Skip to main content

ओरेन्ज समाचार

रोङको जिल्बुङ्गमा ‘लेप्चा मोडल भिलेज’ निर्माण अभियान सुरु ।

Advertisement

रोङ, ३१ असोज

विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य इलामको रोङ गाउँपालिका–३ स्थित चिण्डेपानी (जिल्बुङ्ग) लाई लोपोन्मुख लेप्चा जातिको मौलिक पहिचान, संस्कृति र जीवनशैलीमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘जिल्बुङ्ग लेप्चा मोडल भिलेज’ निर्माण अभियान अघि बढाइएको छ।
रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोका अनुसार जिल्बुङ्गलाई सांस्कृतिक, आर्थिक, पूर्वाधार तथा पर्यटन विकासलाई एकीकृत गर्दै देश–विदेशका पर्यटक घुम्न, बस्न र रमाउन सक्ने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
यसै अभियानलाई थप प्रभावकारी बनाउन अध्यक्ष स्याङ्बोसहितको टोलीले २०८३ असोज २५ गते आइतबार भारतको कालेम्पोङ क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गरेको थियो। दार्जिलिङ नजिकै रहेको उक्त क्षेत्रको भ्रमणमार्फत स्थानीय संस्कृति, पर्यटन प्रवर्द्धन र बस्ती विकासका सम्भावनाबारे अनुभव आदानप्रदान गरिएको जनाइएको छ।
अध्यक्ष स्याङ्बोका अनुसार केही महिनाअघि चीन भ्रमणका क्रममा विभिन्न बस्तीमा विकसित नमुना गाउँहरूमा बसोबास तथा अवलोकन गर्ने अवसर प्राप्त भएको थियो। त्यही अनुभव र अवधारणाबाट प्रेरित भएर रोङ गाउँपालिकाको जिल्बुङ्गमा पनि स्थानीय जातीय पहिचानलाई केन्द्रमा राखेर नमुना गाउँ निर्माण गर्न सकिने सोच अघि सारिएको हो।
तीन करोडभन्दा बढी लगानीको योजना ‘लेप्चा मोडल भिलेज’ निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ, रोङ गाउँपालिकाबाट ६ लाख रुपैयाँ (बाटो निर्माणबाहेक) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) मार्फत चीनको सहयोगअन्तर्गत करिब तीन करोड रुपैयाँ बराबरको बजेट व्यवस्थापन गरिएको अध्यक्ष स्याङ्बोले जानकारी दिएका छन् । संस्कृति, उद्यमशीलता र पर्यटनलाई एकै ठाउँमा जोडिने प्रस्तावित मोडल भिलेजमा लेप्चा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन, आर्थिक विकास, पूर्वाधार निर्माण, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन र संग्रहालय निर्माणलाई प्राथमिकतामा राखिनेछ। यसका साथै लेप्चा समुदायको मौलिक शैलीमा घर निर्माण गरी होमस्टे सञ्चालन गर्ने, स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने तथा कृषि क्षेत्रको विकास गर्ने योजना रहेको छ ।स्थानीय मौलिकता र प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै समुदायको आयआर्जन बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र लेप्चा जातिको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अभियानको मुख्य उद्देश्य रहेको छ।
‘जिल्बुङ्ग लेप्चा मोडल भिलेज’ निर्माण योजना सफल भएमा रोङ गाउँपालिकाको पर्यटन विकासमा नयाँ आयाम थपिनुका साथै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...