बिर्तामोड, ३० असोज
बिर्तामोड नगरपालिका वडा न. ९ मा रहेको बुधकोष ग्रामदेवी दुर्गा मन्दिरमा आज साँझ भएको एक औपचारिक कार्यक्रममा मन्दिरलाई मूर्ति दिने घोषणा भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय राजवंशीको सभापतित्व र समाजसेवी छत्र गिरीको प्रमुख आथित्यतामा नवरात्र दुर्गा पुजाको छैटौं दिनको कार्यक्रम सम्पन्न भएको छ । अतिथिहरूमा सहरी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी वासु अधिकारी, समाजसेवी गोविन्द सुवेदी, समाजसेवी गुरु दमन रिमाल र ग्रामदेवी मन्दिर पूजा समिति अध्यक्ष प्रदिप राजवंशी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रमुख अथिती छ्त्र गिरीले भारतको राजस्थानबाट दुर्गा लगायत अन्य आवश्यक मुर्तिहरु ल्याउने र मन्दिर समितिलाई हस्तान्तरण गर्ने घोषणा गर्नु भयो । गुरु दमन प्रसाद रिमालले स्वस्तिवाचन गरेर सुरु भएको कार्यक्रममा पूजा व्यवस्थापन समितिको अध्यक्ष प्रदिप राजवंशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने औपचारिक कार्यक्रम सञ्चालन पूजा व्यवस्थापन समितिका सचिव ओमकार खरेलले सञ्चालन गर्नुभयो ।



