बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१० मा रहेको शिवालय हाटबजार व्यवस्थापन समितिको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ। शिवालय टोलमा गत वर्षदेखि सञ्चालनमा रहेको शिवालय हाटबजारमा एक दिवसीय स्वास्थ्य शिविर, सम्मान, मनोरञ्जनात्मक लठ्ठा तान्ने खेललगायत विविध कार्यक्रमसहित हाटबजार समितिले वार्षिक उत्सव सम्पन्न गरेको हो। शिवालय हाटबजार व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सदस्य संगीता भण्डारीले गरेकी थिइन्। समितिका अध्यक्ष तथा जग्गादाता श्रेष्ठले स्थानीय बृद्धबृद्धा बुबाआमाले टाढाको बजार भर्दा देखिएको कठिनाइ र सास्तीमा सहजता होस् भनेर हाटबजारको स्थापना गर्न…
१९ भदौ,बिर्तामोडबिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा महिला तर्फ सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो भने कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ। बिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा सामुहिक नृत्य प्रतियोगिता र…
बिर्तामोड ८, नेपाली काँग्रेस वडा समिति तथा महिला संघको आयोजनामा सम्पन्न भएको तिज बिशेष कार्यक्रम उत्तम कटुवालको सभापतित्व र मेची आखा अस्पतालको अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यता बिभिन्न रोचक खेल र सांस्कृतिक कार्यक्रमको साथमा दर खाएर सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य सिता पौडेल,प्रदेश सदस्य रन्जिता कार्की, बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा,किसान संघको केन्द्रीय सदस्य चिरनजिबी कार्कि, राप्रपा जिल्ला सदस्य नबिन भट्टराई,नेपाली काँग्रेस वडा ९ सभापति बासु अधिकारी, एमाले वडा ८ का अध्यक्ष किशोर भट्टराई, खेम सिटौला, कुमार दर्नाल लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा मिउजिकल चियर खेलमा प्रथम, द्वितीय र तृतीय लाई सम्मान…
१८ भदौ,झापाबिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ । गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद…
१६ भदौ,झापाबिर्तामोड-१० बिराटपोखरको एक कृतन मण्डलीले एउटा कार्यक्रमको आयोजना गरि सातवटा कृतन मण्डलीलाई एकै साथ सम्मान गरेको छ। त्यहाँ स्थित मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अन्तर्गतको मनकामना काली कृतन मण्डलीले उक्त सम्मान कार्यक्रम गरेको हो। गत शनिबार दिवा सत्रमा मण्डलीका महिला दिदि बहिनीहरुलाई दर खुवाई मनोरन्जन र नृत्य प्रतियोगिता समेत गराई साँझ छिमेकी कृतन मण्डलीहरुलाई सम्मान गरिएको आयोजक मण्डलीले जानकारी गराएको हो। मण्डलीले श्रावण महिना भरि बिर्तामोड-१० स्थित बिराटपोखरको मनकामना काली मन्दिरमा दैनिक भजन कृतनको आयोजना गरेको र उक्त कार्यक्रममा सहयोग गर्ने छिमेकी कृतन मण्डलीहरु नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली बिर्तामोड-३ बिराटपोखरी,बिराटपोखर शिव कृतन मण्डली…
१५ भदौ,बिर्तामोड महिला संघ बिर्तामोड-९ ले आयोजना गरेको तीज विशेष कार्यक्रममा महिला दिदि बहिनीहरु दिल खोलेर नाँचेका छन्। आज महिला संघ बिर्तामोड-९ को आयोजनामा उद्रकान्त स्मृति प्रतिष्ठान बितामोड-९ को हाताभित्र तीज विशेष कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा दर खाने कार्यक्रमसँगै अन्य रोचक प्रतियोगितात्मक बिबिध कार्यक्रम समेत संचालन गरिएको आयोजक बिर्तामोड-९ महिला संघले जानकारी गराएको हो। महिला संघ बिर्तामोड-९ सभापति कौशिला सिटौलाको समापतित्व तथा नेका प्रदेश १ सदस्य रञ्जिता कार्कीको प्रमुख आतिथ्यता तथा बिशिष्ट अतिथिहरु महासमिति सदस्य सिता पौड्याल,भूमा घिमिरे, प्रदेश सदस्य खड्ग बस्नेत जिल्ला सदस्य जल कुमार गुरुङ्ग, पार्बता गिरी, तारा कार्की, नारायण प्रसाद पौड्याल, उद्रकान्त स्मृति प्रतिष्ठानका जग्गा…
बिर्तामोड नगरपालिका वडा १० को लाखे नाचका कलाकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेवा देय दवु बिर्तामोड १० को अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा बिमल श्रेष्ठ, मित्रलाल श्रेष्ठ, कुमार मल्ल, पदम श्रेष्ठ,चन्द्र बहादुर तामाङ लगायत व्यक्तिहरुको उपस्थिती थियो । सचिव गोपाल श्रेष्ठले सञ्चालन गर्नु भएको औपचारिक कार्यक्रममा नेवार जातिको कला, संस्कृति र धर्मको संरक्षण गर्न अगि बडेका नया पुस्ताका ८ जना कलाकारहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
चोरी भएको दानपेटिका देखाउँदै अध्यक्ष संग्रौला१४ भदौ,झापा केहिदिन देखि मठ मन्दिर शिवालयका दानपेटिका चोरी गरि नगद लैजाने घटनामा बृद्धि भैरहेको छ। चोरले आफ्नो निशानामा यस्ता धार्मिक स्थलहरुलाई अहिले प्राथमिकतामा राख्ने गरेको पाईन्छ। जत्ति नै सजग हुँदा पनि चोरको नेत्र चोरी तर्फ नै हुने गर्दछ अतः उनीहरु घरका सामाग्री नगदका साथै सार्बजानिक मठ मन्दिरका दान पेटिका वा अन्य भौतिक सामाग्री चोरी गर्न तर्फ हाल उन्मूख भै रहेको पाईन्छ । गत बर्ष बिर्तामोड-३ स्थित दुर्गा मन्दिरको दानपेटिकाबाट नगद चोरी भयो। सोही बर्ष बिर्तामोड-३ कै सतानु सिंह राजबंशी स्मृति प्रतिष्ठानका भौतिक सामाग्री चोरी भयो । केही महिना अगाडी बिर्तामोड-१० शिवालय चोकको शिवालयबाट दुई पटक पटक…
बिर्तामोड ९, उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठान महिला समूह द्वारा तिज विशेष कार्यक्रम भदौ १५ गते शनिबारको दिन मनाउने तयारी हुँदैछ । नृत्य, हन्डी फोर्ने, सियोमा धागो छिराउने, मिउजिकल चियर प्रतियोगिता लगायत प्रस्तुती रहने उक्त कार्यक्रममा बिभिन्न जाति का पहिचान झल्कने पोसाकसहित सम्पूर्ण महानुभावहरु बिहान १०:३० बजे उपस्थित भइदिनु हुन अनुुरोध गर्दै कार्यक्रम संयोजक कौशिला सिटौला( लुइटेल) ले जानकारी दिनु भयो ।
९ भदौ, झापाचर्चित गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीत सँगै फेरि एक पटक तीज मनाउने चेलीबेटीमा खुशीयाली छाएको हो। हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी हुन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् । गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ । गत बर्ष भन्दा अघिल्लो बर्ष उनले गाएको तीजको चर्चित गीत चरि जेलैमाले माझीलाई चर्चित…