ओरेन्ज समाचार

अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

Advertisement

 २१ भदौ,बिर्तामोड

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।

यस दिन गीत संगीत लगायत बिभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिन्छ। यसै अवसरमा बिर्तामोड-१० त्रिपुरेश्वर शिवालय मन्दिर शिवालय चौकमा समेत तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गरिएको हो । गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति त्रिपुरेश्वर शिवालय मन्दिर संरक्षण समितिको पहलमा कोषाधक्ष गोमा श्रेष्ठ,सचिवमा चन्दा पौडेल,सहसचिवमा निर्मला न्यौपाने रहेको समितिले पूजा लगायत बिबिध कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रममा उल्लेख्य महिला दिदि बहिनीहरुको उपस्थिति रहयो।

हरितालिका तीजकै अवसरमा त्यहाँ बिभिन्न खेलको कार्यक्रमको समेत आयोजना गरिएको हो जसमा चम्चा दौड तर्फ  कला श्रेष्ठ, पिठो दौड तर्फ रोबिन श्रेष्ठ, कोक खाने तर्फ टिका राय,पानी भर्ने तर्फ गीता भुजेल,म्यूजिकल चेयर तर्फ निशा पौडयाल र बबी राई साथै हण्डी फुटाई तर्फ रूपा न्यौपानेले पुरस्कार हात पारे।

हरितालिका तीज आयोजक समिति संयोजक गायत्रा न्यौपानेको अध्यक्षता तथा प्रमुख अतिथि बिर्तामोड नगर पालिका वडा न-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्गको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन निर्मला न्यौपाने र पदम श्रेष्ठले गरेका हुन् भने मन्दिर समिति उपाध्यक्ष पूर्ण पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश र स्वागत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्...
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...