Skip to main content

ओरेन्ज समाचार

Avatar

ओरेन्ज समाचार

294 Posts
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न।

बिर्तामोड,२९ भदौ नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको अध्यक्ष आन्नद गुरुङको सभापतित्व र संविधान सभा सदस्य सुदिर सिवाकोटीको प्रमुख आतिथ्यतामा बिर्तामोडको इन्द्रेनी ब्याङकेटमा प्रथम नगर भेला कार्यक्रम सम्पन्न भएको छ । बिशिष्ठ अथितिहरुमा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र महसमिति सदस्य नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ हुनु हुन्थ्यो भने अथितिहरुमा सिता पौडेल, अनुज खड्का, देवी घिमिरे, उमा सिवाकोटी, राधा सुब्बा, यज्ञ प्रताप अधिकारी, छत्र गिरी, घनश्याम चौधरी, मिरा खड्का, दिलकुमार नेम्बाङ, हस्त आङ्देम्बे, बिरेन मेचे लगायत व्यक्तिहरुको उपस्थिती भएको उक्त कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति वडा समितिहरु पनि उपस्थित थिए। कार्यक्रममा स्वागत…
Read More
संघियको लिम्बुवान प्रान्तिय महिला मञ्च झापाको  ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न

संघियको लिम्बुवान प्रान्तिय महिला मञ्च झापाको ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न

संघिय को लिम्बुवान प्रान्तिय महिला मञ्च झापा ५ औ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न संघिय उपाध्यक्ष बिष्णु भट्टराईको प्रमुख आथित्यता र अमृता थामसुहाङको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा १३ सदस्यीय समिति निर्माण भएको हो । झापामा रहेको सम्पूर्ण पालिकाहरुमा सङ्गठन बिस्तार गर्ने योजना रहेको उक्त अधिवेशनबाट बनेको नया समितिमा अमृता थामसुहाङ पुन अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ ।
Read More
योगदान राष्ट्रको लागि झापाको जानकारी

योगदान राष्ट्रको लागि झापाको जानकारी

योगदान राष्ट्रको लागि केन्द्रिय समितिको साधारण सभा आसोज ५ र ६ गते काठमाडौमा हुने भएकोले झापा जिल्लाभर सदस्यता लिने नबिकरण गर्ने र डाटा पठाउनु पर्ने भएकोले सदस्यता लिने र नबिकरण गर्ने कार्य ३ दिनलाई थप गरिएको सूचित गरिन्छ  ।  आजको मिति सम्म झापाबाट आजीबन सदस्य लिने  सदस्यज्युहरु यस प्रकार छन् । १. प्रदीप कुमार संग्रौला २. चेतना निरौला  ३. अनिता कार्की बिष्ट ४. यसोदा भट्टराई  ५. यमि रिजाल शर्मा ( यमुना )  ६. सीता कुँवर उप्रेती  ७. जीवन चौलागाईं  ८. यमुना आचार्य  ९. मातृका लम्साल  साधारण सदस्य लिनेहरु यस प्रकार छन् । १. डिल्लीराम पोख्रेल  २. कंचनबिन्दु थापा  ३. सीता…
Read More
स्व. धनबहादुर गुरुङ र स्व. डम्बर कुमारी गुरुङ को स्मृतिमा चौतारा निर्माण कार्यक्रम सम्पन्न।

स्व. धनबहादुर गुरुङ र स्व. डम्बर कुमारी गुरुङ को स्मृतिमा चौतारा निर्माण कार्यक्रम सम्पन्न।

बिर्तामोड १० को उपबन (समाधिस्थल) मा श्रीमती मनमाया गुरुङ, छोरा बुहारीहरू दिलीप गुरुङ र रेजिना गुरुङ, लल्लु गुरुङ र दुर्गामाया गुरुङ, छोरी ज्वाइँहरु बिमला गुरुङ र चन्द्र कटुवाल, गिता गुरुङ र उदय गुरुङ, मीना गुरुङ र पर्शु भन्डारीले समाधिस्थल आउने मलामीहरूको सहजतालाई मध्य नजर गरेर चौतारा भनाइएको हो । करिब रु. १,०८,००० लागतमा निर्माण गरिएको चौतारा स्व.धनबहादुर गुरुङको ४९ औ दिनको पुन्य तिथीमा उद्‍घाटन गरिएको हो । धार्मिक लामा पढाएर उद्‍घाटन गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र सापडिग्री टोल विकास समितिको अध्यक्ष मोहन कुमार उप्रेतीको सभापतित्वमा भएको थियो । दिपक श्रेष्ठ, गृबराज कन्दङवा, बिनिता लिम्बु, भोला…
Read More
अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

 २१ भदौ,बिर्तामोड भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्…
Read More

बिराटपोखरीमा तीजको रौनक,नृत्यमा प्रथम भईन नम्रता

 २१ भदौ,बिर्तामोड बिर्तामोड-३ बिराटपोखरीमा धुमधामका साथ हरितालिका तीज मनाईयो। यस दिन महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै बिहान शुद्ध भएर भगवान महादेबको पूजा आजा गरि दिनभर पानी पनि नखाई निराहार ब्रत बस्ने परम्परा छ । बिहानै देखि बिराटपोखरीको वरिपरिका मन्दिर लगायत अन्य मन्दिरहरुमा ब्रतालु र श्रद्धालु महिलाहरुको भिडभाड देखिएको हो। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत…
Read More
शिवालय बजारको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न 

शिवालय बजारको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न 

                बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१० मा रहेको शिवालय हाटबजार व्यवस्थापन समितिको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ।      शिवालय टोलमा गत वर्षदेखि सञ्चालनमा रहेको शिवालय हाटबजारमा एक दिवसीय स्वास्थ्य शिविर, सम्मान, मनोरञ्जनात्मक लठ्ठा तान्ने खेललगायत विविध कार्यक्रमसहित हाटबजार समितिले वार्षिक उत्सव सम्पन्न गरेको हो।     शिवालय हाटबजार व्यवस्थापन समितिका अध्यक्ष  केदारबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सदस्य संगीता भण्डारीले गरेकी थिइन्।    समितिका अध्यक्ष तथा जग्गादाता श्रेष्ठले स्थानीय बृद्धबृद्धा बुबाआमाले टाढाको बजार भर्दा देखिएको कठिनाइ र सास्तीमा सहजता होस् भनेर  हाटबजारको स्थापना गर्न…
Read More
बिराटपोखरीमा तीजमा सामुहिक र एकल नृत्य प्रतियोगिता हुने

बिराटपोखरीमा तीजमा सामुहिक र एकल नृत्य प्रतियोगिता हुने

१९ भदौ,बिर्तामोडबिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा महिला तर्फ सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो भने कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ। बिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा सामुहिक नृत्य प्रतियोगिता र…
Read More
बिर्तामोड ८ मा रोचक खेल र नृत्य सगै तिज कार्यक्रम सम्पन्न

बिर्तामोड ८ मा रोचक खेल र नृत्य सगै तिज कार्यक्रम सम्पन्न

बिर्तामोड ८, नेपाली काँग्रेस वडा समिति तथा महिला संघको आयोजनामा सम्पन्न भएको तिज बिशेष कार्यक्रम उत्तम कटुवालको सभापतित्व र मेची आखा अस्पतालको अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यता बिभिन्न रोचक खेल र सांस्कृतिक कार्यक्रमको साथमा दर खाएर सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य सिता पौडेल,प्रदेश सदस्य रन्जिता कार्की, बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा,किसान संघको केन्द्रीय सदस्य चिरनजिबी कार्कि, राप्रपा जिल्ला सदस्य नबिन भट्टराई,नेपाली काँग्रेस वडा ९ सभापति बासु अधिकारी, एमाले वडा ८ का अध्यक्ष किशोर भट्टराई, खेम सिटौला, कुमार दर्नाल लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा मिउजिकल चियर खेलमा प्रथम, द्वितीय र तृतीय लाई सम्मान…
Read More
बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी

बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी

१८ भदौ,झापाबिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ । गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र  दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद…
Read More