बिर्तामोड, २७ फागुन झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख आथित्यतामा १० दिने गमनशिलता तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दृष्टि सम्बन्धी अपाङगता व्यक्तिहरुको आवागमनमा सहजता पुर्याउने उद्देश्यले यस संघको आयोजना र वडा न. ६ कार्यालयको आर्थिक सहयोगमा संचालित उद्घाटन कार्यक्रममा बिर्तामोड वडा न. ६ का जनप्रतिनीधी सदस्य जीवन बास्कोटा, प्रशिक्षक भोला मिश्र लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेत्रहिनहरुको कार्यहरुलाई सहज बनाउन यस प्रशिक्षणले सहयोग गर्ने समितिका अध्यक्ष होमनाथ राजबंशीले बताउनु भयो । झापाका विभिन्न स्थानहरुमा सेतो छडीको साथमा प्रशिक्षकले नेत्रहिनहरुलाई हिनडुल गर्न र दैनिकी काममा सहज पुर्याउन तालिम…
बिर्तामोड, २३ फागुन हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिर्तामोड शाखाले आयोजना गरेको मल्टी एजुकेशनल फेयर २०२५ बिर्तामोड वडा ५ शनिसरे रोडमा रहेको आफ्नै कार्यलयमा सम्पन्न गरेको छ । हब को सिइओ सरिता खड्काको उपस्थितिमा बिद्यार्थीहरुलाई विभिन्न बिषयको जान्कारी दिदै सुमना महत, दिपेन्द्र बुढाथोकी, पवन घिमिरे, शुल्क्षना रोका मगर र अनिशा दाहाल लगायत काउन्सिलरहरुले विदेश पढ्न जादा आउने समस्या र त्यसको लागि गर्नु पर्ने तयारी बारे जानकारी दिनु भएको थियो । एजुकेशन फेयरमा सहभागी हुने विद्यार्थीहरुको लक्की ड्र गरिएको थियो जसमध्ये ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।
बिर्तामोड, २४ फागुन नमुना टोल विकास संस्थाका अध्यक्ष गृवराज कन्दङवाको सभापतित्व र बिर्तामोड १० का जनप्रतिनिधि सदस्य पृथ्वी बहादुर बस्नेतको प्रमुख आथित्यतामा विभिन्न सांस्कृतिक नृत्यको साथमा संस्थाका कलाकार तथा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु मिना गुरुङ, चाम बहादुर जबेगु, छ्त्र बहादुर गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह सचिव बबि गुरुङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीले कार्यक्रम रोचक र आकर्षक बनाएको थियो ।
बिर्तामोड, १९ फागुन फागुन ८ गते उद्घाटन भएको तेस्रो ऐतिहासिक सैनिक महोत्सव २०८१ फागुन १९ गते मेला समितिका अध्यक्ष सन्तोष गुरुङको सभापतित्व र समाजसेवी जलकुमार गुरुङको प्रमुख आथित्यतामा वडा कार्यलयको जेष्ठ नागरिक भवनमा समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्यहरु पृथ्वी वस्नेत, धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति थियो । विभिन्न जातिय भेषभुषा सहित उद्घाटन भएको महोत्सव सुरुवातमा दर्शकहरुको त्यति राम्रो उपस्थिति नभएता पनि पछिल्लो समयमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको थियो । सुरक्षा व्यवस्था राम्रो रहेकोले महोत्सवको अवधिभर कुनै नराम्रो दुर्घटना नभएको जानकारी समितिका सदस्य देबेन्द्र दर्नालले जान्कारी दिनु…
बिर्तामोड, १७ फागुन प्रदेश न. १ कोशी नाम खारेजीको माग सहित बिर्तामोडमा बिरोध र्याली प्रदर्शन र कोट सभा सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा बिरोध र्यालीका संयोजक पाण्डवलाल चौधरीले सभाको अध्यक्षता ग्रहण गरेका थिए भने विभिन्न संघ, संस्था, पार्टी र संगठनहरु बाट प्रतिनिधीको उपस्थिति थियो । विरोधसभामा पहिचानवादी नेता तथा निवर्तमान संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय…
बिर्तामोड, १७ फागुन बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्ष दिपक थापाको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अथितिहरु गोमा भट्टराई, देवि प्र. निरौला, दिपेन्द्र काफ्ले, युग कुमार भट्टराई, सन्तोस तिम्सिना, अनिता पुरी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । अधिवेशन पश्चात चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको छ । त्यसै गरि उपाध्यक्षमा हरी प्रसाद अधिकारी, सचिवमा दिपक थापा, कोषाध्यक्षमा पदम अधिकारी, सदस्यहरुमा दुर्गा आचार्य, अम्बिका निरौला, भिष्मराज सापकोटा, सोमनाथ पौडेल, भरत राजबंशी, भिम प्रसाद खतिवडा, गोपाल श्रेष्ठ, कृष्णमाया थापा, बल बहादुर कार्की…
बिर्तामोड, १४ फागुन बिर्तामोड नगरपालिका कृषि विकास शाखाले एक कार्यक्रम गरी कृषक महासंघ, कृषि शाखा र कृषक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आज फागुन १४ गते विर्तामोड नगर को सभाहलमा भएको कार्यक्रम मा राष्ट्रिय कृषक समूह महासंघ को केन्द्रीय अध्यक्ष पंच काजी श्रेष्ठ, उपाध्यक्ष गणेश पोखरेल, महासंघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, उपाध्यक्ष प्रेम पौडयाल महासंघ झापा जिल्ला अध्यक्ष रामलाल उप्रेती सथै कन्काई नगर पालिका कृषि अधिकृत यदुनाथ उप्रेती लगायत बिर्तामोड नगर को अग्रज किसान हरू को उपस्थिती रहेको कार्यक्रम लाई बिर्तामोड नगर कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीय ले बिर्तामोड नगर ले गरेको कृषि गतिविधि र सन्चालन रहको तरकारी…
बिर्तामोड, ८ फागुन जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्मव बिर्तामोड-१० सैनिक बजारको आज एक कार्यक्रम गरेर भब्य उद्घाटन गरिएको छ। बिर्तामोड नगरपालिका वडा न.१० सैनिक बजारको उत्तर वडा कार्यलय नजिकै महोत्सव स्थलमा आज सो महोत्सवको उद्घाटन गरिएको हो। बिभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितीले उद्घाटनलाई भव्य बनाएको छ। यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको हो भने दोश्रो महोत्सव कोरोना संक्रमणका कारण त्यस बेला रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भूतपूर्व सैनिकहरुको थलो,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर…
पाँचथर सुभाङ झापा एकता समाज को प्रथम बनभोज तथा पुनर्नमिलन कार्यक्रम फागुन ७ गते सालबारीको झीलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाई को सभापतित्व र १०२ बर्षीय जेष्ठ सदस्य पूर्ण बहादुर श्रेष्ठ को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुभाङमा जन्मेर झापा बसोवास गर्नेहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सोही कार्यक्रम मा जेष्ठ नागरिक १०२ बर्ष का पूर्ण बहादुर श्रेष्ठ र ८८ बर्ष का जिब नाथ खनाल लाई दोसल्ला र नगद ले सम्मान गरिएको थियो भने समाजसेवी व्यवसायी सरोज सिटौला र डिल्लीराम खनाल लाई सम्मान पत्र ले सम्मान गरिएको थियो । कार्यक्रम लाई समाज को सदस्य पुष्प राज खनाल…
७ फागुन, झापा बज्र इभेन्टसद्वारा आयोजित . बज्र इन्टरनेशनल चारआली जोन एण्ड द लोकल शो म्यूजिक फेस्ट २०८१ झापाको चारआलीमा आगामी फागून ९ गते शुक्रबार भव्य रूपमा संचालन हुने भएको छ। उक्त कुरा आयोजकका तर्फबाट आज कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो। नेपालको टिकेटिङ्ग पार्टनर खल्ती र भारतको टिकेटिङ्ग पार्टनार सजिलो इभेन्टस रहेको उक्त कार्यक्रमको आजसम्म अढतिस सयवटा टिकट बिक्रि भैसकेको । जनाईएको हो। जसको प्रोडक्सन टिम ग्याङ्ग स्पेश बिर्तामोड, साउण्ड सिस्टम इण्डियन बंगाल साउण्ड सिस्टम, कार्यक्रम होष्ट पूर्व मिस नेपाल माल्भिका सुब्बा, कन्टेन्ट क्रियेटर लिला भण्डारी, टाईटल स्पोन्सर ब्रिज इन्टरनेशनल बिर्तामोड,हस्पिटालिटी पार्टनर होटल मेची काउन, बेभरेज…