Skip to main content

ओरेन्ज समाचार

जग्गाको विषयमा बाह्रदशीमा बिबाद एघार जना घाईते

Advertisement

१० श्रावण,झापा


जग्गाको विषयमा विवाद हुँदा झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे ११ बजे झापा बाह्रदशी गाउँपालिका-३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको हो ।

रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए ।

झडपमा परी बाह्रदशी-३ का अजयकुमार शाह, नितानन्द साह, रेखानन्द साह, चाँदनी साह, पद्मादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह र उनका छोरा सञ्जीव साह, विवेक साह र मुनाखरी साह घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाअनुसार ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद भइरहेको थियो । दुवै पक्षलाई बिहीबार छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियो । तर, उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी दिए ।

उनीहरूबीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको थियो । तर, विवाद मिलाउन नसकिएको बताउँदै वडाध्यक्ष टङ्क साहले भने, ‘दुवै पक्षबीच झापा जिल्ला अदालतमा सो जग्गा सम्बध मुद्दा चलिरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...