Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी

Advertisement



१८ भदौ,झापा
बिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ ।

गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र  दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद चोरी भएको प्रसाईले बताए।

चोरले करिब आठ तोला सुन,छ तोला चाँदी र चालिस हजार नगद लगेको प्रसाई दम्पतिले जानकारी गराए भने त्यसपछि अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकारी गराई त्यहाबाँट प्रसनि नरोत्तम थापाको कमाण्डमा प्रहरी र इप्रका बिर्तामोडबाट समेत प्रहरी आई चोरीको जाँचबुझ र मुचुल्का लैजाने कार्य भएको हो ।

इप्रका अनारमनीमा प्रसाईले चोर पत्ता लगाई धनमाल फिर्ता गराई पाँउ भनि निबेदन दिएको छिमेकी भोला पाण्डेले बताएका छन्।

प्रसाईको घरको सामान्य रेखदेख प्रसाईले नजिकै घर बनाएर राखेका शेर्पा परिवारले गर्दै थिए। तथापि उनको श्रीमान पनि पहाड गएका जनाईएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...