार्यक्रमको आज बिधिवत रूपमा उदघाटन भएको छ। बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा…
७ श्रावण,झापा डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको छ । देवकुमार आचार्य (डि कौडिन्य) जनपक्षीय पत्रकारको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो । गत ३१ असारमा बसेको प्रेस सेन्टर झापाको बैठकले दुइजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेसँगै पत्रकारद्धय रेग्मी र लामा पुरस्कृत हुनु भएको हो। बिर्तामोडको सिटि सेन्टरमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्वले नगद बयालिस…
६ श्रावण,झापाझापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार जना पक्राउ परेका छन् ।कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटर चोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईप्रका सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको प्रहरीले जनाएको हो ।रातीको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय नितेश बुडाथोकी,बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्ग मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका-४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए । चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका…
- यज्ञराज श्रेष्ठ ६ श्रावण,बिर्तामोड बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो। उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा…
६ श्रावण,झापा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको आयोजनामा गुरु पूर्णिमा तथा ब्यास जयन्तीको अवसरमा भव्य अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ। प्रत्येक बर्ष गरिदै आएको अभिनन्दन कार्यक्रमको निरन्तरता अन्तर्गत यो एकचालिसौं अभिनन्दन कार्यक्रम रहेको जनाईएको हो। कमल गापा-३ स्थाई बसोबास भै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आध्यात्मिक चिन्तनका चिरपरिचित आर्चाय दुर्गा प्रसाद खतिवडालाई यो बर्ष गुरु पूर्णिमा तथा ब्यास जयन्तिको अवसर पारेर ब्यासका रूपमा अभिनन्दन गरिने संस्थाका सचिव लक्ष्मी दंगालले जानकारी गराए। बिर्तामोड-४ स्थित संस्थाको कार्यलय भवनमा कार्यक्रम आयोजना गरिने भएको हो। हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा उच्च श्रेणीमा राखेर हेरिने गरेको छ भने आजको २१२४ औं गुरु पूर्णिमा पालन हुदैछ।
५ साउन,काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मन्त्रीमण्डलका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नव गठित सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो । यसअघिका कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक र स्वागत योग्य मानेको थियो । राप्रपाले भोलि आइतबार बिहान ११ः४५ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बारे बैठकबाट निर्णय गरिने राप्रपाका…
५ श्रावण,झापाबंगलादेशमा चर्किएको आरक्षण सम्बन्धिको आन्दोलनको डरले नेपालको पूर्वी नाका झापा हुदैं बंगलादेशमा अध्ययनरत नेपाली बिर्धाथीहरुको नेपाल फर्कने क्रम पूर्बी नाकाबाट हुदैं गरेको जनाईएको छ। झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउनेजाने गर्छन्। बेगलादेशमा आरक्षण सम्बन्धी आन्दोलन हिंसात्मक बन्दै गए पछि त्यहाका बिभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत झन्डै नब्बे जना नेपाली विर्द्याथीहरु पूर्वी नेपालको काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको अधिकारीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन्। पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भै रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। बाँस्तोलाका अनुसार काकरभिट्टाको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३-४ दिनदेखि पहिलाको…
५ श्रावण,झापा कन्काई नदीमा काठ तस्करीको सकृयता बढेको छ । सो नदी इलाम र झापा भएर बग्ने गरेको हो । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढे संगै १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको हो । अन्दाजी बिहान ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद गरेको…