Skip to main content

ओरेन्ज समाचार

रूपनारायण-पबित्रा प्रसाई स्मृति प्रतिष्ठानबाट अक्षयकोष राहत बितरण

Advertisement

२६ साउन,झापा
झापाको बिर्तामोड-९ गरामनीका  प्रसाईं परिवारले दिवंगत माता पिताको नाममा चार वर्ष अगाडी स्थापना गरेको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले अक्षयकोष निर्माण गरि आज चाैथाे स्मृति सभा स्वरूप बिशेष कार्यक्रमकाे आयाेजना गरेको छ। कार्यक्रममा बिबिध कार्यक्रमहरु सहित प्रसाईं ट्रष्ट,कल्याणकारी काेष झापालाई एक लाख एक सय आर्थिक सहयोग साथै एघार  हजार सदस्यता शुल्क समेत हस्तान्तरण गरेकाे हो ।

मेरिकामा बसोबास गर्दै रहेका प्रतिष्ठान स्थापना कर्ता छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरि रूपनारायण–पवित्रा प्रसाईं स्मृति  प्रतिष्ठानको आज चाैथाे बार्षिक कार्यक्रम सम्पन्न गरेको हो। यसै वर्षबाट  अक्षय कोषमा रू.पाँच लाख रकम थप गरी जम्मा अक्षयकोष रकम रू.दश लाख पाँच हज़ार बनाईएको समेत जनाईएको छ  ।

प्रतिष्ठानकाे  कार्यक्रममा आफ्ना सासू ससुरालाई आफ्नै बुवा आमा सम्झी   दायित्व पूरा गर्दै आउनु भएकी बिर्तामोड-९ निवासी मीना आचार्यलाई नगद रू. पाँच हजारले सम्मान ,सोही वडाका अशक्त व्यक्ति आँखामा  समस्या भएका समीर राजवंशीलाई  नगद रू पाँच  हजार प्रदान ,क्यान्सर पीडित  फागीमाया पाठक (पराजुली ) लाई सहयाेग स्वरूप  रू. पाँच हजार    हस्तान्तरण ,प्यारालाईस बिरामी राजेन्द्र भण्डारीलाई सहयोग स्वरूप  रू पाँच हजार हस्तान्तरण गरिएकाे हो।

 त्यसै गरि बिर्तामोड -९ मा  रहेकाे दुर्गा  मा. वि . मा अध्यनरत  एक  असल,अनुशासित र जेहेन्दार   बिध्यार्थी  कक्षा ८ अध्यनरत लिला बुडाथाेकीलाई नगद रू पाँच  हजार सहित पुरस्कृत  गरिएकाे छ भने सोही वडामा  रहेकाे देवकाेटा आधारभुत प्रा. वि. मा  अध्यनरत छात्र ,छात्राहरुलाई रू. पन्ध्र हजार बराबरको  स्टेशनरी समान केही दिन पछि प्रतिष्ठानले विद्यालयमै  बितरण गरिने  समेत कार्यक्रममा जनाईएको हो ।

कार्यक्रममा प्रतिष्ठानकाे कार्य उद्देश्य,   माथि प्रकाश पार्दै  साईला छाेरा  प्रतिष्ठानका उपाध्यक्ष  डिल्लीराम प्रसाईंले प्रतिष्ठानले गरेका बिगत तथा बर्तमानको काम ,कर्तव्य बारे  प्रष्ट पार्नुका साथै । समाजमा  सकारात्मक चिन्तन बोकेर हिड्ने अनि दु:खीलाई आफ्नो ठाउँबाट सके जतिको सहयोग गर्न पाउँदा आनन्द मान्ने मानिसहरु पनि हुन्छन् । भन्दै आफ्नो भाईले गरेकाे कामकाे प्रसंशा गरे ।यस प्रतिष्ठानलाई भाई बुहारीले अमेरिकाबाट पठाइदिएको पाँच लाख पाँच  हजार  रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने समेत उनको  भनाई रह्यो  ।

 बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांङ्ग  असाहाय, जेहेन्दार, गरीब, विपन्न तथा लक्षित वर्गका स्थानीय समाजसेवी मानिसहरूकाे  पहिचान गरि सम्मान,पुरस्कार एवम् राहत प्रदान गरिने उनले बताए।

रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानले अक्षय कोषमा राखेको रकमबाट आउने ब्याजलाई समितिले पहिचान गरेर बार्षिक रूपमा कार्यक्रम गर्ने समेत उनको भनाई रह्यो । 

रूपनारायण–पवित्रा प्रसाई  स्मृति प्रतिष्ठानका  संस्थापक अध्यक्ष  कमल संग्राैलाकाे  अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्रतिष्ठान स्थापनार्थ स्व:माता पितालाई  सम्झना गर्दै माता पिताको पथमा हिड्न र समाजप्रतिको आफ्नो दायित्ववोध गर्न सधै माता पिताले दिएकाे कर्म र वचनले प्रेरणा मिलेको संस्थाकपक अध्यक्ष संग्रौलाले बताए ।

 कार्यक्रममा प्रमुख अथिती पुर्व संस्कृति मन्त्री प्रसाईं प्रतिस्ठानका केन्द्रिय पुर्ब अध्यक्ष  खगेन्द्र प्रसाई , बिशिस्ट अथिती दुर्गा  मा. वि प्रअ . लक्ष्मण शिवाकोटी भद्र प्रसाद चुडाल छबिलाल प्रसाईं  प्रदीप कुमार संग्रौला  कुल प्रसाद खरेल ,पुर्ण प्रसाद ओडारी, गाेकुल भट्टराई ,गाेपि कृष्ण प्रसाईं , लगायत स्थानीयको  उपस्तिथि रहेको हो।

  मन्तब्य राख्दै समाजमा धेरै मान्छे जन्मनछन्  तर समाजमा केही सामाजिक काम गर्नु पर्छ भन्ने मान्छे कममात्रै हुन्छन भन्दै प्रदिप कुमार संग्राैलाले प्रतिष्ठानका सदस्यहरुको खुलेर प्रशंसा गरे । यस्तै गरि ओमकार खरेलले  प्रसाईं परिवारले २००७ देखि नै  देश र समाजप्रति खेलेकाे सकारात्मक भुमिका र समाजलाई एकताबद्द बनाई रहेकाे कुरा प्रशसायोग्य रहेकोमा  जाेड दिए ।

मन्तब्यकै क्रममा  पुर्ण प्रसाद ओडारीले प्रसाई परिवारले गरेकाे  काम भगवानको कृपा पाए पछि मात्रै गर्न सकिन्छ नत्र जाे काेहिले गर्न सक्दैन भन्ने भनाई राखे। प्र.लक्ष्मण शिवाकोटीले आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले सुरु गरेको काम सराहनीय भएको बताए । पराेपकार गर्नु नै सबै भन्दा ठुलाे धर्म रहेछ ।समाजमा सामाजिक काम गर्नु ठुलाे धर्म ,पुन्य आर्जन भएकाे छ याे निरन्तर चल्दै जाहाेस् भन्दै आफ्नो तर्फबाट शुभकामना ज्ञापन गरे ।

यस्तै अर्का वक्ता शक्तिलाल भट्टराईले   कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना गरि यस  प्रकारकाे सकारात्मक काम  गरिनु उहाँ माता पिताप्रति सच्चा सम्मान हुने कुरामा जोड दिए।   

प्रतिष्ठानका अक्षयकोष  समितिका अध्यक्ष माईला छाेरा  तुलसीराम  प्रसाईले  प्रतिष्ठानलाई मजवुत बनाउन आठ दाजुभाइ सबैले सहयोग गर्नु पर्ने नाता सम्बन्ध भित्रबाट कोषमा रकम थप गर्दै जाने र भविष्यमाअग्रणी प्रतिष्ठान बनाउने योजना रहेको भाबी योजना बारे जानकारी गराए ।

  समाजमा  अरू  धेरै पैसा हुनेले गर्ने काम भन्दा याे काम धेरै ठुलाे र प्रतिष्ठित रहेकाे समेत उनले बताए  ।  अरबाै सम्पत्ति हुनेले भन्दा साेच परिवर्तन गरि सानै रकमले पनि समाजमा राम्रो काम गर्नसकिने धारणा समेत व्यक्त गरे। 

अर्को अन्तरे छाेरा  लाेकेन्द्र प्रसाईंले भने बुवा आमाले पढ्न पाउनु भएन।   विद्यालय जान नपाए पनि  बुवा आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो। छाेरा छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो भनि बताए।

बुवा आमाले सबैका छोरा छोरी पढ्नुपर्छ भन्ने गरेको र उहाँहरूकाे नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित  विद्यार्थीहरूलाई सहयोग गर्ने पाउँदा खुसी लागेकाे उनले बताए।

कार्यक्रम स्व :रूपनारायण र पवित्रा प्रसाईंका जन्तरे छाेरा समाजसेवी  नन्दकेशर (नरेश)  प्रसाईंले विष्णु लक्ष्मी समाजलाई नि : शुल्क जग्गा दिएकाे बिर्तामोड-९ को भवनमा  सम्पन्न भएकाे हो ।

 प्रतिष्ठानकै सदस्यले स्वागत गरेको कार्यक्रमको संचालन  प्रतिष्ठानका अन्तरे छाेरा लाेकेन्द्र प्रसाईंले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...