२३ असार,झापाआज बिहान जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ। कचनकवल-६ मुस्लिम बस्तीको सडक छेउको बिद्युतको ट्रान्सफर्मर छेउ सोही स्थान बस्ने लक्ष्मी नारायण राजबेशीको एउटा गोरू मरेको प्रहरीले जनाइएको छ भने कुनै मानबिय क्षति भने नभएको जनाइएको हो।
बिर्तामोड,२१ असार अन्तर्राष्ट्रिय झापाली समाजको पहलमा रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड - ९ का ९० वर्षीया बोमादेवी अधिकारी, ७६ वर्षीया हिमा श्रेष्ठ र ७ वर्षीय उत्सव श्रेष्ठलाई ह्वील चियर प्रदान गरेेेको हो। स्थानीय पञ्चकन्या टोलस्थित पञ्चकन्या मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य अशोक शर्मा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले संयुक्तरूपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए। स्थानीय समाजसेवी तुलसीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, झापाली समाजका अध्यक्ष ढुंगाना, बरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य…
२१ असार,बिर्तामोड गएराति एक बजे बिर्तामोड नगरपालिकाका जे.सी.भी. चालक राजुमान लिम्बूको असमायिक निधन भएको जनाउँदै बिर्तामोड नगरपालिकाले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक्काईस असारमा शोक बिदा दिने निर्णय गरेको छ। प्रमूख प्रशासकिय अधिकृत राधा कृष्ण खतिवडाको हस्ताक्षर सहितको शोक व्यक्तब्यमा शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा बिर्तामोड नगपालिकाको तर्फ बाट गहिरो समबेदना प्रकट समेत गरिएको हो।
बिर्तामोड,१४ असार, हेलेन केलरको १४४ औं जन्म जयन्ती तथा नेत्रहीन संघको २७ औ स्थापना दिवसको अवसरमा कम्प्युटर तालिम र संगीत तालिम को समापन साथमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड-३, बिर्ताबजारस्थित संघको सभाहलमा हेलन केलर जयन्ती, पालिका स्तरीय स्थानीय अपाङ्गता संघ (ओपीडी) हरुबीच हाजिरी जवाफ प्रतियोगिता, व्ययसायिक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटनसहित विविध कार्यक्रम सम्पन्न गरिएको हो। नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए। त्यसैगरी सातवटा पालिकाका विभिन्न अपाङ्गता संघहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा दमक , बिर्तामोड र…
२० असार,झापा अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालले आज बाट थप शल्यक्रिया सेवा थपेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । नगरप्रमुख बलदेव गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो । उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
२० असार,झापाझापा बिर्तामोडको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसै बीच झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अन्तरक्रियामा आफ्नो अनुभव साँटेका हुन्। कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेन श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरे भने ग्रेसका संस्थापक प्रमुख एन्ड्र्यु पौडेल, परामर्श सल्लाहकार राधाकृष्ण धिताल, बिर्तामोड शाखा प्रमुख किरण बिमली सहितले उक्त कार्यक्रमकोसहजीकरण गरेको जनाईएको हो ।
२० असार,एजेन्सी तपाई पानीपुरी खानु हुन्छ ? पक्कै खानु हुन्छ होला। तर तपाईंलाई यो खबर थाहा पाउँदा दुख लाग्न सक्छ। पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटिएको छ। भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको जचाईएको हो। जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ। खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन्। खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने बताएका छन्। भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली…
१९ असार,काठमाण्डाैं नुनको मूल्य बृद्धि भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बृद्धि गरेको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको हो। मूल्य बृद्धिसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ पुगेको जनाईएको छ भने न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको जनाईएको हो।