Skip to main content

ओरेन्ज समाचार

ब्रत बसेर तुलसी रोपी एकादशी पर्व मनाईदै

Advertisement

२ श्रावण,झापाहिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसीको विरुवा रोपेर ब्रत बसी हरिशयनी एकादशी पर्व मनाउँदै छन् । तुलसीलाई धार्मिक एवं बैज्ञानिक महत्वको बिरुवाको रूपमा मानिन्छ ।

आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ र यो दिन तुलसीको विरुवा रोप्ने गरिन्छ । घरको आँगनमा तुलसीको मठ स्थापना गरी तुलसीको विरुवा रोप्दा देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ । 

एकादशीकै दिन भगवान विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीको दिन भगवान हरि क्षीर सागरमा शयन हुने र कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधनी एकादशीको दिन जागा हुने विश्वास पनि रहेको छ । 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि विभिन्न स्थानमा रहेका भगवान विष्णुका मन्दिर तथा नदी किनारहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...