ओरेन्ज समाचार

बिराटपोखरीमा तीजको रौनक,नृत्यमा प्रथम भईन नम्रता

Advertisement

 २१ भदौ,बिर्तामोड

बिर्तामोड-३ बिराटपोखरीमा धुमधामका साथ हरितालिका तीज मनाईयो। यस दिन महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै बिहान शुद्ध भएर भगवान महादेबको पूजा आजा गरि दिनभर पानी पनि नखाई निराहार ब्रत बस्ने परम्परा छ । बिहानै देखि बिराटपोखरीको वरिपरिका मन्दिर लगायत अन्य मन्दिरहरुमा ब्रतालु र श्रद्धालु महिलाहरुको भिडभाड देखिएको हो।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।

यसै अवसरमा बिर्तामोड-३ स्थित बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिको आयोजनामा एतिहासिक धार्मिक पर्यटकिय स्थल बिराटपोखरीमा तीजको अवसर पारेर शुभकामना आदान प्रदान साथै महिला दिदिबहिनीहरुको मनोरन्जको लागि प्रतियोगितात्मक नृत्य प्रतियोगिता, प्रश्नोत्तर लगायतका रोमान्चक प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईले जानकारी गराए। यस अवसरमा सो कार्यक्रममा दर्शक तथा श्रद्धालुहरुको बाक्लो उपस्थित रहेको हो।

तीजको गीत संगीतमा महिला दिदि बहिनीहरुले जमेर नृत्य प्रश्तुत गरे। सामूहिक र व्यक्तिगत रूपमा नृत्य प्रश्तुत गरिरहदा त्यहाँको माहौल रंगारंग भएको हो । निर्जल भई ब्रत बसेका महिला दिदिबहिनीहरुले ब्रतको पिडा  समेत भुलेर तीजको गीत संगीतमा आकर्षक नृत्य प्रश्तुत गरे।

आकर्षक नृत्य प्रस्तुत गरेर नम्रता भट्टराई उप्रेती प्रथम भईन् उनलाई बिर्तामोड-३ नगरपालिकाका कार्य समिति सदस्य लक्ष्मी रोकाले,द्धित्तिय हुने मुना थापा ओलीलाई बिराटपोखर टोल बिकाश संस्था अध्यक्ष मन प्रसाद उप्रेतीले, तृत्तिय हुने रन्जु पाठक सिटौलालाई समाजसेवी कमल प्रसाद कडरियाले,सान्तवना हुनेहरु अयोध्या पौड्याललाई बिराट सरोवर बहुउद्देश्यीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाद प्रसाईले,एन्जिला पौड्याल र साथीहरुलाई संचारकर्मी लिला अनमोलले,रेजु र साथीहरुलाई बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाईले र एलिसा र साथीहरुलाई बिराट सरोबर बहुउद्देश्यीय बिकाश समिति सचिव जगनाथ भट्टराईले पुरस्कार र प्रमाण पत्र प्रदान गरे भने निर्णायकहरुमा पूर्व शिक्षक नारायण शिवाकोटी,नृत्य प्रशिक्षक नरेन तामाङ्ग र बैंकर मुकुन्द गौतम रहेका हुन् साथै प्रथम पुरस्कारको प्रायोजन स्थानिय समाजसेवी सन्तोष उप्रेती,द्धित्तिय पुरस्कार समाजसेवी कुमार चूडाल र  तृत्तिय पुरस्कार समाजसेवी प्रकाश उप्रेतीले प्रायोजन गरेको जनाईएको हो। 

बिराटसरोबर बहुउद्धेश्यिय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षता,बिर्तामोड नगरपालिका वडा न.-३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष प्रसाईले गरेको कार्यक्र ।मको संचालन सरोबरका सहसचिव अर्जुन उप्रेती र भावना अधिकारीले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्...
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...