Skip to main content

ओरेन्ज समाचार

यस्तो छ लाखे अनि लाखेनाँचको बास्तबिकता

Advertisement

– यज्ञराज श्रेष्ठ

लाखे,के हो त यस्ले के गर्छ,के खान्छ, कहिले नाचिन्छ र कसरी नाचिन्छ भन्ने कथा र किम्बदन्ती फरक फरक भए पनि नेवारहरूको आस्था र विश्वासको नाँचले नेपाल र नेपालीलाई  चिनाउने प्रमुख सांस्कृतिक नाँच हो।

एक किम्बदन्तीअनुसार लाखे एक प्रेममा पागल भएको प्रेमी हो । उ एक राक्षस कुलमा जन्मिएको युवा थियो। एक दिन लाखेले मानव रूप धारण गरेर कठमान्डौ घुम्न आएछ। घुम्दै जादा एक ज्यापू किसानको घरमा पुगेछ। ज्यापूको एक छोरी थिइन बालामैचा,नाम जस्तै राम्री वालामैचालाई देखेर लाखेले प्रेम गर्न थालेछ। यसरी दिनदिनै मानव रूपमा आउने लाखे र बालामैचाको प्रेम भयो र बालामैचाले पनि लाखेलाई प्रेम गर्न थालिन्। 

समय बित्दै गयो एकदिन लाखेले बालामैचालाई आफु मानव नभै राक्षस भयको कुरा बतायो । यो कुरा बालामैचाले स्वीकार गरे पनि बुबा, आमा ,समाज र राजाले स्वीकार गर्न मानेनन्। यसरी नमानेपछि बालामैचाको प्रेममा लठ्ठ भएको लाखे बालामैचा बिना बाँच्न नसक्ने बरु मानवहरूमा आईपर्ने हरेक वाधाअढचन हरूमा साथ दिने भनि बाचा गरी रोइकराई गर्न थाले। यसरी राम्रो बाचा गरे पछि सबैले स्वीकार गरी तामझामको साथ लाखे भनि देवताको रूपमा पुजागरी नँचाउन थाले र यसैलाई लाखे नाँच भनिन्छ। 

लाखे भन्नाले ला को अर्थ मासु र खे को अर्थ अन्डा अथवा मासु र अन्डा लाखेको मन पर्ने भोजन भएको हुॅदा । लाखे भनियो भन्ने भनाई छ।  हरेक बर्ष नागपञ्चमीबाट शुरू हुने लाखे हरेक शहर गाउँ टोलमा भ्रमण गराई कृष्ण अष्टमीको दिन स-सम्मानको साथ  बिदा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...