Skip to main content

ओरेन्ज समाचार

शिवालय बजारको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न 

Advertisement

             
  बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१० मा रहेको शिवालय हाटबजार व्यवस्थापन समितिको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ।

     शिवालय टोलमा गत वर्षदेखि सञ्चालनमा रहेको शिवालय हाटबजारमा एक दिवसीय स्वास्थ्य शिविर, सम्मान, मनोरञ्जनात्मक लठ्ठा तान्ने खेललगायत विविध कार्यक्रमसहित हाटबजार समितिले वार्षिक उत्सव सम्पन्न गरेको हो।

    शिवालय हाटबजार व्यवस्थापन समितिका अध्यक्ष  केदारबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सदस्य संगीता भण्डारीले गरेकी थिइन्।

   समितिका अध्यक्ष तथा जग्गादाता श्रेष्ठले स्थानीय बृद्धबृद्धा बुबाआमाले टाढाको बजार भर्दा देखिएको कठिनाइ र सास्तीमा सहजता होस् भनेर  हाटबजारको स्थापना गर्न अग्रसर भएको बताए।  उनले अब बजारको विस्तार तथा आवश्यकीय संरचना निर्माण गर्न स्थानीय सरकार तथा हुने र सक्नेले सहयोग गर्न आग्रह गरे।

    

     कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड-१० का वडाध्यक्ष दुर्योधन गुरुङले उपभोक्ता र व्यापारीको हितमा थप हाटबजार सञ्चालन हुनु खुशीको कुरा भएको भन्दै प्रक्रिया पूरा गरेर हाटको दिगो व्यवस्थापन र न्यूनतम आवश्यकता परिपूर्ति गर्न  वडाको तर्फबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ठ अतिथि बिर्तामोड शहरी खानेपानी संस्थाका अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका योजना अधिकृत मेघराज बास्तोलाले शुभकामना व्यक्त गर्दै बजारलाई आवश्यक पूर्वाधार विकासका लागि नगरपालिकाका तर्फबाट पहल गर्ने तथा उभभोक्ताको मागबमोजिम खानेपानी उपलब्ध गराउन आफू लागिपर्ने बताए।

      शिवालय हाटबजार व्यवस्थापन समितिद्वारा आयोजित पहिलो वार्षिक उत्सवका अवसरमा स्वास्थ शिविर, सम्मान तथा मनोरञ्जनात्मक खेल लगायत विविध कार्यक्रम सम्पन्न भएको हो।

      शिवालय बजार व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य संगीता भण्डारीले स्वागत गरेकी थिइन् ।

      कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष नित्यानन्द दाहाल, पूर्व अध्यक्ष सागर भट्टराई, त्रिपुरेश्वर शिवालय मन्दिर समितिका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठ, पूर्व अध्यक्ष सागर भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए।

     कार्यक्रममा स्वास्थ्य शिविर संयोजन कर्ता सारुका मेडिकल हलका सञ्चालक  रुद्र बजगाईं , प्राविधिक सहयोग गर्ने बीएनसी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सरस्वती गुरुङ र फिजिसियन डा. विकास कार्की तथा नियमित रुपमा वर्षभरि हाटबजार भर्ने लक्ष्मीनारायण टोलका असल उपभोक्ता  रोशनकुमार राईलाई सम्मानपत्रले सम्मान गरिएको थियो। त्यस्तै साप्ताहिक रुपमा हरेक बुधबार लाग्ने उक्त हाटबजारमा नियमित व्यापार गर्ने विभिन्न  व्यवसायीलाई समेत सम्मान गरिएको समितिका उपाध्यक्ष  खुबराज भट्टराईले जानकारी दिए।

     सोही अवसरमा आयोजित लठ्ठा तान्ने खेलका विजेता जर्मन टोल विकास संस्था र उपविजेता नमूना टोल विकास संस्थालाई क्रमशः ४ किलो र २ किलो भाले पुरस्कार प्रदान गरिएको सचिव चन्दा पौडेलले जानकारी दिइन्।

      सिर्जना बालक्लबका कलाकारले स्वागत नृत्य प्रस्तुत  कार्यक्रमको सञ्चालन ताराप्रकाश भट्टराईले गरेका थिए ।

    

    

      

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...