४ श्रावण,झापाबैदेशिक रोजगरीको क्रममा साउदी अरबमा मृत्यू भएका बिर्तामोड-९ टाँगाबारी टोलका उन्ननचालिस बर्षिय उमेश कँडेलको शव करिब दुई महिना पछि आज झापा उनको' घरमाआईपुग्ने भएको छ। सउदी अरवको अल लोआङ्ग अल हैदित जेनरल कन्ट्रक्टिङ्ग इस्ड कम्पनीमा कार्यरत कँडेलको हृदयघातका कारण गत जेठ चौध गते सउदी अरबमा मृत्यू भएको कँडेलका पारिवारिक नाता समेत पर्ने छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। । श्रेष्ठका अनुसार कॅडेलको श्रीमति सहित एकजना तेरह बर्षकी छोरी रहेका छन्।गत वर्ष पुष बीस गते साउदी गएका उनी एजेन्टले भने जस्तो काम र भनेजति तलब नदिएको गुनासो घरपरिवारसंग गर्ने गरेको र सो सम्बन्धि एजेन्टलाई गुनासो गर्दा एजेन्टले उल्टै थर्काउने गरेको घर परिवारसंग…
३ श्रावण,झापाबैदेशिक रोजगारीको क्रममा कुबेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामापरि मृत्यू भएकी बिर्तामोड-९ कोलाटालीकी जलिना तामाङ्गको शव मृत्यु भएको आठ दिन पछि आज घर ल्याईपुरयाईएको छ। आजै बिहान कुबेतबाट चार तीस बजे बिहान काठमाण्डौं आईपुगेको शवलाई बेलुका पाँच बजेर तीस मिनेटको समयमा बिर्तामोड-९ कोलाटोली उनको घरमा ल्याईपुरयाईएको छिमेकी रमेश कार्कीले बताए। चारमहिना अघि बैदेशिक रोजगारीको क्रममा कुबेत गएकी छब्बिस बर्षिय जलिनाको गत बिहिबार आठ बजे राती कुबेतको मंगाफ क्षेत्रमा सडक पार गर्ने क्रममा दुर्घटनामा परि मृत्यू भएको परिवारले जनाएको हो भने उनको पार्थिव शरिरलाई भोली चार गते शुकबार बिहान कन्काई माईमा अन्तिम संस्कार गरिने पारिवारजनले बताएका छन्। जलिना कुबेतको अल-जजिरा कम्पनीमा कार्यरत…
३ श्रावण,झापाझापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप/कार, ३१ ट्र्याक्टर र ६० टेम्पो…
३ श्रावण,बिर्तामोडबिर्तामोड-३ बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा राखिने गरि तयार पारिएको डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको जनाएको हो । सो शालिक बिर्तामोड वडा न.-३ कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए साथै नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान समेत संचालन गरिने बस्नेतले जानकारी दिए । सम्बधित निकायबाट जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको हो बस्नेतले भने । स्व.डोमालाल राजबशीले बिर्ताबजार-३ झापा स्थित रंगशाला लगायतको जग्गा दान गरेका हुन्।
किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फ्याकको सभापतित्व र राष्ट्रिय चुम्लङ परिषद सदस्य जन बहादुर जबेगुको प्रमुख आथित्यतामा कि या चु झापा जिल्ला जग्गा र भवन दाता स्व. नरेन्द्र ब. आङबुहाङको श्रीमती स्व. कमला देवी आङबुहाङको छैटौ स्मृति दिवस कि या चु झापा जिल्ला भवनमा श्रवण २ गते बुधबार सम्पन्न भयो । प्रमुख अथितीले च्याब्रुङ बजारएर उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा जग्गा दाता परिवार, हल्दिबारी गाउपालिकाको अध्यक्ष रविन्द्र लिङदेन, कि या चु बिर्तामोड अध्यक्ष हिमालय प्रकाश कन्दङवा, कि या चु सल्लाहकार पुर्णहाङ जबेगु, कि या चु वडा शाखा अध्यक्षहरु श्रवण आङदेम्बे, सिके बेघा, गणेश लिङदम, डम्बर नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिती…
२ श्रावण,झापाहिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसीको विरुवा रोपेर ब्रत बसी हरिशयनी एकादशी पर्व मनाउँदै छन् । तुलसीलाई धार्मिक एवं बैज्ञानिक महत्वको बिरुवाको रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ र यो दिन तुलसीको विरुवा रोप्ने गरिन्छ । घरको आँगनमा तुलसीको मठ स्थापना गरी तुलसीको विरुवा रोप्दा देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ । एकादशीकै दिन भगवान विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीको दिन भगवान हरि क्षीर सागरमा शयन हुने र कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधनी एकादशीको दिन जागा हुने विश्वास पनि रहेको छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि विभिन्न…
१ श्रावण,झापाबेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्ष उमेर बताउने जामुनलाल झाँगडलाई जंगलमा छाडेको चार दिनपछि उद्धार गरिएको छ।जंगलमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएको उनले बताएका हुन्। उनलाई वन कर्मचारीले उद्धार गरेका हुन्। वन हेरालु टोलीले जामुनलालको उद्धार गरेपछि स्थानीय बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ। बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए। जामुनलालको शरीरमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्थामा नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। बेलबारी नगरपालिका–७ डाङ्गी टोलमा बस्दै आएका जामुनलालका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताएकी छन् भने बनका हेरालु हरुले उनको उद्दार गरिएको हो।
१ श्रावण,झापाझापा बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ । २६ वर्षीया तामाङ्गको कुवेतको मंगाफ क्षेत्रमा गत २८ असार बिहीबारको दिन बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिए पछि मृत्यू भएको जनाईएको हो । माईत घर संखुवासभा रहेको उनी अल–जाजिरा कम्पनीमा कार्यरत रहेको र चार महिनाअघि कुवेत गएकी थिइन् भने उनको एक छोरी र श्रीमान् रोशन तामाङ्ग रहेकोमा श्रीमान समेत बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको छिमेकी मिना लिम्बु राईले जानकारी दिइन्। घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भैसकेको र उनको शवलाई नेपाल ल्याउने प्रयास भैरहेको श्रोतको भनाई रहेको छ ।
१ श्रावण,झापाडि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा सम्मानित हुनुहुने भएको छ । देवकुमार आचार्य (डि कौडिन्य) जनपक्षीय पत्रकारको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता , प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामालाई संयुक्त रूपमा सम्मानित गर्ने निर्णय गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो । ३१ असारमा बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बृद्धि गरेको अध्यक्ष पाठकले बताए ।स्थापनाकालमा ११ हजार रुपैयाँ राशी…
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बियालाई १–० ले पराजित गरेर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२ औ मिनेटमा अर्जेन्टिनाको तर्फबाट लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको हो । यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको हो। अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।