Skip to main content

ओरेन्ज समाचार

बंगलादेशका नेपाली बिर्द्याथी पूर्वी नाका झापाबाट फर्कदै

Advertisement

५ श्रावण,झापा
बंगलादेशमा चर्किएको आरक्षण सम्बन्धिको आन्दोलनको डरले नेपालको पूर्वी नाका झापा हुदैं बंगलादेशमा अध्ययनरत नेपाली बिर्धाथीहरुको नेपाल फर्कने क्रम पूर्बी नाकाबाट हुदैं गरेको जनाईएको छ।

झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउनेजाने गर्छन्।

बेगलादेशमा आरक्षण सम्बन्धी आन्दोलन हिंसात्मक बन्दै गए पछि त्यहाका बिभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत झन्डै नब्बे जना नेपाली विर्द्याथीहरु पूर्वी नेपालको काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको अधिकारीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन्।

पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भै रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।

बाँस्तोलाका अनुसार काकरभिट्टाको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३-४ दिनदेखि पहिलाको भन्दा नेपाल फर्कनेको आँकडा केही बढेको भन्ने कुरा छ। हिजो करिब ६५ जना विद्यार्थीहरू सो नाका हुदै फर्किएको र आज २५ जना फर्किएको भन्ने तथ्याङ्क प्राप्त भएको भनाई रहेको हो ।

बाङ्ग्लादेशमा करिब तीन हजार नेपाली विद्यार्थी  रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको हो।

त्यहाँ भैरहेको आन्दोलनमा बिहीबार मात्र कम्तीमा २५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए  ।नेपाली अधिकारीहरूले बाङ्ग्लादेशको परिस्थितिलाई नजिकबाट नियालिरहेको र सबै नेपाली विद्यार्थीहरू हाल सम्म सुरक्षित रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...