Skip to main content

ओरेन्ज समाचार

दुई महिना पछि साउदीबाट बिर्तामोड-९ का कँडेलको शव घर आउँदै

Advertisement


४ श्रावण,झापा
बैदेशिक रोजगरीको क्रममा साउदी अरबमा मृत्यू भएका बिर्तामोड-९ टाँगाबारी टोलका उन्ननचालिस बर्षिय उमेश कँडेलको शव करिब दुई  महिना पछि आज झापा उनको’ घरमाआईपुग्ने भएको छ। सउदी अरवको अल लोआङ्ग अल हैदित जेनरल कन्ट्रक्टिङ्ग इस्ड कम्पनीमा कार्यरत कँडेलको हृदयघातका कारण गत जेठ चौध गते सउदी अरबमा मृत्यू भएको कँडेलका पारिवारिक नाता समेत पर्ने छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। । श्रेष्ठका अनुसार कॅडेलको श्रीमति सहित एकजना तेरह बर्षकी छोरी रहेका छन्।
गत वर्ष पुष बीस गते साउदी गएका उनी एजेन्टले भने जस्तो काम र भनेजति तलब  नदिएको गुनासो घरपरिवारसंग गर्ने गरेको र सो सम्बन्धि एजेन्टलाई गुनासो गर्दा एजेन्टले उल्टै थर्काउने गरेको घर परिवारसंग सुनाउने गरेको हुँदा सोही तनावले गर्दा उनको हृदयघातबाट मृत्यू भएको हुनसक्ने उनका श्रीमति टिकादेबी कँडेलको भनाई रहेको समेत श्रेष्ठले जानकारी दिए। एजेन्टसंग कँडेलको गुनासो भने रहेको हो। शव नेपाल फिर्ता ल्याउन समेत सम्बन्धित एजेन्टलाई पहल गरिदिन आग्रह गर्दा ढिला सुस्ती हुने भए पछि झापाली समाज साउदीको पहलमा कँडेलको शव नेपाल ल्याईएको श्रेष्ठले जानकारी दिए।
कॅडेलको शव शुक्रबार सॉझ साउदी अरब बाट चार बजे काठमान्डौमा आईपुग्ने र सोही दिन काठमाण्डौबाट झापा ल्याई शनिबार पवित्र कन्काई धाममा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...