Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा घर घरमै पुगेर अशक्तलाई ह्विवल चियर बितरण

Advertisement


६ भदौ,झापा
योगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका  कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज  यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर  घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो । 

उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल  निबासी जन्मजात असक्त सत्र बर्षका मनिसा मगर,कंचनवारी टोलका असक्त जेष्ठय सदस्य एक सय दुई बर्षका पुर्ण बहादुर श्रेष्ठ,बद्रीबाडी टोलका एक्काईस बर्षका जन्मजात असक्त बिमन तामाङ्ग,टागावारी टोलका बारह बर्षका जन्मजात असक्त प्रकृति खड्का सहित गरामनी बजारका दश बर्षका जन्मजात असक्त दिक्छित पाठक रहेका हुन् । उनीहरुलाई दाताहरुको तर्फबाट प्राप्त एक एक थान ह्विवल चियर घरमै गएर बितरण गरिएको कार्यक्रम  संयोजक प्रदिप कुमार संग्रौलाले बताए। कार्यक्रम डाँडा गाउँबाट शुरू भएर गरामनी बजारमा अन्त्य भएको उनको भनाई छ। 

यसभन्दा अघि पनि बिर्तामोड -९ निबासी प्रदिप कुमार संग्रौलाकै पहलमा केही महिना अघि सोही क्षेत्रका अशक्तहरुलाई ह्विवल चियर बितरण गरिएको जनाईएको छ भने आज हिवल चियर प्राप्त गरेपछि उनीहरुका परिवारले सहयोगी दाताहरुको कार्यको खुलेर प्रशंसा गर्नुका साथै खुशी व्यक्त गरेका हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...