Skip to main content

ओरेन्ज समाचार

बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८२ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई

Advertisement

बिर्तामोड, २८ जेठ

बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम आगामी जेठ ३१ गते बिर्तामोड सिटी सेन्टरमा भव्य रूपमा आयोजना हुने भएको छ। गोर्खा फाउण्डेसन नेपालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

यस वर्षको विशेष सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई प्रदान गरिनेछ। कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको र अघिल्लो वर्षदेखि सुरु भएको यो सम्मानलाई यसपटक पनि निरन्तरता दिइएको छ।

यो वर्षदेखि नगद राशीको व्यवस्था हटाइएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए। अघिल्लो वर्ष भने कदरपत्रसँगै नगद पनि प्रदान गरिएको थियो।

कार्यक्रममा दार्जिलिङबाट मारुनी नाच र मादल टोली, साथै स्थानिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै झापाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँचजना व्यक्तित्वलाई पनि सम्मान गरिनेछ:

हस्त परियार – संगीतकार, साहित्यकार, शिक्षक

श्याम दनुवार – झापाका प्रथम फिफा रेफ्री

पर्वत र्पोतेल – पत्रकार

सुवास मेचे – चलचित्रकर्मी

निरु परियार – पहिलो महिला अटो मेकानिक

कार्यक्रम प्रसिद्ध उद्घोषक केशव भट्टराईको संचालनमा हुनेछ भने फोटो/भिडियो बिनोद पाण्डेद्वारा खिचिनेछ। २५ वटा स्थानीय संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न हुने जनाइएको छः।

अध्यक्ष दर्नालले गोरखा राज्यका ऐतिहासिक सहयोगी नायक बिशे नगर्चीप्रति पनि सम्मान अर्पण गर्न जनसमुदायलाई उपस्थितिका लागि अपिल गरेका छन्।

प्रमुख सल्लाहकार नगेन शंकरले अध्यक्ष दर्नालको सक्रियता र योगदानप्रति धन्यवाद प्रकट गरेका थिए।

पत्रकार भेटघाट कार्यक्रममा संयोजक रोशन नेपालीले स्वागत गरिएकोमा महासचिव सुवास त्रिखत्री, सदस्य राजकुमार शिवा लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...